शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जनार्जन खत्री
सर्लाही, चैत २५ गते । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा बुधबार करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
स्थानीय रामचन्द्र खड्काले कुलोबाट मोटर जोडी खेतमा सिँचाई गरिरहेको स्थान नजिक खेलीरहेका राम बैलकोटीका छोरा पाँच वर्षीय वियान्स बैलकोटीलाई करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर अचेत भएका बालकलाई बयलवासस्थित नगर अस्पताल ईश्वरपुरमा ल्याएर चेकजाँच गर्दा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ ।
मृतक बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ ।