प्रचारप्रसारमा केन्द्रीय नेताको साथ
प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा सुर्खेतमा विभिन्न दलका उम्मेदवारले केन्द्रीय नेतृत्वलाई लिएर प्रचारप्रसार अभियान थालेका छन् । मुख्य गरी नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिस्ट पार्टीले आफ्ना केन्द्रीय नेता तथा स्थानीय तह, प्रदेश सभा सदस्य तथा निवर्तमान सांसदलाई साथमा लिएर मतदातासँग घरैदैलो, कोणसभा गर्दै मत मागेका छन् ।
मतदान केन्द्रको अनुगमन तीव्र
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा रुकुमपश्चिममा मतदान केन्द्रको अनुगमन तीव्र पारिएको छ । निर्वाचनका लागि तोकिएका मतदान केन्द्र तथा स्थलमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला निर्वाचन कार्यालय, जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको टोलीले स्थलगत अनुगमन गरेको हो ।
गाउँ–गाउँमा मतदाता शिक्षा प्रभावकारी रूपमा सञ्चालन
फागुन ३ गतेबाट सुरु भएको मतदाता शिक्षा कार्यक्रम गाउँ–गाउँमा सञ्चालन गर्ने कार्यले तीव्रता पाएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बदर हुन सक्ने मत कम गर्न खटिएका स्वयंसेवकहरूले मतदाता शिक्षा प्रभावकारी रूपमा सञ्चालन गरिरहेका छन् ।
भेरी नदीमा युवती बेपत्ता, खोजीमा गएका पुरुष डुबेपछि उद्धार
पश्चिम सल्यानस्थित भेरी नदीमा एक युवती बेपत्ता भएकी छन् । बेपत्ता युवतीको खोजीमा गएका अर्का एक व्यक्ति पनि नदीमा डुबेका थिए भने उनको उद्धार गरिएको छ ।
कर्णाली प्रदेशका हिमाली जिल्लामा छिट्टै मतपत्र पठाइने
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले कर्णाली प्रदेशका हिमाली जिल्लामा छिट्टै मतपत्र पठाउने बताउनुभएको छ ।
मतदाताको मन जित्न प्रचारको फरक शैली अपनाउँदै उम्मेदवार
चुनावी प्रचार गर्ने आआफ्नै शैली र तरिकाहरू फागुन २१ गतेको प्रतिनिधिसभाको सदस्य निर्वाचनका लागि हुम्ला जिल्लामा पनि देखिएका छ ।
सल्यानका १६ सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम सुरु
जिल्लाका १६ वटा सामुदायिक वनमा कर्णाली प्रदेश सरकारको पहलमा दिगो वन व्यवस्थापन कार्यक्रम कार्यान्वयनमा आएको छ।
पुरानै विकासे प्रतिबद्धता
सुर्खेत निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका पाँच जना उम्मेदवारले जिल्लाको विकास निर्माणमा पुरानै योजनाको प्रतिबद्धता दोहो¥याएका छन् । नेपाली कम्युनिस्ट पार्टीका झकबहादुर मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीका कविराम पुरी, उज्यालो नेपाल पार्टीका गम्भीरसिंह भुल र स्वतन्त्र उम्मेदवार कृष्ण खत्रीले एकै ठाउँबाट जिल्लाको विकास र समृद्धिका लागि उही पुरानै योजना दोहो¥याएका हुन् । सुर्खेत महिला जेसिजले बुधबार प्रश्न तपाईंको जवाफ उम्मेदवारसँगको प्रत्यक्ष संवाद कार्यक्रम आयोजना गरी पाँच उम्मेदवारलाई एकै ठाउँमा राखेको थियो ।
उम्मेदवारसँग भूकम्पपीडितको गुनासो
जाजरकोटका भूकम्पपीडितले मत माग्न आएका उम्मेदवारसँग दोस्रो किस्ता नपाएको गुनासो गर्न थालेका छन् । भूकम्प गएको दुई वर्ष बित्दा पुनर्निर्माण सम्पन्न हुने समयसम्म जनताबाट अस्थायी आवासको दोस्रो किस्ता रकम नपाएको गुनासो गरेका हुन् ।
आगलागीबाट एक घर जलेर पूर्ण रुपमा नष्ट
जुम्लामा आगलागीबाट तीन तले घर पूर्ण रूपमा नष्ट भएको छ । तातोपानी गाउँपालिका–८ बङतडिस्थित एक घरमा बिहीबार राति आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको हो ।
चिसोका कारण रोकिएका विकास निर्माणका काम सुचारु
माथिल्लो हुम्लामा चिसोका कारण रोकिएका विकास निर्माणका कामहरू पुनः सुचारु भएका छन् । अत्यधिक चिसोका कारण सिमेन्टसम्बन्धी काम गर्न नसकिएपछि मङ्सिरदेखि माघसम्म रोकिएका योजना फागुन महिना लागेसँगै तापक्रम वृद्धि भएपछि धमाधम सञ्चालनमा आएका हुन् ।
