लक्ष्मी तिमिल्सेना
जमुनाह, चैत २९ गते । नेपालगन्जमा दुई लाख पुरस्कार राशीको रात्रिकालिन क्रिकेट प्रतियोगिता हुने भएको छ । भेरी रकर्स स्पोर्टस क्लबको आयोजनामा नेपालगन्जको विशालनगरमा वैशाख ३ गतेदेखि रात्रिकालिन क्रिकेट प्रतियोगिता हुन थालेको हो ।
प्रथम हुनेलाई पहिलो संस्करणमा ५० हजार, दोस्रोमा एक लाख हुँदै तेस्रो संस्करणमा एक लाख २५ हजार रुपियाँ नगद पुरस्कार राशी राखेको क्लवले चौथो संस्करणमा भने दुई लाख पुरस्कार राशी राखेको छ ।
टेनिस बलले खेलिने प्रतियोगिता १० ओभरको हुने छ । ३२ वटा टिमले भाग लिने प्रतियोगिताको उपविजेताले एक लाख रुपियाँ पाउने क्लवका अध्यक्ष मोहम्मद साजिद खानले जानकारी दिनुभयो ।
प्रतियोगितामा करिब २० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । क्लबले आयोजना गरेको यो चौथो संस्करण हो । क्लवका सचिव साहिल अन्सारीका अनुसार यस प्रतियोगितालाई सफल बनाउन नेपालगन्ज उप–महानगरपालिका, लुम्बिनी खेलकुद परिषद तथा अन्य थुपै व्यक्ति तथा संस्थाको सहयोग रहेको छ ।