शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जीवछ यादव
लहान, फागुन २३ गते । सिरहा निर्वाचन क्षेत्र नम्बर २ को अन्तिम मत परिणाम सार्वजानिक भएको छ । सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिव शङकर यादव निर्वाचित हुनु भएको छ ।
सिरहा जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख राजन श्रीवास्तवका अनुसार रास्वपा उम्मेदवार शिवशङकर यादवले ३९ हजार ५६६ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँको पनिकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र यादवलाई २६ हजार ६९७ फराकिलो मतले पराजित गर्नुभएको छ ।
निर्वाचित हुनु भएको यादवले मतदातासँग गरिएको प्रतिवद्धता र जेनजी आनदोलनमा सहादात हुनु भएका सहिदहरुको सपना साकार हुने गरी निरन्तर कार्य गर्ने बताउनुभयो ।