बेमौसमी वर्षा र हिमपातले पर्यटनमा असर
चैत पहिलो सातापछि सुरु भएको बेमौसमी वर्षाका कारण ताप्लेजुङको हिमाली भेगमा बाक्लो हिमपात भएको छ । पछिल्लो एक सातायता दिनहुँ वर्षा भइरहेको र वर्षाका कारण हिमाली भेगमा हिमपात भएको हो । हिमपातका कारण पर्यटनमा असर पुगेको व्यवसायी बताउँछन् ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
निलो बन्दै बस्ती, ओझेलमा पुरानो पहिचान
ग्रामीण क्षेत्रमा सडक विस्तारले नागरिकको दैनिकी सहज बनाए पनि परम्परागत संस्कृति भने बिस्तारै हराउँदै गएको छ। सडकको पहुँचसँगै गाउँमा खरले छाइने घरका छाना अहिले जस्तापाताले ढाकिन थालेका छन्।
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ । यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बीउ छर्ने भएको छ ।
गुल्मी अस्पतालमा क्यान्सरको सफल शल्यक्रिया
गुल्मी अस्पताल तम्घासमा स्तन क्यान्सरको सफल शल्यक्रिया भएको छ । स्तन क्यान्सर र आर्थिक अवस्थाबाट पीडित रेसुङ्गा नगरपालिका–८ की ७२ वर्षीया वृद्धाको शल्यक्रिया सफल भएको गुल्मी अस्पताल प्रशासनले जनाएको छ ।
स्वर्गीय शाह स्मृति पत्रकारिता पुरस्कार शर्मा र सिंहलाई प्रदान
नेपाल प्रेस युनियन जाजरकोट शाखाले प्रदान गर्ने स्वर्गीय रविन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार यस वर्ष बालकुमार शर्मा र सुरेन्द्रबहादुर सिंहलाई प्रदान गरिएको छ।
तलब निकासाको माग गर्दै शिक्षक–कर्मचारीद्वारा ज्ञापनपत्र
लहान नगरपालिकाका शिक्षक तथा कर्मचारीहरूले गएको पुस महिनादेखि तलब पाउन नसकेको भन्दै तलब निकासाको मागसहित ज्ञापनपत्र बुझाएका छन्।
नक्कली नोट कारोबारको आशङ्कामा चर्माकार पक्राउ
जिल्ला प्रहरी कार्यालय बागलुङले एक हजार रुपियाँका नक्कली नोट कारोबारको आशङ्कामा अधिवक्ता यामबहादुर चर्माकारलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
गुल्मीमा नयाँभन्दा प्रतिलिपि नागरिकता लिने धेरै
गुल्मीमा नयाँभन्दा प्रतिलिपि नागरिकता लिनेको सङ्ख्यामा धेरै भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म जिल्ला प्रशासन कार्यालयबाट ९७ जनाले नयाँ नागरिकता बनाउँदा १२५ जनाले प्रतिलिपि लिएका छन् ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ ४१ पैसा र बिक्रीदर १५२ रुपियाँ ०१ पैसा तोकिएको छ ।
आज दुई प्रदेशमा वर्षाको सम्भावना
हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको छ ।
नीलमको उपन्यास ‘राजमाता’ सार्वजनिक
पन्यासकार नीलम कार्की निहारीकाको ‘राजमाता’ उपन्यास सार्वजनिक भएको छ । फाइन प्रिन्टद्वारा प्रकाशित कार्कीको कृति आज नेपाल पर्यटन बोर्डमा सार्वजनिक भएको हो ।
सरकारी जागिर लगाई दिने भन्दै ठगी गर्ने एक पक्राउ
सरकारी जागिर लगाइ दिने र अनुदान उपलब्ध गराइ दिने भन्दै करोडौं ठगी गर्ने एक व्यक्तिलाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।
प्रा.डा. आचार्यलाई दण्डपाणि-नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार
अन्तर्राष्ट्रिय सम्बन्ध, परराष्ट्र तथा कूटनीति लगायत नेपाली, अङ्ग्रेजी र संस्कृत वाङ्मयमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै यस वर्षको ‘दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार’ प्रा.डा. जयराज आचार्यलाई अर्पण गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भङ्ग
राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) मा गठित कर्मचारी युनियन भङ्ग गरिएको छ । सरकारले अघि सारेको शासकीय सुधार र मितव्ययिताको योजनाअनुसार युनियन भङ्ग गरिएको हो ।
काठमाडौँमा राष्ट्रिय शिक्षा संवाद : व्यवहारिक र सीपमूलक शिक्षामा जोड
प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (प्यान) को आयोजनामा ‘राष्ट्रिय शिक्षा संवाद–२०८२’ नेपाल प्रज्ञा–प्रतिष्ठानमा सम्पन्न भएको छ ।
नेकपा संसदीय दलको नेतामा संयोजक प्रचण्ड सर्वसम्मत चयन
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी संयोजक पुष्पकमल दाहाललाई प्रतिनिधि सभा संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ ।
सिमेन्ट उद्योग प्रभावितद्वारा सडक कालोपत्रेको माग गर्दै ज्ञापनपत्र
सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्परका कारण प्रभावित घोराही उपमहानगरपालिका–१७ असारेका स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।
जलेको अवस्थामा भेटिएकी युवतीको पहिचान खुल्यो, तीन जना पक्राउ
बाँकेको नेपालगन्जमा आगोले जलेको अवस्थामा भेटिएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको घटनामा तीन जना पक्राउ परेका छन् ।
सल्यानमा एमालेको प्रदर्शन र जिल्ला प्रशासनमार्फत ज्ञापनपत्र पेश
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सल्यानले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै सदरमुकाम खलङ्गामा प्रदर्शन सहित जिल्ला प्रशासन कार्यालय मार्तफ सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
सप्तरीमा ११औँ दिनाभद्री जन्मोत्सव मनाइयो
नेपाल राष्ट्रिय मुसहर संघ, जिल्ला समिति सप्तरीको आयोजनामा ११औँ दिनाभद्री जन्मोत्सव आइतवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
सञ्जीवनी अस्पतालमा चार विशिष्टीकृत सेवा थप
नेपालगन्जस्थित सञ्जीवनी अस्पतालले पश्चिम नेपालका बिरामीलाई गुणस्तरीय उपचार सेवा प्रदान गर्न थप चारवटा विशिष्टीकृत सेवा विस्तार गरेको छ।
नेपाली कांग्रेस अनुशासन समितिको बैठक बुधबार बस्ने
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको जरुरी बैठक आगामी चैत १८ गते बुधबार बस्ने भएको छ ।
विपद् पूर्वतयारीमा जुट्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री सुधन गुरुङले विपद्का कारण कुनै पनि नागरिकले ज्यान गुमाउन नपर्ने अवस्था सिर्जना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।