• ११ माघ २०८२, आइतबार

लुम्बिनी प्रदेशः राष्ट्रिय सभा निर्वाचनको मतगणना सुरु

blog

मतगणना गर्दै निर्वाचन कार्यालयका कर्मचारी । तस्बिर : सन्तोष दहित ।

सन्तोष दहित

दाङ, माघ ११ गते । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य निर्वाचनको मतगणना सुरू भएको छ। दाङको घोराही–१५ स्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि सुरू भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको थियो । 

मतगणना सम्पन्न पश्चात्  कर्मचारी मिलन केन्द्रकै हलमा मतगणना सुरू भएको   मुख्य निर्वाचन अधिकृत पण्डितले जानकारी दिनुभयो। 

उहाँका अनुसार दुई सय ९९ मत मध्ये कुल २८६ मत खसेको थियो । प्रदेश सभाको ८३ सदस्य मध्ये  महिला ३० र पुरुष ४८ गरी जम्मा ७८ मत खसेको उहाँले बताउनुभयो ।  त्यस्तै, स्थानीय तहका प्रमुख तथा उपप्रमुखतर्फ महिला ८५ र पुरुष १२३ गरी जम्मा २०८ मत खसेका छन्।

तीन सिटको लागि आठ जना उम्मेदवारी दिनुभएको छ । निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले तालमेल गरेर उम्मेदवार उठाएका छन् । नेपाली कम्युनिस्ट पार्टी बाट तीन जना र राष्ट्रिय जनमोर्चाबाट दुई जना उम्मेदवार रहेका छन्।

कांग्रेस–एमाले गठबन्धनको तर्फबाट कांग्रेसका अन्य कोटामा गुल्मी निवासी चन्द्रबहादुर केसी, अपाङ्ग–अल्पसङ्ख्यक कोटामा दाङ निवासी बासुदेव घिमिरे, र महिला कोटामा एमाले नेतृ रामकुमारी झाँक्री उम्मेदवार हुनुहुन्छ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) बाट अन्य कोटामा नवलपरासी पश्चिम निवासी बृहस्पति अधिकारी, महिला कोटामा पाल्पा निवासी दुर्गाकुमारी भण्डारी, र अपाङ्गरअल्पसङ्ख्यक कोटामा बाँके निवासी सर्जन विक उम्मेदवार छन्। यस्तै, राष्ट्रिय जनमोर्चाबाट अन्य कोटामा प्युठान निवासी बोमबहादुर खत्री र महिला कोटामा प्युठानकै पद्मा पण्डित उम्मेदवार रहेका छन्।