दुर्गम गाउँँमा ५० किलोवाटको सोलार मिनीग्रीड सञ्चालन
नाम्खा गाउँपालिका–३ खगालगाउँको झुला गाउँमा ५० किलोवाटको सोलार मिनीग्रीड सञ्चालनमा आएको छ । उक्त मिनीग्रीड परियोजनाको निर्माण कार्य सम्पन्न हुँदा विद्युत आपूर्ति समेत सुरु भएको हो ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारको ध्यानाकर्षण
राष्ट्रियसभा सदस्यहरुले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।
तलब तीन करोड, खर्च १० करोड ! इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर (आठौँ तह) भरतकुमार आचार्यले आफ्नो पदको दुरुपयोग गरी करोडौँ मूल्य बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
बाल सुधार गृहबाट भागेका ३५ बालबन्दी अझै बेपत्ता
जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ७८ जना बालबन्दीमध्ये ३५ जना अझै बेपत्ता छन् ।
टाइगर कप भलिबल : पुलिसलाई हराउँदै न्यु डायमन्ड फाइनलमा
नेपाल पुलिस क्लबलाई हराउँदै न्यु डायमन्ड स्पोर्ट्स क्लब छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।
देश सम्हाल्ने तागत कांग्रेससँग छ : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान अवस्थामा देशलाई सम्हाल्ने शक्ति आश्वयक रहेको बताउनुभएको छ।
सहिद दिवस : सिफल उकालोमा धर्मभक्त माथेमाको स्मृति सभा
सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नुभएको स्थान काठमाडौँको सिफल उकालोमा आज स्मृति सभा सम्पन्न भएको छ। सहिद सप्ताह मूल समारोह समितिको आयोजनामा प्रजातन्त्र प्राप्तिका लागि माथेमाले अमरत्व प्राप्त गर्नुभएको दिन र स्थानको स्मरण गर्दै सभा आयोजना गरिएको हो।
युक्रेन युद्धमा बङ्गलादेशी कामदारको पीडा
युक्रेन युद्धमा बङ्गलादेशी कामदारलाई नागरिक कामको झुटो आश्वासन दिएर रुस लगिएको र पछि लडाइँमा जबर्जस्ती धकेलिएको एसोसिएटेड प्रेस (एपी) को अनुसन्धानले खुलासा गरेको छ ।
म्याग्दीका उम्मेदवारले सुरु गरे घरदैलो
आगामी फागुन २१ गतेको हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति नजिकिँदै गर्दा म्याग्दीका राजनीतिक दलका उम्मेदवारहरु ग्रामीण वस्तीका मतदाताको घरदैलो पुगेर भेटघाट थालेका छन् ।
ट्रम्पको कर चेतावनीले सियोल चिन्तित
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटोमोबाइल, काठ र फार्मास्युटिकल्स लगायत दक्षिण कोरियाबाट आयात हुने सामानमा कर बढाउने घोषणा गर्नु भएपछि दक्षिण कोरियाको सरकारले मङ्गलबार आपतकालीन बैठक बोलाएर स्थिति मूल्याङ्कन गरेको छ ।
पाँच रुपियाँमा बिक्री नहुने मकै १५ मा बिक्री
तुलसीपुर उपमहानगरपालिका –१९ को हात्तीखाल गाउँभरिको बारीमा मकै खेती गरिएको छ । मकै खेती गर्नुभएका किसान एवम् तुलसीपुर –१९ का वडा सदस्य रेवती विश्वकर्माले वर्षायाममा प्रतिकोसा पाँच रूपियाँमा बिक्री नहुने मकै हिउँदमा भने १५ रूपियाँमा बिक्री हुँदा पनि पुर्याउन गाह्रो परेको बताउनुभयो ।
सन् २०२६ को सुरुवातमै भूमध्यसागरमा सयौं आप्रवासी बेपत्ता : संयुक्त राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसङ्घको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम)ले सन् २०२६ को जनवरीमा मात्र डुङ्गा डुबेका कारण भूमध्यसागरमा सयौं आप्रवासी बेतत्ता भएको जनाएको छ ।
