नेपाली कांग्रेस अनुशासन समितिको बैठक बुधबार बस्ने
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको जरुरी बैठक आगामी चैत १८ गते बुधबार बस्ने भएको छ ।
विपद् पूर्वतयारीमा जुट्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री सुधन गुरुङले विपद्का कारण कुनै पनि नागरिकले ज्यान गुमाउन नपर्ने अवस्था सिर्जना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।
घोलमा डुबेर दुई किशोरको मृत्यु
नारायणी नदी नजिक पानी जमेको खाल्टोमा डुबेर दुई जना किशोरको मृत्यु भएको छ ।
युरोपको कडा आप्रवासन मोड
युरोपेली सङ्घ (इयु) ले आप्रवासन नियन्त्रणलाई अझ कडा बनाउने दिशामा निर्णायक मोड लिँदै निगरानी, पक्राउ र निर्वासनको दायरा विस्तार गरिरहेको छ ।
‘पिएसपिपी’ कार्यान्वयन गर्ने सरकारको निर्णय स्वागतयोग्य :अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासङ्घले अघि सारेको निजी क्षेत्र संरक्षण एवं प्रवर्धन रणनीति तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेकामा धन्यवाद दिँदै यसबाट मुलुकको निजी क्षेत्रलाई प्रोत्साहन मिल्ने बताएको छ ।
व्यावहारिक शिक्षामा जोड : सुर्खेतको सयपत्री एकेडेमीको नमुना अभ्यास
वीरेन्द्रनगर नगरपालिका–२, सिम्लेमा रहेको सयपत्री एकेडेमीले परम्परागत पाठ्यक्रमसँगै व्यावहारिक शिक्षालाई जोड दिँदै विद्यार्थीलाई जीवनोपयोगी सीप सिकाउँदै आएको छ । विद्यालयले हरेक शुक्रबार अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गर्ने अभियान सञ्चालन गरिरहेको हो ।
उत्तर कोरिया : अमेरिकासम्म पुग्ने मिसाइल तयारी तीव्र
उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिनको परीक्षण गरेको छ । यसलाई अमेरिकाको मुख्य भूमिसम्म प्रहार गर्न सक्ने मिसाइल कार्यक्रमसँग जोडेर हेरिएको छ ।
नेप्से परिसूचकमा ७१ अङ्कको गिरावट
नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ ।
न्युजिल्यान्ड पठाउने भनी १६ लाख ठगी गर्ने पक्राउ
न्युजिल्यान्ड पठाउने भनी १६ लाख ३० हजार रुपियाँ ठगी गर्ने रिजेन सापकोटा पक्राउ परेका छन् ।
गङ्गासागर क्षेत्रबाट अतिक्रमित संरचना हटाउने अभियान तीव्र
मधेश प्रदेश सरकारको सक्रियतासँगै जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको गङ्गासागर पोखरी क्षेत्रबाट अतिक्रमण हटाउने अभियान तीव्र पारिएको छ ।
बेसार र अदुवा प्रवर्धन गर्न बिउमा अनुदान
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बेसार र अदुवा खेती प्रवर्धन गर्नका लागि बिउमा ५० प्रतिशत अनुदान दिने भएको छ ।
अन्जनलाई बाहिर राख्दै राष्ट्रिय फुटबल टोलीको घोषणा
मुख्य प्रशिक्षकमा गुग्लिएल्मो एरेनाले सर्वाधिक १३ गोलको कीर्तिमान बराबरी गरेका फरवार्ड विष्टलाई बाहिर राख्दै एएफसी एसियन कप छनोटअन्तर्गत लाओससँग अन्तिम खेल खेल्ने टोली घोषणा गर्नुभएको हो ।
मासुमा हावा र पानी भरेर बिक्री
सर्लाही सदरमुकाम मलङ्गवा बजारका मासु पसलबाट उपभोक्तामाथि चरम ठगी हुने गरेको पाइएको छ।
