राष्ट्रियसभा निर्वाचनः ५० प्रतिशतभन्दा बढी मतदान
राष्ट्रियसभा सदस्यका लागि आज सातै प्रदेशको राजधानीमा भइरहेको निर्वाचनमा अहिले १२ः४५ बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
आठ वर्षमा दुई सय चार किमी सडक कालोपत्र
यो अवधिमा चिसापानी–हुवास–त्रिवेणी–बहाकी–रानीपानी–बर्राचौर २३ किलोमिटर, अर्मादी–खुर्कोट–बनौ सडक १२ किलोमिटर, पातीचौर–देउपुर– भुकदेउराली १२ किलोमिटर, डिमुवा–तिलाहार–राम्जादेउराली ११ किलोमिटर कालोपत्र गरिएका हुन् ।
ट्रकको ठक्करबाट युवकको मृत्यु, एक घाइते
प्रसौनी गाउँपालिका-२ अन्तर्गत दुघौरा पुल नजिक भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु
मोटरसाइकल दुर्घटनामा परी मल्लरानी गाउँपालिका–४ बुढाचौरका एकको मृत्यु भएको छ । २८ वर्षीया विराट सुनारको दुर्घटनामा मृत्यु भएको हो ।
म्याग्दीमा चार जना कुष्ठरोगी
हिमाली जिल्ला म्याग्दीबाट नियमित औषधी सेवन गर्ने चार जना कुष्ठरोगी रहेको बताइएको छ ।
वन कार्यालयद्वारा काठ बरामद
डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएका खयरको काठ बरामद गरेको छ । गोप्य सूचनाका आधारमा कार्यालयको टोलीले जिल्लाको रामप्रसादराई गाउँपालिका–४ स्थित सहेँलेफेदी क्षेत्रबाट उक्त काठ बरामद गरेको हो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
इटहरी उपमहानगरपालिकाको आयोजनामा आजदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । इटहरी रङ्गशालाको खेलमैदानमा सुरु भएको प्रतियोगिताको औपचारिक उद्घाटन इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले गर्नुभएको हो ।
मुस्ताङ भन्सारको राजश्व साढे पाँच अर्ब नाघ्यो
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-४,नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले साढे ५ अर्बभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।
लुम्बिनी प्रदेशमा अहिलेसम्म २०४ मत खस्यो
लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य निर्वाचनमा बिहान ११ः४५ बजेसम्म २०४ मत खसेको छ। दाङको घोराही –१५ स्थित कर्मचारी मिलन केन्द्रमा बिहानैदेखि मतदान जारी छ।
टाइगर कप भलिबलमा न्यु डायमन्ड विजयी
पोखरामा जारी टाइगर कप भलिबलमा न्यु डायमन्ड स्पोर्टस् क्लबले जित निकालेको छ । पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा आइतबार पहिलो खेलमा महिलातर्फ न्यु डायमन्डले विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) माथि ३–० को सोझो सेटको जित निकालेको हो ।
चौपायालाई चिसोबाट जोगाउन ५० थान कम्बल वितरण
बाँके जिल्लाको डुडुवा गाउँपालिकाले पालिकाभित्रका नागरिकसँगै वन्यजन्तुलाई पनि विशेष ध्यान दिँदै आएको छ । नागरिकका लागि विभिन्न योजना सञ्चालन गर्दै आएको सो पालिकाले गौशालामा रहेका चौपायाहरु चिसोबाट समस्यामा रहेको जानकारी पाएपछि उनिहरुलाई चिसोबाट जोगाउन कम्बल वितरण गरेको छ ।
जीप दुर्घटनामा एकको मृत्यु, एक जना घाइते
तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
विकासका एजेण्डासहित चुनावी मैदानमा पूर्व शिक्षामन्त्री पौडेल
नेकपाका प्रभावशाली नेता तथा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल ‘सुनील’ यस पटक नयाँ निर्वाचन क्षेत्र र नयाँ योजनाका साथ जनताको घरदैलोमा पुग्नुभएको छ ।
महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई
तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका मुना ओलीलाई बाजा बजाउन भ्याइनभ्याई छ । जिल्लामा हुने विभिन्न सभा सम्मेलन, बिहे, पूजाआजामा बाजा बजाउन उहाँलाई भ्याइनभ्याई भएको हो ।
सहिद दिवसः दोस्रो दिन सहिद स्मारक परिसरमा सरसफाइ
सहिद दिवस–२०८२ को दोस्रो दिन हेटौँडा उपमहानगरपालिका ११ स्थित सहिद स्मारक परिसरमा सरसफाई गरिएको छ । यस वर्षको सहिद दिवस सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने क्रममा आइतबार बिहान सहिद स्मारक परिसरमा सरसफाई गरिएको हो ।
अनाथ बालबालिकालाई चिसोभन्दा बढी पढाइको चाहना
बाजुराको बुढीनन्दा नगरपालिका–९ डप्कमा रहेको श्री सिद्धेश्वरी अनाथ, विपन्न तथा जनजाति आवासीय आधारभूत विद्यालयमा अध्ययनरत अनाथ बालबालिकाहरूलाई चिसोभन्दा पनि पढाइप्रतिको चाहना बढी देखिएको छ ।
राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा मतदान सुरु
राष्ट्रिय सभा निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा मतदान सुरु भएको छ । आइतबार बिहान ९ बजेदेखि सुरु भएको मतदानमा पहिलो मतदान कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गर्नुभएको छ ।
राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा मतदान सुरू
राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा मतदान प्रक्रिया सुरू भएको छ । प्रदेशमा तीन सिटका लागि आठ उम्मेदवारबिच प्रतिस्पर्धा हुँदैछ ।
उत्तरी क्षेत्रका लिमी र हिल्सामा आवतजावत बन्द
जिल्लाको उत्तरी क्षेत्र अन्तर्गत नाम्खा गाउँपालिका–५ को हिल्सा र ६ को हिमालपारिको गाउँ लिमीमा आवतजावत बन्द भएको छ। गत शुक्रबार राति परेको भारी हिमपातका कारण दुवै नाकाका सडक अवरुद्ध भएपछि हिल्सा र लिमीबीचको आवतजावत ठप्प भएको हो।
गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत बढ्यो
जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका अनुसार जिल्लामा यो वर्ष तीन हजार १८७ मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।
भेलागुढी सिमसार नयाँ पर्यटकीय गन्तव्य
पूर्वी झापामा लुकेको हरियो संसार अहिले घुमफिरको नक्सामा देखिन थालेको छ ।हल्दिबारी गाउँपालिका–२ मा अवस्थित भेलागुढी सिमसार तथा सहिद स्मारक उद्यान (पार्क) अहिले आन्तरिक पर्यटकका लागि नयाँ मात्र होइन, आकर्षक गन्तव्य बन्दै गएको छ ।
कभर्डहल सञ्चालनको जिम्मा खेलकुद विकास समितिलाई
यहाँको व्यास नगरपालिका–३ बिपी वनवाटिकास्थित कभर्डहल खेलकुद विकास समिति तनहुँमार्फत सञ्चालन गरिने भएको छ । व्यास नगरपालिकाको लगानीमा निर्माण भएको कभर्डहल खेलकुद विकास समितिलाई हस्तान्तरण गर्न लागिएको हो ।
नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता
सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । नमोबुद्ध–मानेगाउँ युवा क्लबद्वारा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।
मुसहर समुदायको चुनावी मागः सुरक्षित आवास र शौचालय
लहान नगरपालिका–१ र २ मा बसोबास गर्ने करिब तीन सय घरपरिवार मुसहर समुदायले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुरक्षित आवास र शौचालय निर्माणको विश्वसनीय प्रतिबद्धता जनाउने दल तथा उम्मेदवारलाई मात्र मतदान गर्ने बताएका छन् ।