दुर्गम गाउँ जोड्न झाेलुङ्गे पुल निर्माण हुँदै
दुर्गम बस्तीका स्थानीयलाई सहज आवतजावतको सुविधा उपलब्ध गराउने उद्देश्यले दैलेखमा आर्थिक बर्ष २०८२–८३ मा १० वटा झोलुङ्गे पुल निर्माण गरिने भएको छ ।
‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै
यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं ९ स्थित ‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण भइरहेको छ । आगामी असार मसान्तसम्म दुई करोड ५० लाख बराबरको भौतिक संरचना तयार हुने जनाइएको छ ।
पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी
बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ । बाजा बजाउने प्रचलन सङ्कटमा पर्न थालेपछि यसको संरक्षण गर्न जिल्लाका विभिन्न विद्यालय जागरुक भएका छन् । कतिपय विद्यालयले बाजा खरिद गरेर सिकाउन थालेका छन् ।
एक तोला सुनको मूल्य तीन लाख नौ हजार तीन सय
स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।
चुनावी अभियानमा कैलाली पुगेका बालेन्द्र शाह भेटघाटमा व्यस्त
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह चुनावी अभियानमा कैलाली पुग्नुभएको छ । बर्दियाको राजापुरबाट कैलाली पुगेका उहाँले उम्मेदवार भेटघाटका क्रममा क्षेत्रको समस्याका बारेमा चासो देखाउनुभएको छ ।
तनहुँमा निर्वाचन प्रहरीका लागि थप ६५३ जनाको आवेदन
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा निर्वाचन प्रहरीको सङ्ख्या अपुग भएपछि पुनः आह्वान गरिएको दुई दिनको अवधिमा ६ सय ५३ जनाले आवेदन दिएका छन् ।
बाजुरामा उम्मेदवारहरू मतदाता घरदैलोमा पुग्दै
आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य पदको निर्वाचन नजिकिँदै गर्दा बाजुराका विभिन्न दलका उम्मेदवारहरू मतदाता रिजाउन गाउँ–बस्तीमा पुग्न थालेका छन्।
कञ्चनपुर क्षेत्र–१ मा रोकिएका योजना अगाडि बढाउँछु : नेता तामाङ
कञ्चनपुर निर्वाचन क्षेत्र १ मा नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका तारालामा तामाङले यहाँका रोकिएका योजना अगाडि बढाइने बताउनुभएको छ ।
खुला ठाउँलाई सर्वसाधारणको व्यवस्थित प्रयोग बढाउन लगानी
सैनिक मञ्चबाट दक्षिणतर्फको चउरलाई सर्वसाधारणको प्रयोग सहज बनाउन काठमाडौँ महानगरपालिकाले बरमुढा ग्रास रोप्ने भएको छ ।
ओखलढुङ्गामा फेरि वृद्ध दम्पतीको बीभत्स हत्या
एक महिनाअघि भएको दम्पत्ति हत्या प्रकरण सेलाउन नपाउँदै ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा फेरि एक वृद्ध दम्पतीको बीभत्स हत्या भएको छ ।
कन्या विद्यालयतर्फ मधेशी र मुस्लिम छात्राको आकर्षण
बाँकेको जानकी गाउँपालिकामा कन्या विद्यालयको स्थापनापछि मधेशी तथा मुस्लिम समुदायका बालिका आकर्षित भएका छन् ।
पातीहाल्ने क्षेत्रमा हिउँ खेल्नेको भिड
गण्डकी र लुम्बिनी प्रदेशको सिमाना पातीहाल्नेमा हिउँ खेल्ने पर्यटकको भिड लाग्न थालेको छ । शुक्रबार मध्यरातीदेखि हिउँ पर्न थालेपछि बिहानैदेखि पातीहाल्नेमा सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक पुग्न थालेका छन् ।
भ्रमपूर्ण विज्ञापन पत्ता लगाएर उजुरी गर्नुहोस् : अध्यक्ष हुमागाईं
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले पछिल्ला समयमा सामाजिक सञ्जाल लगायतका प्लेटफर्मबाट भ्रमपूर्ण विज्ञापन प्रकाशन/प्रशारण गरेर उपभोक्ताहरुलाई झुक्याउने, ठगी गर्नेजस्ता कार्यहरु बढिरहेको गुनासाहरु सुन्नमा आएको भन्दै त्यस्ता भ्रमपूर्ण विज्ञापनहरु पत्ता लगाएर बोर्डमा उजुरी गर्न उपभोक्ताहरुलाई आग्रह गर्नुभएको छ ।
उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने
प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि उम्मेदवारको निर्वाचन खर्च सीमा निर्धारण गरिएको छ । निर्वाचन आयोगले हिमाली जिल्ला हुम्लासहित देशभरका जिल्लाका लागि निर्वाचन खर्चको हद तोकेको हो ।
लेखक निर्दोष जीजनको ‘प्रेमको सुगन्ध’ प्रकाशन हुने
लेखक निर्दोष जीवनको मुक्तक संग्रह ’प्रेमको सुगन्ध’ प्रकाशनमा आउने भएको छ । गजल मञ्च चितवनले प्रकाशन गर्न लागेको मुक्तक संग्रहमा दुई सय वटा मुक्तक समेटिएको लेखक जीवनले जननकारी दिनुभयो । लेखकको यो कृति नवौं कृति हो ।
व्यवसायी लामिछानेको नेतृत्वमा लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको नयाँ कार्यसमिति चयन
होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनबाट सुरेस लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।
चुनावी मैदानमा बाँकेका चार महिला उम्मेदवार
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि ५६ जनाले उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन् । चुनावी दौडमा प्रतिस्पर्धा गर्ने अधिकांश पुरुष उम्मेदवार छन् ।
रसुवा भन्सार कार्यालयद्वारा एक अर्ब १६ करोड राजस्व सङ्कलन
रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा रु एक अर्ब १६ करोड राजस्व सङ्कलन गरेको छ । हाल करिब दुई सयवटा मालवाहक कन्टेनरका सामग्रीको परीक्षण भइरहेकोे छ ।
कैलाली–५ मा वडा–वडामा कांग्रेसको सम्पर्क कार्यालय
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा नेपाली कांग्रेसका नेता नरनारायण शाह (मनु) ले वडा तहमा सम्पर्क कार्यालय स्थापना गर्नुभएको छ ।
उपप्रमुख लामामाथि कुटपिट र दुर्व्यवहार
रौतहटको गुजरा नगरपालिकाका नगर उपप्रमुख रत्ना लामामाथि सोमबार कार्यालय परिसरमै कुटपिट भएको छ । नगरपालिका परिसरमा रहनुभएका लामालाई वडा नं. १ का स्थानीय महिलाहरुको समूहले कुटपिट र दुर्व्यवहार गरेका हुन् ।
‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत
सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ काँकरभिट्टाबाट लौकही सडकखण्डमा निर्माण सुुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको छ ।
४५ वर्षदेखि भाँडाको भारी बोकेर व्यापार गर्दै सिन्धुपाल्चोकका व्यापारी
सिन्धुपाल्चोकका ६० वर्षीय फूलबहादुर तामाङ विसं २०३७ देखि भाँडाको भारी बोकेर म्याग्दीका गाउँमा पुगी पुराना भाँडासँग साट्ने तथा बिक्री गर्ने काम गर्दै आउनुभएका छ ।
कर्णालीमा नसर्ने रोगबाट प्रभावित बन्दै बालबालिका
कर्णालीमा पछिल्ला वर्षमा बालबालिका तथा किशोरकिशोरी नसर्ने रोगबाट प्रभावित हुँदै गएका छन् । कर्णाली प्रदेश अस्पाताल सुर्खेतको तथ्याङ्कअनुसार २० वर्षमुनिका नसर्ने रोगका बिरामी अस्पतालमा उपचारका लागि आउने गरेका हुन् ।
एलाइट कप क्रिकेट प्रतियोगिता मा १४ गतेदेखि
प्रथम ‘एलाइट’ कप क्रिकेट प्रतियोगिता विराटनगरमा हुने भएको छ । कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त आयोजनामा यही माघ १४ देखि १७ सम्म विराटनगर–६ स्थित मरिलेबन क्रकेट खेलमैदान उक्त प्रतियोगिता हुने यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।