ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन
बितेका २४ घण्टामा एक हजार ८५४ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख ४८ हजार राजस्व दाखिला भएको छ ।
रास्वपाको सचिवालय बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार आज साँझ ६ः०० बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर वनस्थलीमा बैठक बस्न लागेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
बागलुङमा दुई हजार ६०० अव्यवस्थित बसोबासी
भूमि समस्या समाधान आयोग जिल्ला समिति बागलुङका अनुसार जिल्लामा सुकुम्बासीभन्दा अव्यवस्थित बसोबासीको संख्या धेरै रहेको पाइएको छ ।
आफ्नै भवनबाट ट्राफिक प्रहरीको सेवा सुरु
लामो समयदेखि भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर अब आफ्नै सुविधासम्पन्न नयाँ भवनबाट सेवा दिने भएको छ ।
‘मुन लाइट गुप्र’ चापाकोट क्रिकेट लिगमा आज दुई खेल हुँदै
‘मुन लाइट गुप्र’ चापाकोट क्रिकेट लिगमा आइतबार दुई खेल हुँदै छ । आज पहिलो खेल गण्डकी फायरविरुद्ध कुवाकोट युथ स्टार हुने छ भने दोस्रो खेल ह्वाइट हर्षविरुद्ध रोयल आँधीखोलाबिच हुने छ ।
खजुरामा आजदेखि प्रथम अशोक स्मृति कप फुटबल सुरु हुँदै
प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता आइतबारदेखि खजुरा गाउँपालिकामा सुरु हुँदैछ । स्थानीय खेलाडीलाई प्राथमिकता दिँदै आयोजना गर्न लागिएको प्रतियोगिताको तयारी पूरा भएको आयोजक श्री द फेमस महिन्द्र दल गण भूतपूर्व सैनिक संघ बाँकेले जनाएको छ ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।
ट्याक खुलेको २४ वर्षपछि रायडाँडा जोड्ने सडक कालोपत्र
भौगोलिक विकटताका कारण बागलुङ नगरपालिका–११ को रायडाँडालाई जोड्ने डोठेआहाल–रामतोला–कुश्मी सडकअन्तर्गत भकुण्डे खण्डमा कालोपत्र गर्न सुरु गरिएको छ ।
१५ लाखको किरियापुत्री भवन प्रयोगमै नआई जीर्ण
लालबन्दी नगरपालिका–५ मेजरगन्ज झिरझिरेमा मधेश प्रदेश सरकारको १५ लाख रुपियाँ बजेटमा निर्माण गरिएको किरियापुत्री भवन प्रयोगमा नआउँदै जीर्ण बनेको छ ।
आयोग खारेजीपछि बैतडीमा लालपूर्जा वितरण रोकियो
सरकारले भूमि समस्या समाधान आयोगका पदाधिकारीहरूलाई पदमुक्त गर्ने निर्णय गरेसँगै बैतडीमा भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने प्रक्रिया प्रभावित भएको छ ।
नवग्रह मन्दिरले बदल्दै स्याङ्जाको पर्यटकीय पहिचान
सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पोखरा जाने वा पोखराबाट सुनौलीतर्फ यात्रा गर्ने अधिकांश यात्रुका लागि स्याङ्जा लामो समयसम्म गाडीको झ्यालबाट हेरिने जिल्ला मात्र थियो ।
हाइब्रिड मकैको बिउ उत्पादनबाट किसानको आम्दानी बढ्दै
लमही नगरपालिका–८ सतबरियाका किसान पछिल्लो समय हाइब्रिड मकैको बिउ उत्पादनतर्फ आकर्षित भएका छन् । बेमौसमी समयमा हाइब्रिड मकैको बिउ उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि सतबरिया, बिचकागाउँलगायत क्षेत्रमा किसानले व्यावसायिक रूपमा मकैको बिउ उत्पादन गर्दै आएका छन् ।
गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन
धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको छ । छन्त्याल र दलित समुदायको बसोबास रहेको परम्परागत ढुङ्गे घरहरू गुजमुज्ज मिलेर बसेको गुर्जा गाउँमा चलचित्र ‘सारथी’को छायाङ्कन सुरु गरिएको हो ।
