१. सुदूरपश्चिम प्रदेशलाई साक्षर प्रदेश घोषणा कहिले गरिएको हो ?
विसं २०८२ असार १२
– प्रदेशको नौ वटै जिल्लामा रहेका १५ देखि ६० वर्ष उमेर समूहको जनसङ्ख्याको साक्षरता दर ९६.१९ प्रतिशत रहेको तथ्याङ्कको आधारमा सुदूरपश्चिम प्रदेश सरकारले साक्षर प्रदेश घोषणा गरेको ।
– प्रदेशका नौ वटै जिल्लालाई यसअघि विभिन्न समयमा साक्षर जिल्ला घोषणा गरिसकिएको ।
– लक्षित उमेर समूहको जनसङ्ख्यामध्ये ९५ प्रतिशतभन्दा बढी साक्षर भए साक्षर घोषणा गर्न सकिने प्रावधान छ ।
२. यस वर्ष (२०८२) को मदन भण्डारी राष्ट्रिय पुरस्कार कसलाई प्रदान गरियो ?
वातावरण संरक्षण अभियन्ता एवं पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा
– शेर्पा विगत लामो समयदेखि जलवायु परिवर्तनप्रति चेतना अभिवृद्धिमा सक्रिय रहँदै आउनुभएको ।
– उहाँले सगरमाथा आधार शिविरबाट मानव मलमूत्र व्यवस्थापनका लागि ब्याग प्रविधि प्रयोग गरी हिमाल सफाइ अभियानमा संलग्न हुनुभएको ।
३. गोपालप्रसाद रिमाल पुरस्कार– २०८२ बाट सम्मानित हुने स्रष्टा को हुनुहुन्छ ?
कवि मञ्जुल (मेघराज शर्मा नेपाल)
४. राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित हुने कृषक को–को हुनुहुन्छ ?
कोशी प्रदेशबाट : सुरेशकुमार मेहता र रमेश साह,
– मधेश प्रदेशबाट : भरतकुमार यादव र हीराबहादुर थापामगर,
– बागमती प्रदेशबाट : चेतप्रसाद ढकाल र दयाराम मसामसी,
– गण्डकी प्रदेशबाट : छिरिङढोका गुरुङ र बाटुली तिवारी,
– लुम्बिनी प्रदेशबाट : जयपाल मौर्य र सुवास कुर्मी,
– कर्णाली प्रदेशबाट : गोविन्द ओली र भरतनाथ योगी,
– सुदूरपश्चिम प्रदेशबाट : प्रेमप्रसाद जोशी र लोकबहादुर थापा ।
– प्रत्येक प्रदेशबाट २ जना कृषकका दरले कषि व्यवसायमा उत्कृष्ट कार्य गरी छनोटमा परेका १४ किसानलाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पुरस्कृत गरिएको ।
– राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१ अनुसार पुरस्कृत गरिएको ।
– पुरस्कार राशि जनही दुई लाख रुपियाँ रहेको ।
५. मधेश प्रदेशको सदरमुकाम जनकपुरमा प्रथम राष्ट्रिय शिक्षा सम्मेलन कहिले सम्पन्न भएको हो ?
विसं २०८२ असार १०/११
– उद्घाटन : मुख्यमन्त्री सतीशकुमार सिंह
– आयोजना : जनकपुरधाम
– १० बुँदे घोषणापत्र जारी गर्दै प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ सम्पन्न भएको ।
– सो सम्मेलन शिक्षा तथा संस्कृति मन्त्रालय मधेश प्रदेशको आयोजनामा भएको ।
– सम्मेलनमा मधेश, गण्डकी, बागमती प्रदेशसहित शिक्षा क्षेत्रका विज्ञ, प्राध्यापक र सरोकारवालाको सहभागिता रहेको ।
६. ‘एक पालिका एक खेल मैदान’ सुरु गर्ने प्रदेश कुन हो ?
लुम्बिनी प्रदेश
७. जुम्लाको सिञ्जा गाउँपालिकालाई पोषणमैत्री स्वास्थ्य संस्था गाउँपालिका घोषणा कहिले गरिएको हो ?
विसं २०८२ असार ९
(गाउँपालिकाका स्वास्थ्य संस्था पोषणमैत्री घोषित भएसँगै गाउँपालिकालाई नै पोषणमैत्री स्वास्थ्य संस्था गाउँपालिका घोषणा गरिएको ।)
८. नेपाल सरकारले राष्ट्रिय खेलकुद नीति २०८२ कहिले स्वीकृत गरेको हो ?
विसं २०८२ असार ९
९. विकासका लागि वित्तपोषण (‘फाइनान्सिङ फर डेभलपमेन्ट’) सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली कहिले स्पेन प्रस्थान गर्नुभएको हो ?
विसं २०८२ असार १४ (स्वदेश फिर्ती : असार २०)
– संयुक्त राष्ट्रसङ्घद्वारा आयोजित सो सम्मेलन स्पेनको सेविला सहरमा सन् २०२५ जुन ३०–जुलाई ३ सम्मका लागि तय गरिएको ।
– स्पेनका प्रधानमन्त्री पेट्रो सान्चेज र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको निमन्त्रणामा प्रधानमन्त्री ओलीको स्पेन भ्रमण तय भएको परराष्ट्र मन्त्रालयले जनाएको ।
– अति कम विकसित देशको ‘ग्लोबल को–अर्डिनेसन ब्युरो’ को अध्यक्षको हैसियतमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन –जुन ३० मा) गर्नुभएको ।
– जुन ३१ मा प्रधानमन्त्री ओलीले अल्प विकसित मुलुकको उच्चस्तरीय बैठकको अध्यक्षतासमेत गर्नुभएको ।
१०. राष्ट्रिय धान दिवस कहिले मनाइन्छ ?
असार १५
– विसं २०८२ (२२ औँ) को नारा : धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता
– नेपालमा धान समूद्र सतहबाट ६० मिटर उचाइदेखि ३०५० मिटर उचाइसम्म खेती गरिने ।
– मुलुकमा लगभग १४ लाख २० हजार हेक्टरमा धान खेती गर्ने गरिएको र ५९ लाख ५५ हजार मेट धान उत्पादन हुने ।
११. सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट कहिले पारित भएको हो ?
विसं २०८२ असार १५
– असार १५ गते सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको प्रस्तावमा विधेयक सभाले बहुमतले पारित भएको ।
– पारित विधेयक अनुसार अब निजामती सेवामा श्रेणी र तहगत दुवै व्यवस्था प्रचलनमा आउने ।
– सेवा प्रवेशको उमेर पुरुषका लागि ३५ वर्ष (यथावत्) र महिलाका लागि ३९ वर्ष बनाइएको ।
– अवकाशको उमेर हद ५८ बाट ६० वर्ष पु¥याइएको ।
– अवकाशको व्यवस्था वार्षिक रूपमा क्रमशः लागु हुने व्यवस्था गरिएको ।
– शाखा अधिकृतको खुला प्रतिस्पर्धा ६० प्रतिशत कायम गरिएको ।
– नायब सुब्बाको खुला प्रतिस्पर्धा हटाइएको ।
– १३ औँ तहको विशिष्ट श्रेणीको पदका रूपमा अतिरिक्त सचिवको व्यवस्था गरिएको ।
– स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र प्रदेश मन्त्रालयका सचिव सङ्घीय निजामतीकै कर्मचारी हुने व्यवस्था गरिएको तर १० वर्षसम्म मात्र सङ्घको कर्मचारी खटाउने व्यवस्था गरिएको ।
