• २९ चैत २०८२, आइतबार

जेनजी आन्दोलनमा भागेका कैदी पक्राउ

blog

कारागार कार्यालय सप्तरी। तस्बिर : विनय कर्ण

विनय कर्ण

कल्याणपुर (सप्तरी), चैत २९ गते । जेनजी आन्दोलनको क्रममा राजविराज कारागारबाट फरार भएका एक कैदीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका-८, तोपा निवासी २३ वर्षीय आनन्द खङ्गलाई प्रहरीले पक्राउ गरेको हो । उहाँ जबरजस्ती करणी मुद्दामा सप्तरी कारागार कार्यालय राजविराजमा बन्दी जीवन बिताई रहनुभएको थियो ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा राजविराज कारागारबाट फरार हुनुभएका उहाँलाई गोप्य सूचनाको आधारमा आफ्नै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक अनिलकुमार साहले जानकारी दिनुभयो ।

पक्राउ परेका खङ्गलाई कारागार सुरक्षा गार्डमार्फत पुनः कारागार चलान गरिएको उहाँले बताउनुभयो ।