• ११ असार २०८२, बुधबार

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर

blog

१. राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालको आगामी तीन वर्षको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ? 

७.१ प्रतिशत

आयोगले २०८२ असारमा आर्थिक वर्ष २०८२/८३ देखि २०८४/८५ सम्म लागु हुने मध्यकालीन खर्च संरचना सार्वजनिक गरेको । 

संरचनाले तीन वर्षभित्र सङ्घीय सरकारले खर्च गर्ने योजना, प्राथमिकताका आयोजना, स्रोत व्यवस्थापन र बजेटको विनियोजन प्रक्रिया स्पष्ट पारेको । यसले ‘१६ औँ योजना’ तथा दिगो विकास लक्ष्यसँग समन्वय हुने सार्वजनिक खर्च प्रणालीको आधार तयार गरेको । 

आव २०८२/८३ देखि २०८४/८५ मा मुलुकको औसत आर्थिक विकास ७.१ प्रतिशत रहने अनुमान गरिएको । 

प्रतिवेदनले चालु आव २०८१/८२ मा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३.९९ प्रतिशत र उपभोक्ताको मूल्यमा ४.६१ प्रतिशत रहने अनुमान गरेको । 

चालु आवमा कुल गार्हस्थ उत्पादन (जिडिपी) ६१ खर्ब ७ अर्ब पुगेको । 

आव २०६७/६८ मा १५ खर्ब ५९ अर्ब रहेको जिडिपी १५ वर्षमा पाँच गुणाले बढेको आयोगले जनाएको । 

यो अवधिमा जिडिपीको वार्षिक वृद्धिदर सबैभन्दा धेरै आव २०७३/७४ मा ८.९८ प्रतिशत र सबैभन्दा कम आव २०७६/७७ मा २.३७ प्रतिशतमा सीमित रही औसत ४.३० प्रतिशत रहेको । 

विगत १५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय ८१८ अमेरिकी डलरबाट बढेर यस वर्ष १५१७ अमेरिकी डलर पुग्ने अनुमान रहेको । 

२. अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाइन्छ ? 

जुन २१

सन् २०२५ को नारा : ‘सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग’ । 

३. राष्ट्रपति चुरे तराई मधेश संरक्षण दिवस कहिले मनाइन्छ ? 

असार २ 

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति स्थापनाको अवसर पारी हरेक वर्ष असार २ गते यो दिवस मनाउने गरिएको । 

चुरेको प्राकृतिक स्रोत संरक्षण, दिगो व्यवस्थापन, पारिस्थितिकीय सेवाको सम्बर्धनद्वारा गरिबी न्यूनीकरणमा टेवा पु¥याउने लक्ष्यका साथ समितिको स्थापना २०७१ असार २ गते भएको । 

४. युइएफए नेसन्स लिग फुटबल २०२५ को उपाधि कसले जित्यो ? 

पोर्चुगल 

फाइनलमा स्पेनलाई टाइब्रेकरमा हराउँदै पोर्चुगलले दोस्रो पटक नेसन्स लिग फुटबलको उपाधि जितेको । 

टाइब्रेकरमा पोर्चुगल ५–३ ले विजयी भएको । 

पोर्चुगलले यसअघि नेसन्स लिगको पहिलो संस्करण २०१८–१९ को उपाधि जितेको थियो । त्यस यता फ्रान्स र स्पेनले १–१ पटक उपाधि जितेका । 

५. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कहिलेदेखि लागु हुने गरी १२ देशका नागरिकहरूलाई पूर्ण र आंशिक यात्रा प्रतिबन्ध घोषणा गरेका हुन् ? 

