गोली लागेर एकको मृत्यु, पाँच जना पक्राउ
जाजरकोटमा गोली लागेर एक जनाको मृत्यु भएको छ । बारेकोट गाउँपालिका–८ का ३६ वर्षीय प्रचण्डदेव सिंहको गोली लागेर मृत्यु भएको हो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले अवैध भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ ।
कहिले हुन्छ, नाग्म गमगढी सडक कालोपत्रे
नाग्म गमगढीको दुरवस्थाबारे सङ्घ तथा प्रदेश सभाका सदस्यहरूले आवाज उठाउँदै आएका छन् । तर उनीहरूको आवाज सरकारले सुन्दैन ।
रैथाने उपजलाई ‘मूल्यवान्’ ब्रान्ड
कर्णाली प्रदेशमा उत्पादन हुने रैथाने तथा जडीबुटीजन्य उपजलाई प्रदेश सरकारले ‘मूल्यवान्’ नामकरण गरेको छ । मह, फापर, बेसार, अदुवा, टिम्मुरलगायत रैथाने र जडीबुटीजन्य उपजलाई
दुईसय ८३ जनालाई न्यानो कपडा वितरण
सल्यानका एक समाजसेवीले दुईसय ८३ जनालाई न्यानो कपडा वितरण गर्नुभएको छ । आफ्नो पालिकाभित्रका विपन्न विद्यार्थी र अपाङ्गता भएका ब्यक्तिलाई जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा २ बेतेनिका जनकराज रानाले जाडो यामका लागि न्यानो कपडा सहयोग गर्नुभएको हो । उहाँ हाल अमेरिकामा बस्दै आउनुभएको छ।
यातायात कार्यालयबाट १२ करोड बढी राजस्व सङ्कलन
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय एवं सेवा कार्यालयबाट १२ करोड बढी राजस्व सङ्कलन भएको छ ।
लैङ्गिक हिंसा निवारण कोष स्थापना
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले लैङ्गिक हिंसामा परेका महिला, किशोरी तथा बालबालिकालाई उद्धार, राहत र सहयोग गर्न लैङ्गिक हिंसा निवारण कोष स्थापना गरेको छ ।
संरक्षणको पर्खाइमा सुन्दरी तोप
कोतगढीको मौन प्राङ्गणमा उभिएको सुन्दरी तोप दैलेख इतिहासको साक्षी हो । तत्कालीन समयमा युद्धको तयारीमा गर्जिएको यो तोप आजभोलि घामपानीको सिधा मार सहँदै खुला आकाशमै राखिएको छ ।
कालीकोटमा एक हजार ७७२ मतदाता थपिए
कालीकोटमा एक हजार ७७२ नयाँ मतदाता थप भएका छन् । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ मतदाता नामवली सङ्कलनपछि कालीकोटमा एक हजार ७७२ जना थप भएका हुन् ।
कर्मचारी छ महिनादेखि तलबविहीन
यहाँको जुनीचाँदे गाउँपालिकाका कर्मचारीले छ महिनादेखि पारिश्रमिक पाउन सकेका छैनन् । गाउँपालिकाभित्रका कार्यरत कर्मचारी, शिक्षक स्वास्थ्यकर्मी, सामाजिक सुरक्षा भत्ता, बाल पोषण भत्ता निकासा नगरेपछि समस्या भएको छ । लामो समय प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिका अध्यक्ष, उपाध्यक्षको झगडाका कारण कार्यरत कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, सामाजिक सुरक्षा भत्ता पाउन नसकेपछि चिन्तित भएका छन् । स्थायी, करार कर्मचारी तथा प्रावि, निमावि, माविका कार्यरत करिब ६०९ कर्मचारी छ महिनादेखि तलबविहीन छन् ।
हिमा गाउँपालिकामा फोरजी सेवासहित टेलिकमको टावर निर्माण
जुम्लाको हिमा गाउँपालिकामा नेपाल टेलिकमको टावर निर्माण भई सुचारु भएको छ ।
कर्मचारीलाई मतदान स्थलसम्म हिँडेर जानुपर्ने बाध्यता
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले हिमाली जिल्ला हुम्लाका २५ वटा मतदान केन्द्रमा अझै हिँडेर पुग्नुपर्ने बाध्यता कायमै छ ।
तीन विद्यालयका विद्यार्थीलाई पोषाक र शैक्षिक सामग्री वितरण