पोखरामा जिआइएस तथा रिमोट सेन्सिङसम्बन्धी तालिम सुरु
सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्म्स (स्क्याफ) नेपालको आयोजनामा पोखरामा चारदिने 'जिआइएस तथा रिमोट सेन्सिङ' सम्बन्धी विशेष तालिम सुरु भएको छ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार महोत्तरीको, सोनमा गाउँपालिका–५, खैरबनी गाउँमा मोटरसाइकल एक आपसमा ठोक्किँदा सोही गाउँपालिका–४ खेस्राहाका १९ वर्षीय रामजीवन साहको मृत्यु भएको हो ।
अति तथा मध्यम गरिब परिवारलाई महानगरपालिकाको निःशुल्क स्वास्थ्य बिमा
पोखरा महानगरपालिकाले अति तथा मध्यम गरिब परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ। यसका लागि महानगरपालिका र स्वास्थ्य बिमा बोर्ड, गण्डकी प्रदेशबीच सम्झौता भइसकेको छ।
जलवायुका कारण विस्थापित नामासुङका कृषकलाई पाठशाला
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२,नामासुङका कृषक पासाङ गुरूङ व्यावसायिक र आधुनिक कृषितर्फ आकर्षण हुनुभएको छ ।
चार पटक म्याथ थपेर बल्ल कालिकाको प्रशासकीय भवन सम्पन्न : निर्माण कम्पनीलाई एक करोड १६ लाख जरिवाना
नगरपालिकाका प्रमुख विनोद रेग्मीका अनुसार आजदेखि नियमित काम नयाँ भवनबाट सुरु गरिएको जानकारी दिनुभयो । निर्माणको छ वर्षपछि भवन सम्पन्न भएको हो । निर्माण कम्पनीले विसं २०७६ फागुन १५ गते दुई वर्षभित्र काम सम्पन्न गर्नेगरी ठेक्का लिएको थियो ।
कर्णालीका ७ पालिकालाई नवप्रवर्तन कार्यक्रमअन्तर्गत तीन करोड ४० लाख अनुदान
कर्णाली प्रदेश सरकारले नवप्रवर्तन साझेदारी कोषअन्तर्गत सल्यानको शारदा नगरपालिका सहित सात वटा स्थानीय तहलाई कुल ३ करोड ४० लाख रुपियाँ अनुदान प्रदान गर्ने निर्णय गरेको छ।
आफन्तलाई भ्रमण लगेको आरोपमा वडा कार्यालयमा तालाबन्दी
धनुषाको मिथिला नगरपालिका–५, श्रीपुरस्थित वडा कार्यालयमा स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन्। वडाका जनप्रतिनिधि र कर्मचारीले बजेट दुरुपयोग गरी धार्मिक तथा पर्यटकीय भ्रमणमा आफ्ना श्रीमती र आफन्तलाई लगेको आरोप लगाउँदै आइतबार स्थानीयले कार्यालयमा तालाबन्दी गरेका हुन्।
सुनचाँदीको मूल्य फेरि बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७२० कायम भएको छ ।
बाजुरामा गहुँबाली जोगाउने चिन्ता
बाजुराका किसानलाई अहिले पाक्न थालेको गहुँबाली जोगाउने चिन्ता सुरु भएको छ। बुढीगङ्गा नगरपालिका निवासी कविता सेरालाले केही दिन यता पानीसँगै असिना पर्ने भएकाले पाक्दै गरेको गहुँ नष्ट नहोस् भन्ने डरले चिन्ता बढेको बताउनुभयो।
पूर्वगृहमन्त्री रमेश लेखक अदालतमा उपस्थित
शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ।
पाल्पा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सिंह निर्वाचित
पाल्पा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा समीरमान सिंह निर्वाचित हुनुभएको छ । सिंहले उहाँका निकटतम प्रतिस्पर्धी शैलेन्द्र भट्टराईलाई पराजित गर्नुहुँदै विजयी हुनुभएको हो ।