दादुरा प्रभावित क्षेत्रमा खोप लगाउन सुरु
दादुरा महामारीबाट प्रभावित सर्लाही सदरमुकाम मललङ्गवामा सोमबार बिहानदेखि विशेष खोप कार्यक्रम सुरु गरिएको छ ।
अमेरिकामा निजी जहाज अवतरणका क्रममा दुर्घटनाग्रस्त, आपतकालीन टोली सक्रिय
अमेरिकाको माइन राज्यको ब्यान्गोर अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ गर्ने क्रममा आठ जना यात्रु बोकेको निजी जहाज दुर्घटनाग्रस्त भएको सङ्घीय विमान प्रशासनले जनाएको छ ।
भेनेजुएलामा कारबाहीका क्रममा गोप्य हतियारको प्रयोग : ट्रम्प
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेता निकोलस मादुरोलाई नियन्त्रणमा लिने क्रममा अमेरिकाले एक गोप्य हतियार प्रयोग गरेको दाबी गर्नु भएको छ । सो हतियारका कारण भेनेजुएलाका सैन्य उपकरण काम नगर्ने अवस्थामा पुगेको उहाँले बताउनुभयो ।
बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई न्यानो कपडा वितरण
नेपाली सेनाको राजविराजस्थित बरखगणले आफ्नो २४३औँ वार्षिकोत्सवको अवसरमा बहिरा तथा बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई भोजन गराई न्यानो कपडा वितरण गरेको छ ।
भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले पाए बजार
भारतमा दूधको मूल्य बढेपछि यहाँको किसानले बजार पाएका छन् । भारतमा दूधको मूल्य विगतको तुलनामा बढेर नेपाली दूध सरह भएपछि नेपाली किसानले दूधको मूल्य पाएका हुन् ।
निर्वाचन प्रहरीका लागि हुम्लाबाट ५९५ जना छनाेट
आगामी फागुन २१ हुन लागेको प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि हुम्ला जिल्लामा निर्वाचन प्रहरीको मौखिक परिक्षाको परिणाम सार्वजनिक भएसँगै सवै चरणबाट छनाेट कार्य पुरा भएको छ ।
निर्वाचन नजिकिँदै जाँदा उत्साहित छन् नयाँ मतदाता
म्याग्दीका दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन सकेर मत माग्न गाउँ छिरेसँगै यहाँ निर्वाचनको माहोल बन्दै गएको छ ।
फिलिपिन्समा डुङ्गा डुब्दा १५ जनाको मृत्यु, २८ बेपत्ता
दक्षिणी फिलिपिन्सको बासिलान प्रान्तमा सोमबार यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै २८ जना बेपत्ता भएको अधिकारीले बताएका छन् । फिलिपिन्स कोस्ट गार्ड (पिसिजी)का कमान्डर रोमेल दुआले डुङ्गामा सवार कम्तीमा ३१६ जनालाई उद्धार गरिएको बताउनु भएको छ ।
मेक्सिकोको फुटबल मैदानमा भएको आक्रमणमा ११ जनाको मृत्यु
मेक्सिकोको मध्य राज्य ग्वानाजुआतोमा रहेको एक फुटबल मैदानमा आइतबार भएको सशस्त्र आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु हुनुको साथै अन्य १२ जना घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ मा
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२६ आगामी फागुन २ गते हुने भएको छ ।
कोरला नाका खुलेपछि बढ्दै आर्थिक कारोबार
सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमिको प्रयोग गरेर विद्रोहमा उत्रिए । सोही विद्रोहका कारण वि.सं. २०३२ देखि कोरला नाका आवत–जावतमा कडाइ गरियो ।
धादिङमा माटोको ढिस्कोले पुरिएर घाइते दुई जनाको उद्धार
धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–३, सलाङघाटमा घर प्लास्टर गर्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर घाइते भएका दुई जना पुरुषको सकुशल उद्धार गरिएको छ ।
