• ९ चैत २०८२, सोमबार

प्राथमिकतामा विकास सुशासन र सामाजिक न्याय

blog

दीपकप्रसाद गौतम 

वीरगन्ज, चैत ९ गते  । प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित भएपछि रामाकान्त चौरसिया चर्चामा आउनुभएको छ । उहाँले नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिनुभएको थियो । 

चौरसिया २९ हजार ६७९ मतसहित निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता सुरेन्द्रप्रसाद चौधरीले १६ हजार ३६६ मत मात्रै प्राप्त गर्नुभयो । कक्षा ९ मा पढ्दादेखि नै व्यापारमा लागेका पर्साको विन्ध्यवासिनी गाँउपालिका–५, वर्वाटोल स्थायी घर भएका चौरसिया चार वर्ष नेपाली कांग्रेस पार्टीसँग आबद्ध भएर राजनीतिमा सव्रिmय रहनुभएको थियो । नेपाली कांग्रेसबाट टिकट नपाउने भएपछि रास्वपाबाट उम्मेदवार बनेर चुनावमा होमिनुभएको थियो । चौरसियाले पहिलो पटकमै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भई संसदीय यात्रा तय गर्नुभएको हो । 

उहाँ २०२५ सालमा सीमावर्ती भारतको सहर रक्सौलको डङ्कन अस्पतालमा जन्मिनुभएको हो । चौरसियाले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ सालमा पर्साको निर्वाचन क्षेत्र नं. ३ बाट लगातार चार पटक निर्वाचित भएका प्रतिद्वन्द्वी सुरेन्द्रप्रसाद चौधरीलाई पराजित गर्दै विजयी बन्नुभएको हो । 

प्रतिनिधि सभा सदस्य चौरसियाले ३५ वर्षदेखि देशमा अस्थिर रूपमा सरकार चलिरहेकाले जनताले विकासको अनुभूति गर्न नपाएकाले परिवर्तनका पक्षमा मतदान गर्दै आफूलाई निर्वाचित गराएको बताउनुभयो । 

जनताले बालेन्द्र शाह (बालेन) लाई देशकै प्रधानमन्त्री बनाउन लिएको सङ्कल्पबमोजिम यस पटक मतदान गरी रास्वपालाई दुई तिहाइनजिक पु¥याएको बताउनुभयो । उहाँले आफू जनतामा परिवर्तनको हावा चलेको महसुस गरेर जनताकै आग्रहमा परिवर्तनमा सामेल हुन रास्वपामा लागेको बताउँदै जनतासँग गरेको प्रतिबद्धता पूरा गर्ने बताउनुभयो । 

हाल वीरगन्ज महानगरपालिका–१९ का स्थायी बासिन्दा चौरसियाले वीरगन्जको आदर्शनगरमा रहेको श्री रामचरण साह पन्नालाल माध्यमिक विद्यालयबाट एसएलसी पास गरी आइएस्सीमा भर्ना भए पनि पढाइ पूरा गर्न नसकेको बताउनुभयो ।  

बुवाले सञ्चालन गर्नुभएको धानचामलको गल्ला पसलबाट व्यवसाय थालेका चौरसियाले २०३६ सालदेखि हार्डवेयर पसल सञ्चालन गर्नुभयो । उहाँले त्यसपछि निर्माण व्यवसाय, पेट्रोल पम्प सञ्चालन र केही समय फलामे ब्लेड तथा पत्ती बनाउने कारखानासमेत सञ्चालन गर्नुभएको थियो । हाल वीरगन्जमा उहाँको मोना कन्स्ट्रक्सनलगायत विभिन्न व्यवसाय सञ्चालित छन् ।  

उहाँले पर्साको निर्वाचन क्षेत्र नं. ३ मा रहेका करिब चार÷पाँच सय घरपरिवार गरिबीको रेखामुनि रहेको उल्लेख गर्दै पुर्जा दिने इच्छा व्यक्त गर्नुभयो । उनीहरूको आफ्नो जग्गा नभएकाले सार्वजनिक जग्गामा घर बनाई बसेको हुँदा कानुनी प्रव्रिmया मिलाई जग्गाधनी पुर्जा दिने चाहना रहेको बताउनुभयो । उहाँले जनतामा विकास, परिवर्तन अनि भ्रष्टाचार मुक्तिको चाहना रहेको भन्दै आफूले देशको समृद्धि र सुशासन कायमका लागि काम गर्ने बताउनुभयो ।  

अहिले रास्वपाको सरकार गठन हुने भएपछि जनतामा धेरै उत्साह र आशा भरोसा जागेको उहाँको भनाइ छ । उहाँले आफ्नो पार्टीको अभिमुखीकरण कार्यव्रmममा पार्टी सभापति रवि लामिछानेले सबैतिर समान किसिमले बजेट वितरण गरी विकासनिर्माण गर्ने भनेको उल्लेख गर्दै आफू पनि उत्साहित भएको बताउनुभयो । उहाँले समग्र विकास, सुशासन, सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण आफ्नो प्राथमिकता रहेको बताउनुभयो ।