एसइई दिएर नुहाउन गएका किशोरको भेरी नदीमा डुबेर मृत्यु
माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर भेरी नदीमा नुहाउन गएका एक किशोरको डुबेर मृत्यु भएको छ ।
कालीकोटको १६ परीक्षा केन्द्रमा उत्तरपुस्तिका जाँच सुरु
कालीकोट जिल्लामा एसईईको उत्तरपुस्तिका परीक्षणको काम सुरु भएको छ । जिल्लाका २० परीक्षा केन्द्रमध्ये १६ वटामा उत्तरपुस्तिका परीक्षणको काम सुरु भएको हो ।
गौतम बन्धु राष्ट्रिय समाजको नेतृत्व चयन
गौतम बन्धु राष्ट्रिय समाज कर्णाली प्रदेश समन्वय समितिको आयोजनामा बिहीबार रुकुम पश्चिम जिल्लास्तरीय भेला सम्पन्न भएको छ ।
बेतन कर्णाली आयोजना : निर्माणपूर्वको तयारी तीव्र
बेतन कर्णाली जलविद्युत् आयोजना निर्माणको चरणमा प्रवेश गरेको छ। आयोजनासम्बन्धी अध्ययनको काम सकिएको छ भने निर्माणपूर्वका अधिकांश तयारी अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।
सरकारी निकायमा सुशासन कमजोर
सुशासनको आधारभूत तह पारदर्शितालाई लिइन्छ तर जिल्ला जिल्लामा सूचनाको हक प्रयोग गरी पारदर्शिता कार्यान्वयन नहुँदा सुशासनमा कमजोर देखिएको छ । सार्वजनिक निकायले सार्वजनिक गर्नुपर्ने सूचनासमेत सार्वजनिक नगर्दा सुशासनमा कमजोर देखिएको हो । सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ४ मा कुनै पनि सार्वजनिक निकायले सहजै रूपमा सेवाग्राहीले माग गरेका कागजात उपलब्ध र सार्वजनिक गर्नुपर्ने उल्लेख रहेको छ तर गत फागुन महिनामा जिल्लाको सोरु गाउँपालिका र आयुर्वेद स्वास्थ्य केन्द्र मुगुमा सूचनाको हक प्रयोग गरी सूचना उपलब्ध गराउन आग्रह गर्दासम्म सूचना उपलब्ध गराउनतर्फ चासो राखेनन् ।
विद्यालय समायोजनको गृहकार्य
जाजरकोटको शिवालय गाउँपालिकाले शिक्षामा सुधार ल्याउनका विद्यालय समायोजनको तयारी गरेको छ । गाउँ गाउँमा सञ्चालन गरिएका विद्यालयमा विद्यार्थी कम भएपछि विद्यालय समायोजन, शिक्षक, कर्मचारी दरबन्दी मिलानको व्यवस्थापन जस्ता काम गर्नका लागि प्रधानाध्यापक, अध्यक्षसँग गृहकार्य थालिएको हो ।
दलितलक्षित बजेट कार्यान्वयन गर्ने प्रतिबद्धता
प्रदेश सरकारले दलित समुदायका लागि विनियोजन गरेको दलितलक्षित बजेट कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ । कर्णाली प्रदेश सभा सदस्यले विगतमा कार्यविधि नबन्दा दलितलक्षित बजेट फ्रिज भएको तर अब भने कार्यविधि बनिसकेकाले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका हुन् ।
जाजरकोटमा बजार अनुगमन, म्याद गुज्रिएका सामग्री नष्ट
जाजरकोट सदरमुकाम खलङ्गास्थित होटल तथा पसलहरूमा संयुक्त बजार अनुगमन गरिएको छ। शान्तिचौतारा र गैरीखाली क्षेत्रमा रहेका ३४ वटा होटल तथा पसलमा गरिएको अनुगमनले बजार व्यवस्थापनको कमजोर अवस्था उजागर गरेको छ।
सल्यानमा एसइई परिक्षा दिँदै वडा अध्यक्ष
सल्यानको दार्मा गाउँपालिका–५ का वडा अध्यक्ष सुदीप केसी २० वर्षपछि पुनः अध्ययनमा फर्किएर माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुनुभएको छ।
विकास बजेट खर्च सुस्त, संघको १४ र प्रदेशको १८ प्रतिशत मात्र
आर्थिक वर्ष सकिन करिब साढे तीन महिना बाँकी रहँदा सल्यानमा विकास निर्माणका लागि छुट्याइएको बजेटको खर्च निकै सुस्त देखिएको छ।
धमाधम एसईईको उत्तरपुस्तिका चेकजाँच हुँदै
रुकुमपश्चिममा आजैबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका चेकजाँच सुरु भएको छ । आजैबाट परीक्षा सुरु भएता पनि परीक्षा लगत्तै उत्तरपुस्तिका जाँच गर्न सुरु गरिएको हो ।
सल्यानमा एसईई उत्तर पुस्तिका परीक्षण सुरु