मेलाले कृषि उपज बजारीकरण गर्न सहज
पाँचखाल नगरपालिकाले ‘कृषि–सहर’को नारालाई सार्थकता दिन कृषि उपजको प्रवर्द्धन गर्ने उद्देश्यले दुईदिने कृषि मेलाको आयोजना गरेको छ । नगर कार्यालयले लवग्रिन नेपालसँगको सहकार्यमा आयोजना गरेको सो मेलामा करिब २० हजारले अवलोकन गरेको बताइएको छ ।
मह काढ्ने परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरण
विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको मह सिकार गर्ने कार्य पनि पर्दछ । जोखिमयुक्त मानिएको मह सिकार गण्डकी प्रदेशको लमजुङ, गोरखा, म्याग्दीलगायतका जिल्लामा गरिन्छ । यसमध्ये लमजुङमा बढी भिर मौरीको सिकार गरेको पाइन्छ ।
चन्द्रकोटमा ‘चौथो अध्यक्ष कप’ हुँदै
गुल्मीको चन्द्रकोट गाउँपालिकाले ‘चौथो अध्यक्ष कप’ भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। चन्द्रकोट क्याम्पसको खुला स्थानमा सञ्चालन हुन लागेको ‘चौथो अध्यक्ष कप’ अन्तर्गत यस गाउँपालिकाले आगामी जेठ ५ र ६ गते ‘वडा स्तरीय चौथो अध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगिता’ आयोजना गर्न लागेको हो।
चट्याङ लागेर वृद्धको मृत्यु
दुधौली नगरपालिका–४ पाखाभित्तामा अविरल वर्षासँगै परेको चट्याङ लागेर ७० वर्षीय पूर्णबहादुर बुढाथोकीको मृत्यु भएको छ ।
बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या
पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर नगरपालिकाको वनहरा क्षेत्रमा रोकिन्छन् । सडक छेउमा खरले छाएर बनाएका साना टहरा छन् ।
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान थालेपछि मेचीनगरको बाहुनडाँगीलगायत सीमा क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ ।
कर्मचारी अनुपस्थित हुँदा पूर्वाधार विकास कार्यालय सुनसान
पूर्वाधार विकास कार्यालय रौतहटमा कर्मचारीहरू नियमित रूपमा कार्यालयमा उपस्थित नहुँदा कार्यालय सुनसान बनेको छ ।
भारतबाट फर्कंदै गरेका भण्डारी नौ दिनदेखि सम्पर्कविहीन
छत्रेश्वरी गाउँपालिका–७ निवासी ४१ वर्षीय गोविन्द भण्डारी भारतबाट घर फर्कने क्रममा नौ दिनदेखि सम्पर्कविहीन हुनुभएको छ ।
शिविरमार्फत ७३ जनाको आँखाको शल्यक्रिया
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सञ्चालित आँखा शिविरमार्फत ७३ जनाको आँखाको शल्यक्रिया गरिएको छ । शनिबार सम्पन्न भएको तीन दिने शिविरमा मोतिविन्दु भएकासमेत ७३ जनाको आँखाको शल्यक्रिया गरिएको हो ।
औद्योगिक सुरक्षा र पूर्वाधार अभावले व्यवसायी पलायनको जोखिम
उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशद्वारा दमौलीमा आयोजित अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका उद्योगी तथा व्यवसायीहरूले राज्यले व्यवसायीलाई केवल ‘करको स्रोत’ का रूपमा मात्र नहेरी लगानीको सुरक्षा र पूर्वाधार विकासमा अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
सजेन श्रेष्ठको नयाँ गीत ‘उज्यालो’ सार्वजनिक
गायक सजेन श्रेष्ठको नयाँ गीत ‘उज्यालो’ सार्वजनिक भएको छ । गायक श्रेष्ठकै शब्द तथा सङ्गीत रहेको उक्त गीत म्युजिक भिडियोमार्फत सार्वजनिक गरिएको हो । गीतमा अमोघ अर्याल र मीरा खड्काको अभिनय रहेको छ ।