निर्वाचन आचारसंहिता लागू गराउन सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई पत्राचार
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ लागू गर्न, गराउन ‘सर्कुलर’ गरेको छ ।
राजनीति मनोरञ्जनको विषय होइन : नेता ढुङ्गेल
नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार माधव ढुङ्गेलले राजनीति मनोरञ्जनको विषय नभइ देश चलाउने गम्भीर जिम्मेवारीको क्षेत्र भएको बताउनुभएको छ ।
इन्द्रसरोवर तालमा खस्यो पानी बोक्ने गाडी
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ मार्खुचौरस्थित मार्खु–कलङ्की सडक खण्डमा मिनरल वाटर पानी बोकेको आइचर गाडी इन्द्रसरोवर तालमा खसेको छ ।
दोस्रो पटक ४९३ जनाले दिए निर्वाचन प्रहरीमा आवेदन
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा पुनः दोस्रो पटक ४९३ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिएका छन् । यस अगाडि दरखास्त आह्वान गरिएको अवधिमा मागअनुसार आवेदन नपरेपछि पुनः दोस्रो पटक निर्वाचन प्रहरीको आवेदन माग गरिको हो ।
सल्यानमा दुई दिन विद्युत् अवरुद्ध हुने
सल्यानमा दुई दिन विद्युत् अवरुद्ध हुने भएको छ । विद्युतकाे पोल स्थानान्तरण तथा लाइन सुदृढीकरण गर्नु पर्ने भएकाले दुई दिन विद्युत् अवरुद्ध हुने सल्यान वितरण केन्द्रले जनाएको छ ।
बरघरमा महिलाको आकर्षण बढ्दै
माघ पर्व मनाएसँगै थारु समुदायमा परम्परागत रूपमा सञ्चालन हुँदैआएको मटाँवा, बरघर र भलमन्सा चयनलई तिब्रता दिइएको छ । गाउँको सामाजिक, न्यायिक, सांस्कृतिक तथा विकाससम्बन्धी नेतृत्व गर्दैआएको मटाँवा प्रथामा पछिल्ला वर्षहरूमा नयाँ पुस्ताको आकर्षण बढ्दैगएको छ ।
सामाजिक सञ्जालमा कानुनविपरीत अभिव्यक्ति दिएको आरोपमा अनुसन्धान सुरु
सामाजिक सञ्जालमार्फत सार्वजनिक नैतिकता र सामाजिक मर्यादा विपरीत अभिव्यक्ति दिएको आरोपमा एक व्यक्तिविरुद्ध अनुसन्धान सुरु गरिएको छ ।
फिजियोथेरापी उपचारप्रति जनविश्वास बढ्दो
मानिसको बदलिँदो जीवनशैलीसँगै फिजियोथेरापी उपचारप्रति जनविश्वास दिनप्रतिदिन बढ्दै गएको छ । मानव स्वास्थ्यमा फिजियोथेरापीको महत्त्व बढेसँगै गण्डकी अस्पतालको फिजियोथेरापी विभागमा उपचारका लागि आउने बिरामीको सङ्ख्या दिनप्रतिदिन उल्लेख्य रूपमा वृद्धि हुँदै गएको छ ।
मुस्ताङको २७ मतदानस्थलको अनुगमन निरीक्षण
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङका २७ मतदानस्थलको सुरक्षाका लागि अनुगमन गरिएको छ ।
नसर्ने रोग चुनौती बन्दै
पछिल्ला केही वर्षयता नेपालमा सर्ने रोगभन्दा पनि नसर्ने रोगहरु चुनौतीका रुपमा देखिएको भन्दै यसलाई न्यूनीकरण तथा रोकथामका लागि एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
आइसिसी महिला टि ट्वान्टी विश्वकप छनोट प्रतियोगिता : नेपालले ट्स जित्यो
कीर्तिपुरस्थित त्रिबि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको ट्समा नेपाली टोलिकी कप्तान इन्दु बर्माले ट्स जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी हुन् । यससँगै स्कटल्याण्डले पहिला ब्याटिङ गर्नेछ ।
पक्की पुल बनाउने दललाई स्थानीयले मत दिन
कैलालीको धनगढी उपमहानगरपालिका–१५ स्थित शान्तिकटान टोलका स्थानीयवासीले शिबगंगा नदीमा पक्की पुल निर्माण गर्ने राजनीतिक दललाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्ने बताएका छन् ।