अज्ञात वन्यजन्तुले चौपाय खाइदिएपछि त्रास, बाघ रहेको आशङ्का
सर्लाहीको उत्तरपूर्वी भेगस्थित ईश्वरपुर नगरपालिका वडा नं. १२ का चुरेबस्तीमा अज्ञात वन्यजन्तुले जङ्गल चर्न गएका चौपाय मार्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।
‘जनताका समस्या पहिचान र समाधानमा लागिरहन्छु’
चिकित्सक पेसा छाडेर राजनीतिमा आएका सिराहा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य डा. शम्भुकुमार यादव पहिलो पटकमै संसदीय यात्रा तय गर्नुभयो । प्रतिनिधि सभाको
एसइई मर्यादाविपरीत कार्यमा संलग्न तीन जना पक्राउ
एसइई परीक्षाको दोस्रो दिन शुक्रबार रौतहटबाट मर्यादाविपरीत कार्यमा संलग्न तीन जना पक्राउ परेका छन्।
नदीजन्य पदार्थमा अनियमितता भए पालिका जिम्मेवार : सिडिओ कार्यालय
जिल्ला प्रशासन कार्यालय सर्लाहीले नदीजन्य पदार्थको ठेक्का लगाउने पालिकालाई उत्खनन कार्यमा कडाइका साथ अनुगमन र नियमन गर्न ध्यानाकर्षण गराएको छ।
पूर्ण साक्षर मधेशका लागि सरकारसँग बजेट माग
सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पुष्पा कुमारी चौधरीले मधेश प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्न आवश्यक बजेट विनियोजन गर्न सरकारसँग माग गर्नुभएको छ ।
अदालतका सन्देशले सेवाग्राहीको विश्वास बढायो
न्याय सेवालाई थप प्रभावकारी बनाउन उच्च अदालत जनकपुरको राजविराज इजलासले अदालत परिसरमा न्यायसम्बन्धी सन्देशमूलक स्लोगन राखेपछि सेवाग्राहीमा अदालतप्रतिको विश्वास थप बढेको छ।
राजस्व बढाउनेतर्फ लाग्नोस् : अर्थमन्त्री
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्वको लक्ष्यभन्दा धेरै रकम सङ्कलन गर्ने गरी काम गर्नका लागि वीरगन्ज भन्सारका कर्मचारीलाई निर्देशन दिनुभएको छ । अर्थमन्त्री वाग्लेले शुक्रबार यहाँस्थित वीरगन्ज भन्सार कार्यालयको निरीक्षण गर्दै लक्ष्य अनुसारको राजस्व उठाउन दबाब पर्ने भए तापनि संवादमार्फत नै राजस्वको लक्ष्यभन्दा धेरै रकम उठाउन निर्देशन दिनुभयो ।
श्रोत नखुलेको नगद तथा लागु औषधसहित तीन जना नियन्त्रणमा
जिल्लाको सीमावर्ती क्षेत्र मर्यादपुर बजारमा प्रहरीले लागुऔषध तथा श्रोत नखुलेको नगदसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
रौतहटबाट पाँच जना बिचौलिया पक्राउ
रौतहट सदरमुकाम गौरबाट शुक्रबार पाँच जना बिचौलिया पक्राउ परेको छ ।
धनुषाका ४५ केन्द्रमा एसइई उत्तरपुस्तिका परीक्षण
शिक्षा विकास तथा समन्वय एकाइ धनुषाले माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका परीक्षण कार्यलाई तीव्र रूपमा अगाडि बढाएको छ ।
सुनसरीमा १६ हजार आठ सय लागु औषधसहित एक जना पक्राउ
सुनसरीमा ठूलो परिमाणमा लागु औषध फेला परेको छ । बिहीबार राती १६ हजार आठ सय क्याप्सुल लागु औषध ट्रामोल फेला परेको हो ।
मोटरसाइकल चोरीमा संलग्न तीन पक्राउ
सप्तरी प्रहरीले मोटरसाइकल चोरी घटनामा संलग्न तीन जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राजविराज नगरपालिका वडा १० का १९ बर्षीय शिवनन्दन यादव, वडा नम्बर ४ का १९ बर्षीय सञ्जु यादव र सोही वडाका १९ वर्षीय मो. अफताव रहनु भएको हो ।
सरकारी कार्यालयमा बिचौलियाको प्रवेश निषेध
जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारी कार्यालय परिसरमा अनधिकृत रूपमा सक्रिय रहदै आएका ‘बिचौलियाहरूको प्रवेशमा निषेध गर्ने निर्णय गरेको छ ।
४० हजार रुपियाँ घुससहित सशस्त्रका प्रहरी निरीक्षक पक्राउ
धनुषाको मिथिला नगरपालिका-१०, लालगढबाट ४० हजार रुपियाँ घुस रकमसहित सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेका छन् ।
४० हजार घुससहित प्रहरी निरीक्षक पक्राउ
धनुषाको मिथिला नगरपालिका–१०, लालगढबाट ४० हजार रुपियाँ घुस रकमसहित सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
भत्केको बाँध नबन्दा सिँचाइबाट बञ्चित छन् किसान
रौतहटको चन्द्रपुर नगरपालिका–३, गैडाटारमा सिँचाइका लागि निर्माण गरिएको बाँध भत्किएको एक वर्ष बितिसक्दा पनि पुनः निर्माण हुन नसक्दा किसान समस्यामा परेका छन् ।
मोबाइल लगेर चिट चोर्ने तीन परीक्षार्थी पक्राउ
सर्लाहीको गोडैतामा एसईईको परीक्षा केन्द्रभित्रै मोबाइल फोन लगेर चिट चोरी गर्ने तीन जना परीक्षार्थी शुक्रबार पक्राउ परेका छन् ।
सर्लाहीमा परीक्षा केन्द्रमै एसइईको उत्तरपुस्तिका परीक्षण
सर्लाहीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका परीक्षा केन्द्रहरुमै परीक्षण गर्न सुरु गरिएको छ ।
रौतहटमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
रौतहटको गढिमाई नगरपालिका वडा नं.७, धरमपुर–धनाडी सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
लहानका ५९ सामुदायिक विद्यालयमा पूर्वाधार सुधारको प्रयास जारी
लहान नगरपालिका वडा नं. ८ स्थित सिधार्थ आधारभूत विद्यालयले भौतिक पूर्वाधारमा सम्पन्नता हासिल गरेपछि शैक्षिक सुधारतर्फ केन्द्रित हुन तयारी गरेको छ।
एभरेष्ट सुगर मीलमा उखु अभाव, चिनी उत्पादन घट्यो
उखु खेतीका लागि चर्चित महोत्तरी जिल्लामा चिनी उत्पादन निरन्तर घट्दै गएको छ। रामनगरस्थित एभरेष्ट चिनी मिलका अनुसार चालु क्रसिङ सिजन ०८२/८३ मा पनि लक्ष्यअनुसार उत्पादन हुन सकेको छैन।
‘नागरिकको आवश्यकता बुझेर काम गर्छु’
युवा उमेरका रविन महतो पहिलो पटकमै सर्लाही क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो । सर्लाही क्षेत्र नं. २ बाट आलो
लेखन्दास आन्दोलित, नापी र मालपोतको सेवा प्रभावित
लेखापढी व्यवसायी आन्दोलित बनेपछि सर्लाहीको हरिवनस्थित नापी र मालपोत कार्यालयको सेवा प्रभावित बन्न पुगेको छ ।
किशोरीलाई बेपत्ता बनाएको आरोपमा एक पक्राउ
सप्तरीमा किशोरीलाई ललाई–फकाई बेपत्ता बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।