जिल्लाका तीन वटा विद्यालयमा पोषाक, शैक्षिक सामग्री वितरण गरिएको छ । नलगाड नगरपालिका–९ स्थित त्रिभुवन माध्यामिक विद्यालय तात्र, महादेव प्राथमिक विद्यालय घरङ्गा र जनस्वास्थ्य प्राथमिक विद्यालय बासकोटमा पठनपाठन गर्ने बालबबालिकालाई सामग्री वितरण गरिएको हो ।
पवित्रादेवी स्मृति टी–२० क्रिकेट सुरु
दाङको घोराहीमा पवित्रादेवी स्मृति टी–२० क्रिकेट प्रतियोगिता–२०८२ सुरु भएको छ ।
सडकसँग जोडियो बिगोठी गाउँ
हिमाली जिल्ला हुम्लाको अदानचुली गाउँपालिकाको दुर्गम गाउँबस्ती पछिल्लो समय धमाधम सडक सञ्जालले जोडिँदै गएका छन् ।
हिल्सा सिमकोटको इलिङ काँध सडक एक महिना बन्द
जिल्लाको उत्तरी क्षेत्र हिल्सा सिमकोटको नाम्खा गाउँपालिका–४ को इलिङ काँध सडक एक महिना बन्द गरिएको छ । उक्त सडक स्तरोन्नति गर्ने कार्य सुरु भएका कारण सडकमा पूर्ण रुपमा यातायात सञ्चालन बन्द गरिएको हो ।
सडक सञ्जालसँग जोडिने भयो महाबै
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको कालीकोटको महाबै गाउँपालिकाको केन्द्रलाई सेराबाडा–पादमघाट सडकसँग जोड्न ठेक्का प्रक्रिया सुरु भएको छ । गत महिना कर्णाली प्रदेशको भौतिक योजना तथा सहरी विकास मन्त्रालय र विश्व बैङ्कको संयुक्त लगानीमा ५१ करोड रुपियाँ बजेट स्रोत सुनिश्चित भएपछि ट्यागसहित कालोपत्रेका लागि एक महिना अवधि राखेर गत पुस ७ गते ठेक्का आह्वान भएको हो ।
महिला समावेशिता न्यून
महिला सहभागिता बढाउन कानुन बाध्यकारी अवस्था नहुँदा महिला समावेशी न्यून हुने गरेको पाइएको छ । जुन कानुनमा महिला अनिवार्य भनिएको छ, त्यसमा मात्रै सहभागिता हुने गरेको तर जहाँ बाध्यकारी छैन, त्यहाँ महिलाको सहभागिता न्यून हुने गरेको पाइएको हो ।
नलगाड नगरपालिका–२ बालमैत्री वडा घोषण
नलगाड नगरपालिका–२ बालमैत्री वडा घोषण भएको छ । सरकारले बालमैत्री वडा घोषणका लागि तोकेका सूचनहरु पूरा गरेपछि एक कार्यक्रमको आयोजना गरी घोषणा गरेको हो ।
स्वास्थ्य शिविरमा ६ सयभन्दा बढीले लिए सेवा
नेपाली सेनाले सल्यानको कुमाख गाउँपालिका –५, तिमिलकाँडा–नेटामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिब ६ सयले स्वास्थ्य सेवा लिएका छन् ।
गाडीको ठक्करबाट एक जनाको मृत्यु
गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ ।
तीन महिनाअघि कटान भएको सडक अझै बनेन
सर्लाहीको कौडेना गाउँपालिका–३, पर्सा टोलमा पूर्वपश्चिम हुलाकी सडक कटान भएको तीन महिना भइसक्दा समेत अझै निर्माण हुन सकेको छैन् ।
जिल्ला अस्पताल सल्यानमा रक्तसञ्चार केन्द्र सञ्चालन
स्वास्थ्य सेवा कार्यालय सल्यान र स्थानीय युवाहरूको सक्रियतामा जिल्ला अस्पताल सल्यानमा रक्तसञ्चार केन्द्र सञ्चालनमा आएको छ।
प्रतिनिधिसभा निर्वाचनः नेकपा सल्यानबाट प्रत्यक्षतर्फ पाँच जना उम्मेदवार सिफारिस
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सल्यानले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ पाँच जना उम्मेदवारको नाम सिफारिस गरेको छ।
हरेक निर्वाचन क्षेत्रमा बहुवर्षीय आयोजना
कर्णाली प्रदेश सरकारले एक निर्वाचन क्षेत्रमा एउटा बहुवर्षीय आयोजना कार्यान्वयन गर्न लागेको छ । आवश्यकताका आधारमा आयोजना छनोट गरेर कार्यान्वयन गर्न लागेको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ ।