• ११ मंसिर २०८२, बिहिबार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

blog

राजु लामिछाने

रुकुमपश्चिम, मङ्सिर ११ गते । बिहीबार बेलुका रुकुमपश्चिमको बाँफिकोटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । 

बाँफिकोट गाउँपालिका –७ बास्तोलामा क.प्र. ०३००१ प ०६१३ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा सोही वडा निवासी ४६ वर्षीय झलक खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार नदुवाबाट राडीतर्फको भित्रि सडकमाा जाँदैगरेको उक्त मोटरसाइकल बास्तोलामा दुर्घटना भएको हो । दुर्घटनामा परेर मोटरसाइकल चालक बाँफिकोट गाउँपालिका –७ चिमारचौर निवासी २९ वर्षीय हरिभान खत्री घाइते हुनुभएको छ । 

मोटरसाइकल अनियन्त्रित भएर सडकको नालामा पल्टिदा दुबैजना घाइते भएका थिए । गम्भीर अवस्थाका खत्रीलाई उपचारको लागि जिल्ला असपताल सल्ले ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो । घाइते हरिभान खत्रीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।