कर्णालीमा नसर्ने रोगबाट प्रभावित बन्दै बालबालिका
कर्णालीमा पछिल्ला वर्षमा बालबालिका तथा किशोरकिशोरी नसर्ने रोगबाट प्रभावित हुँदै गएका छन् । कर्णाली प्रदेश अस्पाताल सुर्खेतको तथ्याङ्कअनुसार २० वर्षमुनिका नसर्ने रोगका बिरामी अस्पतालमा उपचारका लागि आउने गरेका हुन् ।
एलाइट कप क्रिकेट प्रतियोगिता मा १४ गतेदेखि
प्रथम ‘एलाइट’ कप क्रिकेट प्रतियोगिता विराटनगरमा हुने भएको छ । कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त आयोजनामा यही माघ १४ देखि १७ सम्म विराटनगर–६ स्थित मरिलेबन क्रकेट खेलमैदान उक्त प्रतियोगिता हुने यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम
यहाँको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यले ‘एक घर एक करेसाबारी’ कार्यक्रम अघि बढाएको छ । व्यावसायिक कृषिका माध्यमबाट किसानको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालनको तयारी गरिएको हो ।
सिङ्गा तातोपानीमा बजार संरक्षण योजना कार्यान्वयनमा
जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालय पोखराले सिङ्गा तातोपानीमा मसारटोलस्थित म्याग्दी नदी किनारमा बाढी र कटान रोकथामका लागि पक्की संरचना निर्माणको काम थालेको हो ।
पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो
वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हँुदै गत आवको छ महिनाको तुलनामा चालु आवमा सोही अवधिमा रु दुई अर्ब ७५ करोड बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको हो ।
टेलिकममा आगलागी : १३ लाखभन्दा बढीको क्षति
राजविराज ७ स्थित नेपाल टेलिकममा बिद्युत् तार सर्ट भएर सोमबार राति आगलागी भएको छ । सो आगलागीमा साढे १३ लाख बराबरको टेलिकमसम्बन्धी सामग्री जलेर नष्ट भएको छ ।
सुरक्षित आवासले फेरियो निर्मलाको जीवन
वर्षौँदेखि पीडा, अभाव र असुरक्षाबिच जीवन बिताउँदै आएकी राजपुर गाउँपालिका १ टबडरापुरकी निर्मला चौधरीको परिवारमा सुरक्षित आवास पाएसँगै नयाँ आशाको उज्यालो फैलिएको छ ।
निर्वाचन प्रहरी : तीन पटक आवेदन माग, १९९ महिला अझै अपुग
उम्मेदवार चुनावी अभियानमा मतदातासँग भोट माग्न गाउँ छिरे । निर्वाचन आयोगले पनि आवश्यक व्यवस्थापकीय काम गरिरहेको छ । तर नेपाल प्रहरीलाई निर्वाचन प्रहरीको व्यवस्थापन गर्न हम्ये–हम्ये परेको छ । त्यो पनि माग अनुसारको सङ्ख्या पुर्याउन ।
नवौँ वालिङ महोत्सव : खुल्ला पालिका स्तरीय पुरुष भलिबल हुने
नवौँ वालिङ महोत्सवमा खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता समावेश गरिने भएको छ ।
चिल्ड्रेन लाईफ कपको उपाधी अमर आदर्शलाई
चौथो संस्करणको चिल्ड्रेन लाईफ कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधीको अमर आदर्श माध्यमिक विद्यालयले जितेको छ ।
चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन
नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैंकले एक पत्रमार्फत बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो ।
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ ८१ पैसा र बिक्रीदर १४७ रुपियाँ ४१ पैसा तोकिएको छ ।
एमाले नेता गुरुङलाई कांग्रेस–रास्वपा उम्मेदवारको चुनौती
बाह्र वर्षपछि राजनीतिक दलहरुबिच एक्ला–एक्लै प्रतिष्पर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । तीन वर्षअघि भएको प्रतिनिधिसभा निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पराजित गर्नुभएका हेवीवेट उम्मेदवार पृथ्वीसुब्बा गुरुङलाई यस पटक कांग्रेस र रास्वपाका उम्मेदवारले चुनौती दिने बताएका छन् ।
थाकस स्थापना दिवसः उपलब्धि भएको दावी
थारू कल्याणकारिणी सभा (थाकस) ले स्थापनाको ७७ औं दिवस आज मनाएको छ । वि.सं. २००५ माघ १२ गते वैधानिकता पाएको स्मरणमा थाकसले स्थापना दिवस मनाएको हो ।
साफ फुटसल : नेपाल तेस्रो
नेपाल साफ फुटसल च्याम्पियनसिपमा पुरुषतर्फ तेस्रो भएको छ ।
जिउँदो कछुवा खरिद बिक्री गर्ने पक्राउ
केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध रुपमा संरक्षित वन्यजन्तु जिउँदो कछुवा ओसारपसार गरी खरिद बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ ।
चार यातायात व्यवसायी प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार
यातायात व्यवसायी तथा मजदुरका मुद्दा बोकेर आगामी प्रतिनिधीसभा निर्वाचनमा चार यातायात व्यवसायी उम्मेदवार बन्नुभएको छ ।
गुडिररहेको ट्याङ्करमा आगलागी
पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नं. १५ स्थित चुरियामाई सडकखण्डमा ट्याङ्करमा आगलागी भएको छ ।
विजयराज आचार्यका आठ बालसाहित्यिक कृतिहरुको विमोचन
बालसाहित्य समाजका अध्यक्ष विजयराज आचार्यका आठ बालसाहित्यिक कृतिहरुको एकसाथ विमोचन गरिएको छ ।
स्वास्थ्यमन्त्री गौतमद्वारा जिपी कोइराला उपचार केन्द्रको निरीक्षण
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा शर्मा गौतमले जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आज निरीक्षण गर्नुभएको छ ।
प्रतिबन्धित औषधी सहित एक जना पक्राउ
रौतहटको गौर नगरपालिका -२ भन्सार बेरियरबाट सोमबार एक जना पक्राउ परेको छ ।
‘विशेष शिक्षामा कोरियाली सहयोग निरन्तर’
फरक क्षमता (अपाङ्गता) भएका बालबालिकाको शिक्षाको लागि राज्यले पर्याप्त लगानी गर्नुपर्ने यस क्षेत्रका विज्ञले बताउनुभएको छ ।
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ ।
निर्वाचन सुरक्षामा कमी कमजोरी नगरी खटिन महानिरीक्षक अर्यालको निर्देशन
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनीधि सभा सदस्य निर्वाचन सुरक्षामा कुनै पनि कमीकमजोरी नगरी खटिन सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।