रास्वपाको 'वाचा पत्र' : सांसद मन्त्री बन्न नपाउने, सातै प्रदेशमा डिजिटल पार्क
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ‘वाचा पत्र २०८२’ सार्वजनिक गरेको छ । पार्टीले बिहीबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित एक सभाबीच वाचा पत्र सार्वजनिक गरेको हो ।
पाल्टसीका आगलागी पीडितलाई राहत
सिमकोट गाउँपालिका–७, डाँडाफयाको पाल्टसी गाउँका आगलागी पीडितलाई राहत सहयोग प्रदान गरिएको छ । आगलागीबाट सम्पूर्ण क्षति बेहोर्नुभएका एक परिवारका सदस्यलाई तत्कालको समस्या समाधान गर्न गाउँपालिकाले राहत उपलब्ध गराएको हो ।
जुम्लामा भ्यान दुर्घटना हुँदा सात निर्वाचन प्रहरी घाइते
जुम्लामा भ्यान दुर्घटना हुँदा सात जना निर्वाचन प्रहरी घाइते भएका छन् ।
समृद्ध सल्यानका लागि मल्लको ६ बुँदे कार्ययोजना सार्वजनिक
सल्यानबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश मल्लले उत्पादन वृद्धि, उद्यमशीलता र युवा स्वरोजगारलाई केन्द्रमा राख्दै ६ बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ।
निर्वाचनका लागि ६४८ कर्मचारी परिचालन
मुख्य निर्वाचन अधिकृतको कार्यालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६ सय ४८ जना कर्मचारी परिचालन गरेको छ ।
गाउँमा दलको चुनावी घरदैलो
दूरदराजका बस्ती पुगेर उम्मेदवारले मतदातासँग निर्वाचनका लागि घरदैलो अभियानलाई तीव्र पारेका छन् । चुनावी प्रचार गर्ने समय छोटिँदै आएको र जिल्लाको भूगोल ठुलो भएका कारण उम्मेदवार र दलका नेता बिहानदेखि बेलुका अबेरसम्म घरदैलो अभियान तीव्र पारेका हुन् ।
मतदान केन्द्र अनुगमन
प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सल्यानमा मतदान केन्द्रको अनुगमनलाई तीव्र बनाइएको छ । एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको यहाँ कुल ११७ मतदान स्थल र २०५ मतदान केन्द्र निर्धारण गरिएको छ । तीमध्ये ४३ वटा मतदान स्थल ‘अति संवेदनशील’ सूचीमा परेका छन् । सम्भावित सुरक्षा चुनौती, भौगोलिक विकटता र विगतका निर्वाचन अनुभवलाई आधार मानेर ती क्षेत्रलाई अति संवेदनशील श्रेणीमा राखिएको हो ।
जाजरकोटमा प्रतिनिधिसभा निर्वाचनका मतपत्र आइपुगे
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जाजरकोटमा मतपत्र आइपुगेको छ। जिल्ला निर्वाचन कार्यालय जाजरकोटका अनुसार प्रत्यक्षतर्फ एक लाख १५ हजार र समानुपातिकतर्फ एक लाख १८ हजार मतपत्र जिल्लामा प्राप्त भएको हो।
बगैँचा सुधार गरी व्यावसायिक स्याउ खेतीतर्फ आकर्षित हुँदै किसान
हिमाली जिल्ला हुम्लाका किसान यतिबेला स्याउ बगैँचा काँटछाँट र व्यवस्थापनमा व्यस्त देखिएका छन् ।
बन्द रहेको एक्सरे सेवा सुचारु
दुई सातादेखि बन्द रहेको जिल्ला अस्पताल हुम्लाको एक्सरे सेवा पुनः सञ्चालनमा आएको छ । गत माघ महिनाको २० गतेदेखि बन्द रहेको उक्त एक्सरे सेवा फागुन ६ गतेबाट सञ्चालनमा आएको हो ।
बदर मतको संख्या घटाउन मतदाता शिक्षा
सल्यानमा गत प्रतिनिधिसभा निर्वाचनमा बदर मत घटाउन जिल्ला निर्वाचन कार्यालय सल्यानले कार्यक्रम अघि बढाएको छ । प्रतिनिधि सभा निर्वाचन २०७९ मा सल्यानमा एक लाख ५७ हजार ७०१ मतदाता रहेका थिए ।
गाउँ–गाउँमा बढे मौसमी फ्लुका बिरामी
जिल्लाको सातवटै गाउँपालिकामा रुघाखोकी, ज्वरो र दमजस्ता रोगको बिरामी बढेका छन् । माघ १० गते परेको हिमपातले चिसो बढेपछि यस्ता बिरामीहरु दैनिक रुपमा बढिरहेका हुन् ।
बस्ती र बारी जोगाउनेलाई मत
अघिल्लो वर्ष रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–६, ज्यामिरे गाउँमा रहेको कालिका आधारभूत विद्यालयसहित १३ घर बाढी र पहिरोले बगायो ।