सन् २०२५ जुन ९ 

यात्रा प्रतिबन्ध घोषणा गरिएका राष्ट्रहरू :

अफगानिस्तान, म्यानमार, चाड, कङ्गो, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिविया, सोमालिया, सुडान र यमन । 

ट्रम्पले जुन ४ मा जारी गरेको आदेश जुन ९ देखि लागु भएको । 

त्यस्तै, बुरुन्डी, क्युवा, लाओस, सिएरालियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला (७ देश) का नागरिकमाथि आंशिक यात्रा प्रतिबन्ध लागु हुने । 

यो रोक आप्रवासन र गैरआप्रवासन (नन–इमिग्रेसन) दुवै प्रकारका भिसामा लागु हुने जनाइएको । 

पूर्ण प्रतिबन्ध लागू भएका देशका अधिकांश नागरिकको अमेरिका प्रवेश पूर्ण रूपमा निषेध हुने । यसमा पर्यटक भिसा, विद्यार्थी भिसा, काम गर्ने भिसा र आप्रवासन भिसा लिने सबै समावेश हुन्छन् । 

आंशिक प्रतिबन्ध लागु भएका देशका नागरिकलाई केही विशेष प्रकारका भिसा वा प्रवेशमा मात्र रोक हुने जनाइएको । 

६. स्नायु विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘न्युरोकन–२’ काठमाडौँमा कहिले सम्पन्न भएको हो ? 

विसं २०८२ असार ४ र ५

सम्मेलनको नारा : स्नायु विज्ञानको विकासक्रम एवं नवप्रवर्तन । 

सम्मेलनमा स्नायु विज्ञानका विभिन्न विधा न्युरो–सर्जरी, 

न्युरो–मेडिसिन, न्युरो–रेडियोलोजी, न्युरो–इन्टरभेन्सन, न्युरो–ओटोलोजी, न्युरो–ऐनस्थेसिया, न्युरो–साइक्याट्री, न्युरो नर्सिङ एवं पुनस्र्थापनासम्बन्धी देश तथा विदेशका विशेषज्ञ, चिकित्सकको सहभागिता रहेको । 

सम्मेलनको अवसरमा वरिष्ठ स्नायु शल्य चिकित्सक प्राडा डेविट टेरेन्स होपलाई उपेन्द्र देवकोटा पुरस्कार प्रदान गरिएको । 

७. एसियाली विकास बैङ्क (एडिबी) ले नेपालका लागि अघि सारेको नयाँ कन्ट्री पार्टनरसिप स्ट्राटेजीको अवधि कुन हो ? 

सन् २०२५–२०२९

एडिबीले सन् २०२५ जुनमा ‘नेपाल रणनीति २०२५–२०२९’ सार्वजनिक गरेको ।

सन् २०२५ देखि २०२९ सम्मका लागि लागु हुने रणनीतिले नेपालको आर्थिक रूपान्तरणका लागि हरित, निजी क्षेत्र लक्षित र जलवायु रेजिलियन्ट विकास मोडेललाई अघि सारेको । 

सुशासन, सामाजिक न्याय, साझा समृद्धि हासिल गर्ने नेपालको १६ औँ पञ्चवर्षीय योजनाको उद्देश्यसँग मेल खाने गरी यो रणनीति बनाइएको एडिबीले जनाएको । 

यो रणनीति विश्व बैङ्क समूहसँगको साझा अवधारणामा तयार पारिएको । 

एडिबी र विश्व बैङ्कले नेपालमा कुल विकास सहयोगको झन्डै ७० प्रतिशत हिस्सा ओगट्छन् । 

एडिबीले सन् २०२५ देखि २०२९ भित्र नेपालमा झन्डै २.३ अर्ब डलर सहयोग गर्ने जनाएको । 

निजी क्षेत्रको अग्रसरतामा रोजगारीमूलक तथा हरित आर्थिक रूपान्तरण, गुणस्तरीय मानव पुँजी विकास एवं सार्वजनिक सेवा र जलवायु परिवर्तनप्रति प्रतिरोधी संरचनाको प्रवर्धनलाई नयाँ रणनीतिका मुख्य तीन प्राथमिकतामा राखिएको । 

८. सेभेन रिला लेक्स कहाँ पर्छ ?

