• २६ चैत २०८२, बिहिबार

आगलागी पीडित परिवारलाई नगरपालिकाको सहयोग

blog

मौलापुर नगरपालिका–५ का आगलगी पीडित परिवारलाइ राहत सामग्री उपलब्ध गराउनु हुँदै मौलापुर नगरपालिकाका नगर प्रमुख रिना कुमारी साह । तस्बिर सौजन्य : मौलापुर नगरपालिका, रौतहट ।

प्रवीण कुमार शर्मा 

रौतहट, चैत २६ गते । रौतहटको मौलापुर नगरपालिकाले आगलगी पीडित जगदीश साहलाई राहत उपलब्ध गराएको छ । 

लामखुट्टे धपाउन बालेको घुरबाट मौलापुर नगरपालिका–५, गोदावरी चोकस्थित साहको घरमा आइतबार साँझ आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो । घरवार बिहीन भएका पीडÞित परिवारलाई दैनिक प्रयोग हुने अतिआवश्यक राहत सामाग्री बिहिबार मौलापुर नगरपालिकाका नगर प्रमुख  रिनाकुमारी साहले उपलब्ध गराउनुभएको छ ।

चामल, दाल, तरकारी, नुन–तेल, त्रिपाल तथा नगद ५ हजार रुपियाँ सहित राहत सामग्री पीडित परिवारलाई उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत राम बाबु प्रसाद साहले जानकारी दिनुभयो । 

राहत सामग्री लिएर पुग्नुभएका नगरप्रमुख  साहलाइ पीडित परिवारले बासको व्यवस्था समेत मिलाइ दिन आग्रह गरेका छन् । नगर प्रमुख साहले यथाशिघ्र आगलागी पिडित परिवारलाइ बासको व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गर्नु भएको प्रमुख प्रशासकीय अधिकृत साहले जानकारी दिनुभयो ।