चुत्रोको जरा उखेल्न बस्ती खाली
केही महिनाअघि चुत्रो फुल्दा पहेँलै देखिने दैलेखका अधिकांश गाउँ अहिले नाङ्गो पहाड जस्तै देखिन थालेका छन् । जङ्गलसँगै जीवन बिताएका स्थानीय बासिन्दा आज उजाडिएको वन देखेर चिन्तित छन् । कारण हो, चुत्रोको जरा । यसको जरा प्रतिकेजी १५ देखि २५ रुपियाँमा बिक्री हुने भएपछि पैसाको लोभमा वन उजाडिएको छ । दैलेखका विभिन्न वडामा पछिल्लो समय चुत्रोको जरा उखेल्ने क्रम बढेको छ ।
उपचारमा एक करोडभन्दा बढी खर्च
वीरेन्द्रनगर नगरपालिकले नगरभित्रका दीर्घरोगीको उपचारमा एक करोडभन्दा बढी रकम खर्च गरेको छ । गत आर्थिक वर्षमा नगरपालिकाभित्रका क्यान्सर, डायलासिस, मिर्गौला प्रत्यारोपण र मेरुदण्ड पक्षाघात जस्ता २३३ दीर्घरोगीलाई औषधी उपचार खर्चबापत एक करोड २७ लाख रुपियाँ खर्च गरिएको हो ।
दीर्घरोगीलाई उपचारमा सहुलियत
कर्णाली प्रदेश सरकारले गत वर्षबाट नयाँ निर्देशिका जारी गरेर दीर्घरोगीलाई उपचारमा सहुलियत दिने गरी ल्याएको कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ । सरकारले विपन्न नागरिक उपचार निर्देशिका, २०८१ जारी गरेर उपचारमा सहुलियत दिँदै आएको हो । कार्यक्रम प्रभावकारी भएको देखिए पनि बजेट न्यून हुँदा अपेक्षित रूपमा दीर्घरोगी समेटिन सकेका पाइएको छैन ।
पाँच स्थानीय तह निमित्तका भरमा
जाजरकोटका सात स्थानीय तहमध्ये पाँच वटा स्थानीय तह निमित्तका भरमा चलेका छन् । तीन नगरपालिका र दुई गाउँपालिका निमित्तका भरमा सञ्चालन भइरहेका हुन् ।
एमाले कालीकोटमा आकाङ्क्षीको भिड
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) कालीकोटमा आकाङ्क्षीको भिड लागेको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको कालीकोटमा एमालेबाट १२ जनाले दाबी पेश गरेका छन् ।
पुस १४ देखि हराएकी महिला मृत फेला
सल्यानमा यही पुस १४ देखि हराइरहेकी एक महिला मृत फेला परेकी छन् । कपुरकोट गाउँपालिका वडा नं–४ निवासी ७१ वर्षीया कृष्णी घर्ती आइतबार जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बहुउद्देश्यीय सभा हल निर्माण तीव्र
जुम्लामा झन्डै पाँच सय जना अट्ने क्षमताको बहुउद्देश्यीय सभा हल निर्माण तीव्र गतिमा अगाडि बढिरहेको छ । तत्कालीन जिल्ला विकास समितिका संरचना जीर्ण भइरहेका समयमा कार्यालय भवनसहित नयाँ बहुउद्देश्यीय सभा हल निर्माण भइरहेको हो ।
खस राज्यको इतिहास सङ्कटमा
जुम्लाको सिँजा उपत्यकास्थित खस राज्यको सभ्यता तथा खस राज्यको दरबार क्षेत्र संरक्षण नगरिँदा इतिहासका कतिपय तथ्य सङ्कटपूर्ण अवस्थामा पुगेका छन् । उचित संरक्षण र उत्खननको अभावमा इतिहास नै नरहने अवस्थामा पुगेका हुन् ।
काम गर्ने व्यक्तिलाई भोट
जुम्लाका नागरिकले विकासनिर्माणमा सक्रिय रहने र जनताको आवाज बोकेर संसद्सम्म पु¥याउने व्यक्तिलाई आगामी निर्वाचनमा भोट दिने बताएका छन् । विगतका निर्वाचनका अनुभव र जनप्रतिनिधिको कार्यसम्पादनको मूल्याङ्कनका आधारमा यस पटक नागरिक सचेत र जिम्मेवार निर्णय गर्न चाहेको देखिन्छ ।
गन्तव्य सूचीमा परेको गिद्धेडाँडाको बेवास्ता
सात वर्षअघि सङ्घीय सरकारको पर्यटन मन्त्रालयले भेरीगङ्गा नगरपालिका–५ को गिद्धेडाँडालाई एक सय गन्तव्य सूचीमा घोषणा गरेको थियो । २०७६ मा सङ्घीय सरकारले देशभरका एक सय गन्तव्य सूचीमा पारेर ५० लाख बजेट पनि विनियोजन ग¥यो ।
जाजरकोट एमालेबाट पाँच जना उम्मेद्वारको नाम सिफारिस
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले पाँच जान उमेदवारको नाम सिफारिस गरेको छ ।
तीन दलका छ जना समानुपातिकको बन्द सूचीमा
कालीकोट जिल्लाबाट तीन दलबाट छ जना समानुपातिक उम्मेद्वार बनेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीले समानुपातिकको बन्द सूचीमा छ जनाको नाम समावेश गरेका हुन् ।
सल्यान महोत्सव तयारी, एकसय ३० स्टल रहने
सल्यानमा दोस्रो प्रादेशिक कृषि, वन, पशु, पर्यटन, उद्योग, व्यापार तथा साँस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ । “कृषि, पशु, वन, उद्योग, व्यापार तथा पर्यटन विकासको परिकल्पना व्यवसायीकरणद्वारा आर्थिक उन्नति गर्दै समृद्ध समाजको स्थापना” भन्ने मूल नारासाथ सल्यानको श्रीनगरमा पुस २५ देखि माघ ११ गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।
एमाले जुम्लाबाट महत एकल सिफारिस
नेकपा (एमाले) जुम्लाका अध्यक्ष शान्तिलाल महतको नाम फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एकल रूपमा सिफारिस गरिएको छ । पार्टीको जिल्ला कमिटीको हालै सम्पन्न बैठकले महतलाई प्रतिनिधिसभा सदस्यका लागि उपयुक्त उम्मेदवार ठहर गर्दै सर्वसम्मत रूपमा एकल सिफारिस गर्ने निर्णय गरेको हो ।
साँख गाउँ
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ मा अवस्थित साँख गाउँ ।
‘वनफूलको विद्रोह’ कविता सङ्ग्रहमाथि विमर्श
कवयित्री निरञ्जना चन्द ९निरु०द्वारा लिखित कविता सङ्ग्रह ‘वनफूलको विद्रोह’माथि विमर्श गरिएको छ । सिम्ताली एकता समाज सुर्खेतले शनिबार सुर्खेत वीरेन्द्रगनरमा आयोजित विमर्श कार्यक्रममा कविता सङ्ग्रहमाथि मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापकद्वय डा रेशम विष्ट र वासुदेव पाण्डेयले समीक्षा गर्नुभयो ।
कर्मचारी व्यवस्थापनमा सकस
कर्णाली प्रदेश सरकारलाई कर्मचारी व्यवस्थापनमा सकस भएको छ । प्रदेशले गरेको सङ्गठन तथा व्यवस्थापन अनुसार स्वीकृत भएका दरबन्दी अनुसारका कर्मचारी नआउँदा सकस भएको हो ।
ज्येष्ठ नागरिकलाई न्यानो सिरक वितरण
जाजरकोटमा ज्येष्ठ नागरिक, अशक्त, एकल महिलालाई फाइवर सिरक वितरण गरिएको छ । सदरमुकाम खलङ्गास्थित भेरी नगरपालिका–३ वृद्धाश्रममा मानविय परोपकारी संस्था काठमाडौँले वृद्धवृद्धालाई चिसोबाट जोगाउन फाइवर सिरक वितरण गरिएको हो ।
लोपोन्मुख चिनो घरबाटै बिक्री
मुगुको विभिन्न गाउँबस्तीमा फल्ने लोपोन्मुख रैथाने खाद्यबाली चिनो अहिले घरबाटै बिक्री हुन थालेको छ । स्थानीय व्यापारी जिल्लाका गाउँबस्तीमै आएर चिनो खरिद गर्न थालेपछि किसान पनि खुसी भएका छन् ।
दैलेखको पेट्रोलियम अन्वेषण : दोस्रो चरण कामको व्यग्र प्रतीक्षा
भैरवी गाउँपालिका–१, जलजलेका स्थानीय ६५ वर्षीय शेरबहादुर थापा केही महिनाअघिसम्म २४ घण्टा चल्ने ड्रिलिङको आवाजले हैरान हुनुहुन्थ्यो । रातदिन गुञ्जिने मेसिनको ध्वनिले सुरुमा असहज बनाए पनि समयसँगै त्यही आवाजसँगै सुत्ने बानी परेको थियो । लामो समयदेखि ड्रिलिङका बेला गुञ्जिने गरेको मेसिनको आवाज हराएको निकै भयो । सुरक्षा घेराभित्रको ‘रिङ हाउस’ मौन छ ।
स्थलगत योजना अनुगमनमा प्रदेश मन्त्री
कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा लगायतको टोली प्रदेश सरकारले सञ्चालनले गरेका विभिन्न योजनाहरुको स्थलगत अनुगमनको लागि रुकुमपश्चिम हुँदै डोल्पा पुगेको छ।
कपुरकोटमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न
सल्यानको कपुरकोट गाउँपालिकाले सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा जीवनज्योति नमुना माध्यमिक विद्यालय, कपुरकोट –५ रिमले पहिलो स्थान हाँसिल गर्न सफल भएको छ ।
कर्णालीबाट छानिए समानुपातिक उम्मेदवार
कर्णालीबाट बन्ने समानुपातिक उम्मेदवारको टुङ्गो लागेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फ सबै जसो दलले सिफारिस गरेका उम्मेदवारको बन्दसूची सार्वजनिक भएको हो ।
क्याम्पसलाई आङ्गिक बनाउन जुम्लावासीको माग
जुम्लाको सिँजा बहुमुखी क्याम्पसलाई आङ्गिक बनाउन माग गरिएको छ । शिक्षामन्त्री महावीर पुनलाई भेटेर सिँ जा बहुमुखी क्याम्पसलाई आङ्गिक बनाउन माग गरिएको हो । सिँजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालको नेतृत्वमा जनप्रतिनिधि, राजनीतिक दलसहितको टोली मन्त्रालयमा पुगी माग गरिएको छ । २०६७ सालमा स्थापना भएको क्याम्पस हालसम्म त्रिभुवन विश्वविद्यालय वा मध्यपश्चिम विश्वविद्यालय कहीँबाट पनि आङ्गिक हुन नसकेका कारण ओझेलमा पर्दै गएको भन्दै टोली मन्त्रीसँग सो माग गरिएको हो ।