शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
विनय कर्ण
कल्याणपुर (सप्तरी), चैत २५ गते । फैसला कार्यान्वयनको क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न मुद्दामा सजाय सुनाइएपछि फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा राजगढ गाउँपालिका वडा नम्बर १ का ओमप्रकाश यादव र राजविराज नगरपालिका वडा नम्बर १ का नागेन्द्र प्रसाद साह रहनुभएको हो ।
यादवलाई लेनदेन विगो मुद्दामा अदालतले दुई लाख रुपियाँ जरिवाना तोकेको थियो । जरिवाना तिर्न नसकेमा ६ महिना कैद सजाय भोग्नुपर्ने फैसला रहेको प्रहरीले जनाएको छ।
यस्तै साहलाई बैंकिङ्ग कसूर मुद्दामा आठ लाख ७५ हजार रुपियाँ जरिवाना तथा पाँच दिन कैद सजाय तोकेएको थियो। प्रहरीले दुवै जनालाई पक्राउ गरी मङ्गलबार सप्तरी जिल्ला अदालतमा दाखिला गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।