भारत-युरोप व्यापार सहमति ऐतिहासिक
भारत र युरोपेली सङ्घ (इयु) बिच करिब दुई दशकदेखि चल्दै आएको वार्तापछि अन्ततः एक विशाल र बहुप्रतीक्षित व्यापार सम्झौता सफलतापूर्वक सम्पन्न भएको छ ।
अनुगमन अधिकृतलाई छुट्टै छाप, आचारसंहितामा कडाइ गरिने
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन जिल्ला तहमा खटिने अनुगमन अधिकृतहरूलाई विशेष अधिकारसहितको ‘छाप’ प्रयोग गर्न निर्देशन दिएको छ।
कालिज पालेर मासिक एक लाखभन्दा बढी आम्दानी
संयुक्त अरब इमिरेट्स (साउदी)मा ११ वर्ष काम गरेर फर्किनुभएका गैँडाकोटका एक युवाले घरमै कालिजपालन गरेर मासिक रु. एक लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।
दुर्गम गाउँ जोड्न झाेलुङ्गे पुल निर्माण हुँदै
दुर्गम बस्तीका स्थानीयलाई सहज आवतजावतको सुविधा उपलब्ध गराउने उद्देश्यले दैलेखमा आर्थिक बर्ष २०८२–८३ मा १० वटा झोलुङ्गे पुल निर्माण गरिने भएको छ ।
‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै
यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं ९ स्थित ‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण भइरहेको छ । आगामी असार मसान्तसम्म दुई करोड ५० लाख बराबरको भौतिक संरचना तयार हुने जनाइएको छ ।
पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी
बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ । बाजा बजाउने प्रचलन सङ्कटमा पर्न थालेपछि यसको संरक्षण गर्न जिल्लाका विभिन्न विद्यालय जागरुक भएका छन् । कतिपय विद्यालयले बाजा खरिद गरेर सिकाउन थालेका छन् ।
एक तोला सुनको मूल्य तीन लाख नौ हजार तीन सय
स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।
चुनावी अभियानमा कैलाली पुगेका बालेन्द्र शाह भेटघाटमा व्यस्त
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह चुनावी अभियानमा कैलाली पुग्नुभएको छ । बर्दियाको राजापुरबाट कैलाली पुगेका उहाँले उम्मेदवार भेटघाटका क्रममा क्षेत्रको समस्याका बारेमा चासो देखाउनुभएको छ ।
तनहुँमा निर्वाचन प्रहरीका लागि थप ६५३ जनाको आवेदन
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा निर्वाचन प्रहरीको सङ्ख्या अपुग भएपछि पुनः आह्वान गरिएको दुई दिनको अवधिमा ६ सय ५३ जनाले आवेदन दिएका छन् ।
बाजुरामा उम्मेदवारहरू मतदाता घरदैलोमा पुग्दै
आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य पदको निर्वाचन नजिकिँदै गर्दा बाजुराका विभिन्न दलका उम्मेदवारहरू मतदाता रिजाउन गाउँ–बस्तीमा पुग्न थालेका छन्।
कञ्चनपुर क्षेत्र–१ मा रोकिएका योजना अगाडि बढाउँछु : नेता तामाङ
कञ्चनपुर निर्वाचन क्षेत्र १ मा नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका तारालामा तामाङले यहाँका रोकिएका योजना अगाडि बढाइने बताउनुभएको छ ।
खुला ठाउँलाई सर्वसाधारणको व्यवस्थित प्रयोग बढाउन लगानी
सैनिक मञ्चबाट दक्षिणतर्फको चउरलाई सर्वसाधारणको प्रयोग सहज बनाउन काठमाडौँ महानगरपालिकाले बरमुढा ग्रास रोप्ने भएको छ ।