पायल्सको अप्रेसन गर्दा युवतीको मृत्यु
पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा अवैध ढङ्गले सञ्चालित आयुर्वेद औषधालयले पायल्सको अप्रेसन गर्दा आइतबार दिउँसो एक युवतिको मृत्यु भएको छ ।
विकासको बाँकी काम पूरा गर्छु : पूर्वमन्त्री राई
नेपाल सरकारका पूर्वमन्त्री तथा नेकपा (एमाले) बाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले गर्न बाँकी रहेका विकास निर्माणका कामलाई पूरा गर्न आफू पुनः जनताको अदालतमा उभिएको बताउनुभएको छ ।
स्वास्थ्यकर्मीसँग भएको सहमति कार्यान्वयन गर्न निजी अस्पताललाई निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्स तथा स्वास्थ्यकर्मीको सेवा सुविधा सम्बन्धमा भएको सहमति कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
राष्ट्रिय सभा निर्वाचनः कोशीबाट एमालेका दुई र कांग्रेसका एक सदस्य निर्वाचित
कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमा दलित र महिला समूहबाट नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनका उम्मेदवार निर्वाचित हुनुभएको छ ।
राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कांग्रेस र एमालेका उम्मेदवार विजयी
राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
स्वास्थ्य बीमा सुचारु गर्ने विषयमा साझा प्रतिबद्धता
अस्पतालमा स्वास्थ्य बीमा सेवा पुनः सुचारु गर्ने विषयमा सरोकारवाला निकायबीच छलफल भएको छ।
नवलपुरमा माघ १६ र १७ गते रक्तदान महोत्सव हुने
नवलपुरको कावासोतीमा आगामी माघ १६ र १७ गते प्रथम ऐतिहासिक रक्तदान महोत्सव हुने भएको छ ।
राष्ट्रिय सभा निर्वाचन : ९५.६८ प्रतिशत मतदान
राष्ट्रिय सभा सदस्य निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको छ ।
स्वास्थ्यमन्त्री डा गौतमद्वारा तीन महिनाको कार्यप्रगति विवरण सार्वजनिक
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतमले तीन महिनाको कार्यप्रगति विवरण सार्वजनिक गर्नुभएको छ ।
वडा अध्यक्षसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
बाराको कलैया उपमहानगरपालिका वडा नं. ३ का तत्कालीन वडा अध्यक्ष जलालुदिन मंसुरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सहिद परिवारलाई सम्मान
स्याङ्जाको वालिङमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गुल्मको स्थापना दिवस पारेर सहिद परिवारका सदस्यलाई सम्मानित गरिएको छ ।
लुम्बिनी प्रदेशः राष्ट्रिय सभा निर्वाचनको मतगणना सुरु
लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य निर्वाचनको मतगणना सुरू भएको छ। दाङको घोराही–१५ स्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि सुरू भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको थियो ।
राष्ट्रियसभा सदस्य निर्वाचन : लुम्बिनीमा २८६ जनाले गरे मतदान
लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य चयनका लागि दुई सय ८६ जनाले मतदान गर्नुभएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रमा भएको मतदानमा प्रदेशसभा सदस्यतर्फ ७८ जना र स्थानीय तहतर्फ दुई सय आठ जनाले मतदान गर्नुभएको हो ।
गण्डकीमा २२३ द्वारा मतदान, तीन अनुपस्थित
राष्ट्रिय सभा सदस्यको आइतबार भएको मतदानमा गण्डकी प्रदेशमा दुई सय २३ जनाले मतदान गर्नुभएको छ। स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी एक सय ६६ जना र प्रदेशसभाका ५७ जनाले मत हाल्नुभएको हो।
नेप्से ५७ अङ्कले बढ्दा करिब १४ अर्बको कारोबार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ ।
पार्टीका उपत्यकाभित्रका उम्मेदवारसँग साहले गर्नुभयो छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबारे पार्टीका उम्मेदवारसँग रणनीतिक छलफल गर्नुभएको छ।
बागलुङ १ मा दुई पूर्व स्ववियु सभापति भिड्दै
प्रतिनिधिसभा निर्वाचनमा बागलुङको क्षेत्र नम्बर १ मा विद्यार्थी आन्दोलनबाट उदाएका दुई जना चुनावी मैदान हुनुहुन्छ।
नेपाली डिजिटल प्लेटफर्म ‘निपोः एप’
नेपाली प्रयोगकर्ताको आवश्यकतालाई केन्द्रमा राख्दै विकास गरिएको नेपाः एप सार्वजनिक भएको छ।
निर्वाचन प्रहरीको सङ्ख्या नपुग्दा पुनः भर्ना खुल्ला
इलामका लागि माग भएको निर्वाचन प्रहरी सङ्ख्या कम भएपछि जिल्ला प्रहरी कार्यालय इलामले पुनः दोस्रो पटक भर्ना खोलेको छ ।
कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा योगदानमा आधारित निवृत्तभरण सुरु
कोशी प्रदेश सरकारको योगदानमूलक निवृित्तभरण कोष (स्थापना तथा सञ्चालन) ऐन २०८२ बमोजिम प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका कर्मचारीका लागि योगदानमूलक निवृित्तभरण-उपदान रकम कर्मचारी सञ्चय कोषमा जम्मा गर्न सम्झौता भएको छ ।
मधेस–प्रदेशमा तीन सय बढीले गरे मतदान
मधेस–प्रदेशको राजधानी जनकपुरधाममा भइरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनमा अपराह्न २ बजेसम्म तीन भन्दाबढीले मतदान गर्नुभएको छ ।
जेलमा पनि अडिग वकिल इमान मजारी
दबाब, साइबर दुर्व्यवहार र गिरफ्तारी वारेन्टका बाबजुद पाकिस्तानकी चर्चित मानव अधिकारवादी वकिल इमान मजारीलाई चुप गराउन सकिएको छैन । उहाँले जेल सजायले समेत आफ्नो सङ्कल्प कमजोर नपार्ने स्पष्ट पार्नुभएको छ ।
लुम्बिनीमा दुई सय ७० जनाले गरे मतदान
लुम्बिनी प्रदेशमा जारी राष्ट्रिय सभा निर्वाचनमा हालसम्म २७० जना मतदाताले मतदान गरेका छन् । १ बजेसम्म प्रदेश सभा सदस्यतर्फ ७७ जना र स्थानीय तह सदस्यतर्फ १९३ जनाले मतदान गरेका छन्।
सशस्त्र प्रहरीलाई वन डढेलो तथा विपद् उद्धार सामग्री हस्तान्तरण
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत इलाका संरक्षण कार्यालय मनाङले वन डढेलो नियन्त्रण तथा प्राकृतिक विपद् उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम केन्द्र शिक्षालयलाई विभिन्न उद्धार सामग्री हस्तान्तरण गरेको छ ।