काठमाडौँ, माघ ११ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबारे पार्टीका उम्मेदवारसँग रणनीतिक छलफल गर्नुभएको छ।
आफ्नो निर्वाचन क्षेत्रबाट काठमाडौँ फर्किनुभएका नेता साहले आइतबार चुनावी रणनीतिबारे उपत्यकाभित्रका पार्टीका उम्मेदवारसँग छलफल गर्नुभएको हो।
नेता साहले उम्मेदवारसँग चुनावी अभियानबारे ब्रिफिङ लिनुभएको भेटमा संलग्न नेताले बताउनुभयो।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै ललितपुर–३ की उम्मेदवार समेत रहनुभएको नेतृ तोसिमा कार्कीले भेटमा चुनावी अभियानबारे नेता शाहले जानकारी लिनुभएको बताउनुभयो।उहाँले भेटमा चुनावी रणनीतिबारे समेत छलफल भएको उल्लेख गर्नुभयो।उहाँकाअनुसार नेता साहले उम्मेदवारलाई आफूहरुको स्पष्ट बहुमतको सरकार बन्ने भन्दै जनता समस्या बुझ्ने कार्यमा गम्भीरतापूर्वक लाग्न आग्रह गर्नुभएको छ।
पार्टीकी नेतृ रञ्जु दर्शनाले चुनावी रणनीतिबारे छलफल भएको जानकारी दिनुभयो।रास्वपा नेता तथा काठमाडौं–३ का उम्मेदवार राजुनाथ पाण्डेले निर्वाचन क्षेत्रमा भइरहेको गतिविधिबारे जानकारी गराउन नेता साहसँग भेट भएको बताउनुभयो।उहाँले भेटमा चुनावी रणनीतिबारे छलफल भएको उल्लेख गर्नुभयो।उहाँले आफूहरु सौहाद्रपूर्ण वातावरणमा जनताको घरदैलोमा गइरहेको उल्लेख गर्दै नागरिकले परिवर्तनलाई आत्साथ गरेको पाइएको पनि बताउनु भयो।
अगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेता साहले झापा–५ बाट उम्मेदवारी दिनुभएको छ।