महत्वपूर्ण दस्ताबेज संरक्षणका लागि ‘डिजिटल आर्काइभिङ’
सरकारले दीर्घकालीन महत्वका अध्ययन प्रतिवेदनको ‘डिजिटल अर्काइभिङ’ कार्य सुरु गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले त्यस्ता ‘डिजिटल अर्काइभिङ’ कार्य सुरु गरेको हो ।
गौरवका आयोजना घटाउनु पर्छ
नयाँ सरकारले राष्ट्रिय गौरवका आयोजनाको सङ्ख्या घटाएर वित्त व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको विज्ञहरूले औँल्याउनुभएको छ । विशेष गरी पूर्वाधार विकासको परम्परागत ढाँचा, यससम्बन्धी ऐन कानुनको समय सापेक्ष परिमार्जन, नयाँ ऐन कानुन निर्माण, आयोजनालाई समयमा सम्पन्न गर्नुभन्दा लम्ब्याएर फाइदा लिने प्रवृत्ति हाबी छ ।
हारजितमा झिनो र फराकिलो मतान्तर
प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक हुँदा केही उम्मेदवार यस्तो भाग्यमानी ठहरिए, जो प्रतिस्पर्धीलाई अत्यान्त झिनो मतले उछिनेर भए पनि निर्वाचित भए । तर केही उम्मेदवार भने निकटतम प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले पछि पारेर आरामसँग विजयी बने । यस्ता भाग्यमानी उम्मेदवारमध्येका एक हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट ओखलढुङ्गाका उम्मेदवार विश्वराज पोखरेल । पोखरेलले प्रतिस्पर्धीलाई मात्र पाँच मतको अन्तरले हराएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो ।
प्रस्तावित प्रधानमन्त्रीबाट पूर्वप्रधानमन्त्री पराजित
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको साढे पाँच दशक लामो राजनीतिक विरासतलाई चुनौती दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह (बालेन) विजयी हुनुभएको छ । रास्वपाबाट प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार बालेन ऐतिहासिक नतिजा निकाल्दै संसदीय राजनीतिमा झापाबाट उदाउनुभएको छ ।
निर्वाचनको महाउत्सव आज
संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, समुन्नति, आर्थिक विकास, पारदर्शी सेवा प्रवाह र समग्र रूपान्तरणको मूल मुद्दाकेन्द्रित प्रतिनिधि सभा निर्वाचनको उल्लास देशैभर छाएको छ । सुशासन, रोजगारी र जवाफदेही नेतृत्वका पक्षमा भएको भदौ २३ र २४ गतेको नवयुवा (जेनजी) पुस्ताको आन्दोलनको कार्यादेश अनुसार बिहीबार (आज) देशका १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य पदका लागि मतदान हुँदै छ ।
हिउँ छिचोलेर मतदाता गाउँमा
कर्णालीका हिमाली जिल्ला हुम्ला र डोल्पाका २४ निर्वाचन स्थलमा प्रतिनिधि सभा सदस्य निर्वाचनका सामग्री नेपाली सेनाको हेलिकोप्टरबाट ढुवानी गरिएको छ । तीन दिन लगाएर नेपाली सेनाको हेलिकोप्टरले डोल्पाका २० वटा मतदान स्थल र हुम्लाका चार मतदान स्थलमा निर्वाचन सामग्री ढुवानी गरेको हो ।
पशुपतिनाथमा तान्त्रिक उपासना
कृष्णयजुर्वेदको तैत्तिरीय शाखाका अतिविशिष्टतम् उपासना पद्धतिका साथै तन्त्रशास्त्रका अत्यन्त रहस्यमय मन्त्र, यन्त्र र पूजाविधानद्वारा उपास्य रहने भगवान् श्री पशुपतिनाथको पूजा पद्धतिमा निगमागमको मिश्रमार्गको प्रयोग हुने गरेको छ । यसप्रकारको पूजाविधानमा अत्यन्त गुढ शास्त्रीय दर्शन, जटिलतम साधना पक्ष र वैज्ञानिक वैशिष्ट्य अन्तर्निहित रहेको छ । यसरी सम्पादन गरिने पूजाको वैशिष्ट्य र गाम्भीर्यले नै राष्ट्रदेवको शास्त्रीय र लौकिक महत्वबारेमा थप विषयबोध गराउँछ ।
जल सङ्कटमा समग्र मधेश
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले घोषणापत्रमार्फत समग्र विकासका लागि आकर्षक प्रतिबद्धता व्यक्त गरेका छन् । ती प्रतिबद्धतामा मधेश प्रदेशको प्रमुख समस्याबारे स्पष्ट रूपमा उल्लेख गरिएको छैन । पछिल्लो वर्षमा मधेश प्रदेशमा जल सङ्कट प्रमुख समस्या बनेको छ । विगतदेखि नै दलले मधेशलाई अन्नको भण्डार बनाउने, कृषि क्रान्ति ल्याउने र मधेशले देशलाई खुवाउने जस्ता आकर्षक नारा दिँदै आएका छन् तर मधेश प्रदेश दिनप्रतिदिन गहिरिँदो जल सङ्कटको चपेटामा पर्दै आएको छ । गत वर्ष सङ्घीय सरकारले मधेशका भूभागलाई सुक्खा सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
पाँच वर्षमा चौध हजार ज्यान गयो
नेपालमा विगत पाँच वर्षमा सडक दुर्घटनाका कारण १४ हजारभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा सडक दुर्घटनामा १४ हजार २१४ जनाको सवारी दुर्घटनाबाट ज्यान गएको हो । एक लाख ७१ हजार ९५२ जना घाइते भएका छन् । दुर्घटनाबाट हुने भौतिक क्षतिको कुनै लेखाजोखा छैन ।