• ११ माघ २०८२, आइतबार

मधेस–प्रदेशमा तीन सय बढीले गरे मतदान

blog

मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्रप्रसाद सोनल आइतबार धनुषाको जनकपुरधाम उपमहानगरपालिका४ स्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रमा राष्ट्रियसभा सदस्य चयनका लागि मतदान गर्नुहुँदै ।

जनकपुरधाम, माघ ११ गते ।  मधेस–प्रदेशको राजधानी जनकपुरधाममा भइरहेको  राष्ट्रियसभा  सदस्यको निर्वाचनमा अपराह्न २ बजेसम्म तीन सयभन्दा बढीले मतदान गर्नुभएको छ । 

राष्ट्रियसभाका चार सदस्यका लागि ११ जनाको उम्मेदवारी रहेको उक्त निर्वाचनमा मधेस–प्रदेशसभाका सदस्य, नगर तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखसमेत गरी ३६४ मतदाता हुनुहुन्छ। 

राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत सुभाषबाबु पुरीका अनुसार मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, सभामुख रामआशिष यादव,  उपसभामुख बबिता राउत इसरलगायतका पदाधिकारीहरूले मतदान गरिसक्नुभएको छ । आज बिहान ९ बजे सुरु भएको मतदानको समय अपराह्न ३ बजे सम्पन्न हुनेछ ।