साथीको जन्मदिन मनाउन निस्केकी किशोरी मृत फेला
दाङको बबई गाउँपालिका वडा ३ स्थित बनमा एक किशोरी मृत फेला पर्नुभएको छ ।
कालीकोटमा घरमै मृत भेटिइन महिला
कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा ३ कुमालगाउँमा एक महिलाको घरमै रहस्यमय मृत्यु भएको छ ।
मकवानपुरमा डेङ्गु सङ्क्रमणमा वृद्धि
पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ ।
यातायात कार्यालय एकान्तकुनाबाट विचौलियाको आरोपमा १५ जना पक्राउ
यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट १५ जनालाई विचौलियाको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
सुदूरपश्चिमबाट ५४ हजार परीक्षार्थीले एसईई दिने
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यसवर्ष सुदूरपश्चिम प्रदेशबाट करिब ४५ हजार परीक्षार्थी सहभागी हुने भएका छन् ।
फिनल्याण्डमा युक्रेनी ड्रोन दुर्घटना, गलत निशाना लागेको भन्दै क्षमा याचना
गत साताको अन्त्यमा दक्षिणी फिनल्याण्डमा दुई युक्रेनी ड्रोन दुर्घटनाग्रस्त भएको पु्ष्टि गर्दै युक्रेनले सोमबार हेलसिन्कीसँग यसका लागि माफी मागेको छ । युक्रेनी विदेश मन्त्रालयले घटना गल्तीबस भएको भन्दै माफी मागेको हो ।
एसईई सञ्चालन गर्न केन्द्राध्यक्ष तोकियो
यही चैत १९ गते बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि ताप्लेजुङमा केन्द्राध्यक्ष तोकिएको छ । एसईई सञ्चालन हुने जिल्लाका ११ वटा केन्द्रका लागि केन्द्राध्यक्ष तोकिएको हो ।
इजरायली आक्रमणमा सन्यै कमान्डरको हत्या भएको इरानको पुष्टि
इरानले इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको पुष्टि गर्दै आक्रमण स्ट्रेट अफ हर्मुजको अवरोध हटाउनका लागि गरिएको बताएको बताएको छ । सेपाह न्यूजको वेबसाइटमा गत हप्ता भएको आक्रमणमा परी सैन्य कमान्डर अलिरेजा ताङ्सिरीे गम्भीर घाइते भएको र हाल उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।
भानुआटुमा शक्तिशाली भूकम्प
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो, जसले क्षेत्रीय स्तरमा मध्यम कम्पन महसुस गराएको छ ।
युद्धको असर सामना गर्न जी ७ सक्रिय
मध्यपूर्वमा चर्किदै गएको युद्धले विश्व अर्थतन्त्रमा गहिरो दबाब सिर्जना गरिरहेका बेला धनी राष्ट्रको समूह जी ७ का मन्त्रीहरू त्यसको आर्थिक असर व्यवस्थापन गर्न आपतकालीन समन्वयमा जुटेका छन् ।
जासुसी आरोपमा रुसी निष्कासन
रुस र बेलायतबिच बढ्दो तनावका बिच मस्कोले बेलायती दूतावासका एक कूटनीतिज्ञलाई जासुसीमा संलग्न भएको आरोप लगाउँदै देश छोड्न आदेश दिएको छ । पछिल्ला वर्षदेखि जारी आपसी अविश्वास र प्रतिशोधात्मक कूटनीतिक कदमबिच यो घटना नयाँ तनावको सङ्केतका रूपमा देखिएको छ ।
सल्यान कुमाखमा पातलो प्लास्टिक झोला प्रयोगमा कडाइ
सल्यानको कुमाख गाउँपालिकाले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन, बिक्री, वितरण तथा प्रयोगमा कडाइ गरेको छ।
थारू समुदायको रैथाने खाना प्रवर्धन र व्यावसायिकतामा जोड
डिभिजन कार्यालय कोहलपुरका अधिकृत कृष्ण विष्टले रैथाने खाना तथा परम्परागत परिकारबाट पनि पर्यटन प्रवर्धन गर्न सकिने बताउँदै त्यसको व्यावसायिक र बजारीकरण गर्दै जाँदा त्यसबाट दीगो आर्थिक उपार्जन पनि गर्न सकिनेमा जोड दिनुभएको छ ।
६५ फिट अग्लो बुद्धको प्रतिमासहितको पार्क सञ्चालनमा
इलामको सूर्योदय नगरपालिका-३, बौद्धधाममा निर्माण गरिएको बुद्धको प्रतिमा सहितको बुद्धपार्क सञ्चालनमा आउने भएको छ ।
सिन्धुपाल्चोकमा कफी खेती विस्तार
कफी उत्पादनका लागि उपयुक्त भूमि मानिएको सिन्धुपाल्चोक जिल्लामा पछिल्लो समय कफी खेती उल्लेखनीय रूपमा विस्तार हुँदै गएको छ ।
लुम्बिनी प्रदेशमा तथ्यांक व्यवस्थापन सूचना प्रणाली शुभारम्भ
लुम्बिनी प्रदेश सरकारलाई प्रदेश तथ्यांक व्यवस्थापन सूचना प्रणाली हस्तान्तरण गरिएको छ । प्रदेश योजना आयोगको तर्फबाट मुख्यमन्त्री चेतनारायण आचार्यलाई उक्त प्रणाली हस्तान्तरण गरिएको हो ।
गृहमन्त्री गुरुङद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण
गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्नुभएको छ ।
जंगली जनावरको आतङ्कले इलामका किसान हैरान
इलामको पूर्वी भेगमा जंगली जनावरले आतङ्क फैलाएको छ । जंगली जनावरले घर गोठान पालेका घरपालुवा पशु चौपया खाईदिने देखि खेलीबाली नष्ट गरी आतङ्क फैलाएको हो ।
फेवातालमा रमाउँदै पर्यटक
पर्यटकीय नगरी पोखरास्थित फेवातालमा बोटिङ गर्दै स्वदेशी तथा विदेशी पर्यटक ।
दीपक खरेलको एकल साँझ ‘इकोज अफ इटरनिटी’ हुने
नेपाली सुगम संगीतका अमर स्वर दीपक खरेलको पहिलो वृहत् अर्केस्ट्रासहितको एकल साँझ ‘इकोज अफ इटरनिटी चैत्र २७ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भएको छ ।
नेप्से परिसूचकमा दोस्रो दिन पनि उच्च अङ्कको गिरावट
नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन ७१ अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोस्रो दिन पनि उच्च अङ्कको गिरावट देखिएको छ ।
जलवायु मैत्री खेतीका लागि किसानलाई मल्चिङ प्रविधि तालिम
घोराही उपमहानगरपालिकाको सहकार्यमा आर्क नेपालले घोराही उपमहानगरपालिका वडा नम्बर ६ र ७ का किसानलाई जलवायु मैत्री कृषि परियोजना अन्तर्गत दुई दिने मल्चिङ प्रविधि तालिम प्रदान गरेको छ ।
वीर अस्पतालमा निःशुल्क स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सरको स्कीनिङ्ग शुरु
काठमाडौँ महानगरपालिकाको सहयोगमा वीर अस्पतालमा निःशुल्क स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्कीनिङ्ग कार्यक्रम शुरु भएको छ ।
जबरजस्ती करणी आरोपमा उद्योगी पक्राउ
जबरजस्ती करणी आरोपमा झापाका स्थापित उद्योगी प्रदीप मित्तल पक्राउ परेका छन् । सोमबार बिहान उनलाई इलाका प्रहरी कार्यालय धुलावारीले नियन्त्रणमा लिएको हो ।