– निजामती सेवाको उच्च पद मुख्य सचिवको कार्यकाल अब दुई वर्षको हुने । अहिले तीन वर्ष कायम छ ।
– यस्तै सचिवको कार्यकाल पाँच वर्षबाट चार वर्ष बनाइएको । यो व्यवस्था हाल कार्यरतका हकमा लागु हुने छैन तर अवकाशका लागि बढाइएको उमेर हद भने सबैका लागि लागु हुने छ ।
– निजामती सेवाबाट अवकाश वा राजीनामा दिएका कर्मचारीले अब दुई वर्षसम्म कुनै सरकारी वा संवैधानिक नियुक्ति लिन नपाउने प्रावधान ।
– सङ्घीय संसद्का दुवै सदनबाट विधेयक पारित भई प्रमाणीकरण भएपछि अन्तरप्रदेश सरुवाको बाटो खुल्ने ।
– दुवै प्रदेशका मन्त्रीपरिषद्को सहमतिमा अन्तरप्रदेश र अन्तरस्थानीय तहको सरुवा खुला गरिएको ।
– प्रदेश लोक सेवा आयोगमार्फत पदपूर्ति भएका पदमा पनि १० वर्ष पछि अन्यत्र सरुवा हुने व्यवस्था गरिएको ।
– निजामती कर्मचारीको ट्रेड युनियनसम्बन्धी व्यवस्था यथावत् राखिएको ।
१२. विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला को हुन् ?
दावा याङजुम शेर्पा (दोलखा)
१३. साउथ एसियन ट्राभल अवार्डस् (साटा), २०२४ मा भिजिटर्स च्वाइस अवार्ड अन्तर्गत गोल्ड अवार्ड जित्ने एयरलायन्स कुन हो ?
श्रीलङ्कन एयरलायन्स
१४. बेसीसहरदेखि हिमाली जिल्ला मनाङसम्म पुग्ने गरी सञ्चालनमा ल्याइएको वैकल्पिक पदमार्गलाई के नामकरण गरिएको छ ?
लालुपाते पदमार्ग
१५. नेपालमा उत्पादित हाइड्रोजनबाट पहिलो पटक सवारीसाधन सञ्चालन कहिले गरिएको हो ?
विसं २०८० चैत १८
१६. संयुक्त राष्ट्रसङ्घीय कृषि तथा खाद्य सङ्गठन (एफएओ) ले बालीको रोग पत्ता लगाउन सञ्चालनमा ल्याएको एप्स कुन हो ?
टेलिप्लान्ट डाक्टर (सन् २०२४ फेबु्रअरी)
१७. सङ्गीत क्षेत्रको विश्वकै प्रतिष्ठित ग्रामी अवार्डमा लगातार चार पटकसम्म ‘एल्बम अफ दी इयर’ अवार्ड हात पार्न सफल गायिका को हुन् ?
अमेरिकी गायिका टेलर स्विफ्ट
१८. २०७८ को जनगणना अनुसार नेपालको मातृ मृत्युदर कति रहेको छ ?
१५१ जना (प्रति एक लाखमा), सबैभन्दा बढी मातृ मृत्युदर भएको प्रदेश लुम्बिनी र कम भएको प्रदेश बागमती रहेका ।
१९. कुनै पनि प्राणी तथा वनस्पतिको आनुवंशिक गुण बोक्ने शरीरको सबभन्दा सानो एकाइलाई के भनिन्छ ?
वंशाणु (जिन)
२०. कवि क्षेत्रप्रताप अधिकारीको सम्झनामा स्थापित क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार कसलाई प्रदान गरियो ?
वरिष्ठ साहित्यकार सरुभक्त
२१. हङकङ साहित्यिक साझा शृङ्खला पुरस्कार तथा सम्मान– २०२५ बाट सम्मानित स्रष्टा को हुन् ?
कवि तथा प्राज्ञ शशी लुमुम्बू
– सम्मानको राशि रु. ५५ हजार ५०५ रुपियाँ रहेको
प्रस्तुतकर्ता : टङ्क केसी