• १२ माघ २०८२, सोमबार

फिलिपिन्समा डुङ्गा डुब्दा १५ जनाको मृत्यु, २८ बेपत्ता

blog

मनिला, माघ १२ गते । दक्षिणी फिलिपिन्सको बासिलान प्रान्तमा सोमबार यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै २८ जना बेपत्ता भएको अधिकारीले बताएका छन् । फिलिपिन्स कोस्ट गार्ड (पिसिजी)का कमान्डर रोमेल दुआले डुङ्गामा सवार कम्तीमा ३१६ जनालाई उद्धार गरिएको बताउनुभएको छ । 

पीसीजीले एमरवी त्रिशा केस्र्टिन-३ जाम्बोङ्गा शहरबाट सुलु प्रान्तको जोलो टापुतर्फ जाँदै गर्दा डुबेको पुष्टि गर्नु भएको छ । पीसीजी प्रमुख एडमिरल रोनी गिल गावनले मनिलामा पत्रकारसँगको साक्षातकारमा डुङ्गाले आइतबार स्थानीय समय अनुसार बेलुका ९ः२० मा जाम्बोङ्गा सिटी पोर्ट छोडेको बताउनुभएको छ । 

खोजी र उद्धार अभियान जारी रहेको उल्लेख गर्दै डुङ्गाको अधिकतम यात्रु क्षमता ३५० रहेकोमा ३३२ जना यात्रुहरु सवार रहेको “गवनले बताउनुभएको छ । यस क्षेत्रका सबै उद्धार सामाग्री उद्धारमा संलग्न रहेको भन्दै पीसीजीले यस घटनामा तुरुन्तै कारबाही गरेको उहाँले बताउनुभएको छ । उहाँले डुङ्गा डुब्नुका कारणबारे अझै अनुसन्धान भइरहेको पनि बताउनुभएको छ । रासस/सिन्ह्वा