• २४ कात्तिक २०८२, सोमबार

अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया

blog

बुलबुले समाचारदाता

सुर्खेत, कात्तिक २४ गते । बर्सौंपछि सुर्खेत मेडिकल कलेजको निर्माण प्रक्रिया अघि बढेको छ । यो वर्ष विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गर्न लागिएको छ । आर्थिक वर्ष २०७४/७५ मा सरकारले मेडिकल कलेजको स्थापना गर्ने घोषणा गरेको थियो । मेडिकल कलेज स्थापनाका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) र गुरुयोजना तयार पारिएको छ । सरकारले २०७९ असार २९ गते गुरुयोजना स्वीकृत ग¥यो । यसै गरी २०८० मङ्सिर ७ गते वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत भएको थियो ।

इआइए र गुरुयोजना स्वीकृत भएको छ र यो वर्ष डिपिआर निर्माण गर्न लागिएको सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका इन्जिनियर शङ्कर तिमल्सिनाले बताउनुभयो । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको सामुदायिक वनमा सो कलेज निर्माण हुने छ । मेडिकल कलेजको कुल लागत एक अर्ब ७० करोड रुपियाँ हुने अनुमान गरिएको छ ।