बुल्गेरिया 

रिला माउन्टेन पर्वत श्रेणीमा पर्ने सेभेन रिला लेक्स सात वटा हिमतालको समूह हो ।

२१०० मिटरदेखि २५०० मिटर उचाइमा अवस्थित सात तालहरू : 

१) दी टियर (सबैभन्दा सानो)

२) दी आई

३) दी किड्नी

४) दी ट्विन (सबैभन्दा ठुलो)

५) दी टे«फोइल

६) फिस लेक

७) दी लोवर लेक

९. नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ ?

सुवानन्द दास

१०. विश्वको सबैभन्दा पुरानो अन्न कुनलाई भनिन्छ ?

 भटमास

११. इजरायल–इरानबिच युद्धविराम कहिले भएको हो ? 

सन् २०२५ जुन २४ 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा इजरायल र इरान युद्ध विरामको सहमतिमा पुगेका । 

इजरायल र इरानका अधिकारीहरूले युद्ध विरामका लागि सहमत भएको जनाएका । 

१२. मुलुककै पहिलो फ्लाइओभर ‘ग्वार्को फ्लाइओभर’ को उद्घाटन कहिले भएको हो ? 

विसं २०८२ असार ६ 

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले रिबन काटेर फ्लाइओभरको उद्घाटन गर्नुभएको । 

उद्घाटनसँगै फ्लाइओभर सञ्चालनमा ल्याइएको । 

विसं २०७८ फागुन १२ गते २ वर्षमा निर्माण सक्ने गरी सम्झौता भई निर्माण कार्य अघि बढेको थियो । 

१३. एउटै आय वर्षमा एकभन्दा बढी मुलुकमा कारोबार गर्ने व्यक्तिलाई कारोबार गरेको मुलुक वा बासिन्दा रहेको मुलुकमा मात्रै कर लिन सकिने व्यवस्थासम्बन्धी सम्झौतालाई के भनी चिनिन्छ ?

दोहोरो कर मुक्ति सम्झौता (डिटिएए)

१४. प्रसिद्ध समाजसेवी तुलसी मेहरद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चर्खा प्रचार नामक अभियानमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन् ?

भीमशमशेर

१५. पशुपतिनाथमा सन्ध्याकालीन आरतीको थालनी कहिलेदेखि गरिएको हो ?

 विसं २०६४

१६. सरकारले गैरबैङ्किङ सम्पत्ति व्यवस्थापन गर्न कहिले सम्ममा ‘एसेट म्यानेजमेन्ट कम्पनी’ स्थापना गर्ने घोषणा गरेको छ ? 

आव २०८२/८३ (आव २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटमार्फत)

१७. सिएनएनको साहसी खेलाडी, २०२४ को सूचीमा पर्न सफल नेपाली पर्वतारोही व्यक्तित्व को हुन् ?

पूर्णिमा श्रेष्ठ

१८. १२ औँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय मानव अधिकार चलचित्र महोत्सवमा नेपाली पानारोमा अवार्ड जित्न सफल चलचित्र कुन हो ?

 रेमन्यान्ट्स 

१९. बेइजिङ ३० एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?

बैङ्कक (थाइल्यान्ड), सन् २०२४ नोभेम्बर १९–२१

२०. प्रसिद्ध म्यागजिन टाइमद्वारा सन् २०२४ का लागि तयार पारिएको संसारका १०० सर्वोत्कृष्ट ठाउँको सूचीमा पर्न सफल नेपालको पर्यटकीय स्थल कुन हो ? 

बुरहान वाइल्डरनेस क्याम्प, बर्दिया

२१. आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार २०८१ फागुनसम्म आधारभूत खानेपानी सेवाको पहुँच पुगेको जनसङ्ख्या कति प्रतिशत रहेको छ ? 

९६.८५ प्रतिशत 

त्यस्तै, सुरक्षित खानेपानी (उच्च मध्यमस्तर) सेवाको पहुँच पुगेको जनसङ्ख्या २८.५० प्रतिशत पुगेको । 

प्रस्तुतकर्ता : टङ्क केसी