सल्यानका १९ वटै परीक्षा केन्द्रबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) का उत्तर पुस्तिका जाँच तथा परीक्षण कार्य सुरु गरिएको छ ।
मालपोत र यातायात कार्यालय सुर्खेतबाट १६ बिचौलिया प्रक्राउ
जिल्ला प्रहरी कार्यालय सुर्खेतले कामको प्रलोभन देखाइ पैसा माग्ने १६ जना बिचौलियालाई पक्राउ गरेको छ ।
कपुरकोटमा अटो दुर्घटना, पाँच जना घाइते
सल्यानको कपुरकोट गाउँपालिका–४, किमुचौर नजिकै अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
कपुरकोटमा अटो दुर्घटना हुँदा पाँच जना घाइते
सल्यानको कपुरकोट गाउँपालिका–४ किमुचौर नजिक अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
सुख्खा पहिरो जाँदा कर्णाली करिडोरको खच्चा सडक बन्द
कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगार्ड गाउँपालिका– १ को खच्चामा सडक अवरुद्ध भएको छ । सो क्षेत्रमा सुख्खा पहिरो गएपछि यातायात बिहीबार बिहानबाट अवरुद्ध भएको हो ।
हुम्लाका सात परीक्षा केन्द्रमा एसइई परीक्षा शान्तिपूर्ण
बिहीबार बिहान ८ बजेबाट सुरु भएको यस वर्षको एसइई परीक्षा जिल्लाका सातै परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ। परीक्षा व्यवस्थित ढंगले सञ्चालन गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ भने स्थानीय तहसँगको समन्वयले पनि परीक्षा शान्तिपूर्ण बनाउन सहयोग पुर्याएको छ।
एक वर्ष बित्दा पनि पुल अधुरो
कालीकोट जिल्लाको पलाँता र पचालझरना गाउँपालिकालाई राष्ट्रिय राजमार्गसँग जोड्ने पक्की पुल निर्माणको सम्झौता मिति सकिएको एक वर्ष बितिसक्दा पनि पुल निर्माण हुन सकेको छैन।
अस्पतालमा चिकित्सक अभाव, सेवाग्राहीलाई सास्ती
हुम्लाको जिल्ला अस्पताल चिकित्सकको अभावमा चलिरहेको छ । सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा चिकित्सक अभाव भएपछि यहाँका बिरामीले सास्ती खेप्नु परेको हो ।केही दिनअघि चङ्खेली गाउँपालिका–२ का अक नेपाली भिरबाट लडेर गम्भीर घाइते हुनुभयो । उहाँलाई उपचारका लागि जिल्ला अस्पताल हुम्ला पु¥याइयो तर अस्पतालले यहाँ उपचार सम्भव नहुने भन्दै अन्यत्र रेफर गरिदियो । सुर्खेत लैजान आफन्तले सिमकोट विमानस्थल पु¥याए पनि विमानस्थलमै उहाँको निधन भयो ।
आरोपितलाई थुनामा पठाउने आदेश
सुर्खेतकी इनिशा विक ‘मृत्यु’ प्रकरणमा सुर्खेत जिल्ला अदालतले घटनामा संलग्न भनिएका चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । आइतबार र सोमबारसम्म दुवै पक्षको बहसपछि जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको एकल इजलासले घटनामा संलग्न भएको अभियोग लागेका चारै जनालाई मङ्गलबार राति पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
खाद्य अधिकारलाई प्राथमिकता दिन जोड
स्थानीय सरकारले खाद्य अधिकारलाई प्राथमिकता दिनुपर्ने सरोकारवालाले बताएका छन्। आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा खाद्य अधिकारलाई विशेष प्राथमिकतामा राख्नुपर्नेमा उनीहरूले जोड दिएका हुन्।
‘झ्यालबाट आउने’ योजनामा बन्देज गर्न आग्रह
झ्याल, भनसुन र पहुँचका आधारमा आउने योजनामा बन्देज लगाउन सरोकारवालाले आग्रह गरेका छन्। कर्णाली प्रदेश योजना आयोगद्वारा आयोजित आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा यस्तो विषय उठाइएको हो।
हुम्लामा वनजडिबुटी व्यवस्थापनका लागि पाँचवर्षीय कार्ययोजना बन्ने
हिमाली जिल्ला हुम्लामा वनजडिबुटी व्यवस्थापनका लागि पाँचवर्षीय कार्ययोजना बन्ने भएपछि व्यवसायीहरू खुसी भएका छन्।
जुम्लामा सुख्खा पहिरोः तीन घरमा क्षति
जुम्लाको हिमा गाउँपालिका–६, खल्ढुङ्गा गाउँमा सुख्खा पहिरो जाँदा तीनवटा घरमा क्षति पुगेको छ।