दलहरुलाई आचारसंहिताबारे सचेत बनाउँदै आयोग
गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहिताका विषयमा दलहरुलाई सचेत बनाएको छ । दलहरु चुनावी अभियानमा गाउँ पसिसकेका छन् भने निर्वाचन आयोगले पनि आफ्ना नियमित तयारीका काम गरिरहेको छ ।
कृषकलाई अनुदानमा हाते ट्याक्टर प्रदान
जिल्लाको रामपुर नगरपालिका ७ का कृषकलाई अनुदानमा मिनी टेलर (हाते ट्याक्टर) वितरण गरिएको छ । पछिल्लो समय गाउँघरमा गोरु पाल्न छोडेको अवस्थामा ग्रामीण भेगका कृषकको सहजताका लागि वडा कार्यालयले मिनी टेलर उपलब्ध गराएको हो ।
वालिङ महोत्सवमा कृषि र हस्तकलालाई निःशुल्क स्टल
स्याङ्जाको वालिङमा हुन लागेको महोत्सवमा कृषि उत्पादन र हस्तकलालाई निःशुल्क स्टल उपलब्ध गराइने भएको छ ।
दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
विगत ३५ वर्षदेखि दलित समुदायको हकअधिकारका क्षेत्रमा वकालत गर्दै आउनुभएका धर्मेन्द्र पासवान राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
एक फर्मलाई जरिवाना
नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्टस इन्टरप्राइजेज प्रालिलाई रु ५० हजार जरिवाना गरेको छ ।
माछापालनबाट आत्मनिर्भर बन्दै शैलेन्द्र
विदेश जानु नै सफलता हो भन्ने आम बुझाइकाबीच यहाँको हल्दीबारी–४ जलथलका शैलेन्द्र सिटौलाले भने विदेशबाट फर्किएर नेपालकै माटोमा पसिना बगाउँदा आत्मसन्तुष्टि र आर्थिक उन्नति दुवै सम्भव छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ ।
‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ
पछिल्ला वर्षहरुमा गाउँ तथा सहरमा पक्की घर बन्दै गएका छन् । केही वर्षअघिसम्म विशेष गरी सहर बजारमा पक्की आधुनिक घर बन्ने गरेपनि पछिल्ला वर्षमा गाउँ गाउँमा पनि पुराना घर भत्काएर नयाँ पक्की घर बनाउने क्रम बढ्दो छ ।
वीरगञ्जनाका हुँदै सामान आयात बढ्यो
वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रू चार खर्ब ३८ अर्ब २१ करोड मूल्यका वस्तु तथा सामान आयात भएको छ ।
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना : एकभाग बाँकी
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३ गतेदेखि सुरु भएको बाघ गणनाको दोस्रो भागको काम सकिएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर गाणना गरिँदैछ । यसभित्र तीन भाग बनाइएको थियो ।
विद्युतीय पोलमा राष्ट्रिय झण्डा
रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत गरिने भएको छ । यसका लागि बेलहिया गाउँ समाजले आइतबार बेलहियादेखि डण्डा खोला पुलसम्मका पोलहरुमा झण्डा राखेको हो ।
सप्तरी–२ मा चुनावी सरगर्मी बढ्दै
सप्तरी क्षेत्र नं. २ प्रतिनिधिसभा निर्वाचनमा जिल्लाकै सबैभन्दा बढी चासोको विषय बनेको छ । बहुप्रतिस्पर्धी उम्मेदवारी र चर्चित नेताहरूको सहभागिताका कारण यस क्षेत्रमा चुनावी सरगर्मी तीव्र बन्दै गएको हो ।
रेसुङ्गामा अटो तथा विद्युतीय रिक्साको भाडादर र रुट निर्धारण
गुल्मीको रेसुङ्गा नगरपालिकाले नगरक्षेत्रभित्र सञ्चालन हुने अटो तथा विद्युतीय रिक्साको भाडादर र रुट निर्धारण गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले एक सूचना जारी गर्दै नगरपालिकाले यातायात व्यवस्थापन, यात्रु सुरक्षालाई व्यवस्थित र सहज बनाउन भाडादर निर्धारण गरिएको जानकारी दिनुभयो।
रामरेखाबाट एमाले उम्मेदवार हिरा केसीको घरदैलो अभियान सुरु
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवार हिराबहादुर केसीले घरदैलो अभियान सुरु गर्नुभएको छ ।
तीन पटक हार, चौथो प्रयासमा जनप्रतिनिधि
कुनै बेला स्कुल तहमा पनि स्वतन्त्र विद्यार्थी युनियन गठन गर्ने चलन थियो । त्यही विद्यालय स्ववियुदेखि पार्टीको केन्द्रीय सदस्यसम्म भइसक्नुभएकी सम्झना देवकोटालाई जनप्रतिनिधि हुन लामो समय पर्खिनुपर्यो । ५७ वर्षीया देवकोटा चौथो प्रयासमा आइतबार जनप्रतिनिधि चुनिनुभयो ।
युवा शिक्षकहरूको माग : शिक्षामा भइरहेको राजनीतिकरण अन्त्य गरियोस्
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै शिक्षामा भइरहेको राजनीतिकरण अन्त्य हुनुपर्ने माग युवा पुस्ताका शिक्षकहरूले अघि सारेका छन् । उनीहरूले हरेक राजनीतिक दलको चुनावी घोषणापत्रमा यस विषयलाई प्राथमिकताका साथ समेटिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
प्रथम लिङ्तेप गोल्डकप : सेमिफाइनमा खेल हुँदै
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिङ्तेपमा जारी आमन्त्रित प्रथम लिङ्तेप गोल्डकपमा सोमबार सेमिफाइनलका खेल हुने भएको छ । बसन्त पञ्चमीको अवसरमा प्रगतिशील युवा क्लबको आयोजनामा सञ्चालित गोल्ड कपमा सोमबार सेमिफाइनलका खेल हुने भएको हो ।
‘चिल्ड्रेन लाइफ कप’का लागि आज अमर र आदर्श भिड्दै
चौथो संस्करणको ‘चिल्ड्रेन लाइफ कप’ फुटबल प्रतियोगिताको उपाधिका लागि अमर आदर्श आवासिय मावि र आदर्श विद्यामन्दिर भिड्ने भएका छन् ।
स्याङ्जामा उम्मेदवारहरूको घरदैलो अभियान सुरु
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै स्याङ्जाका उम्मेदवारहरू मत माग्दै नागरिकको घरघरमा पुग्न थालेका छन् । दलहरुले साप्ताहिक योजना नै बनाएर नागरिकको घरघरमा पुग्न थालेका हुन् ।
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ ८१ पैसा र बिक्रीदर १४७ रुपियाँ ४१ पैसा तोकिएको छ ।
अमेरिकामा हिमआँधीको वितण्डा : १२ राज्यमा सङ्कटकाल घोषणा
अमेरिकाको विभिन्न भागमा आएको शक्तिशाली हिमआँधी र हिमपहिरोका कारण जनजीवन पूर्णरूपमा प्रभावित भएको छ । शनिबारदेखि सुरु भएको यो प्राकृतिक प्रकोपले हजारौँ उडान रद्द हुनुका साथै यातायात र विद्युत् आपूर्तिमा समेत ठुलो अवरोध पुर्याएको छ ।
राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह
गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ ।
सङ्खुवासभामा जिप दुर्घटना: दुई जनाको मृत्यु, तीन घाइते
सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् ।
बागमतीबाट राष्ट्रिय सभा सदस्यमा देवकोटा र दङ्गाल विजयी
राष्ट्रिय सभा निर्वाचन २०८२ अन्तर्गत बागमती प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ ।
कर्णालीको पानी रोक्न बनाएको तटबन्धमूनि उत्खनन्
कैलालीको जानकी गाउँपालिका –६ स्थित कैलाशेश्वर सामुदायिक वनको किनारमा उत्खनन् गर्नेको संख्या बढेको छ । नदी किनारबाट करिब पाँचसय मिटर पर जानकी गाउँपालिकाले ढुङ्गा, गिट्टी, बालुवाका ठेक्का लगाए पनि किनारमै उत्खनन् भइरहेको छ ।