अण्डाको माग र मूल्य बढ्यो
प्रतिनिधिसभाको निर्वाचन नजिँकिदै जाँदा अण्डाको माग उच्च भएको छ । माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो ।
तनहुँमा निर्वाचन प्रहरीको अभावः तेस्रो पटक थपियो म्याद
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँ जिल्लामा आवश्यक निर्वाचन प्रहरीको कोटा अझै पुरा हुन सकेको छैन । माग अनुसारको आवेदन नपरेपछि जिल्ला प्रहरी कार्यालय तनहुँले तेस्रो पटक म्याद थप गर्दै दरखास्त आह्वान गरेको छ ।
चिल्ड्रेन लाइफ कपमा आज सेमिफाइनलका खेल
बागलुङमा जारी चौथो संस्करणको चिल्ड्रेन लाईफ कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
कांग्रेसले माग्यो घोषणापत्रका लागि सुझाव
नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर (केबी) भण्डारीले चुनावी अभियानलाई जनमुखी, प्रभावकारी र परिणाममुखी बनाउन म्याग्दी जिल्लाका मतदाताबाट सुझाव आह्वान गर्नुभएको छ ।
चुनावी एजेन्डा लिएर मतदाता रिझाउँदै सप्तरीका उम्मेदवार
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारी दिएका सप्तरीका उम्मेदवारहरू आफ्ना चुनावी एजेन्डा बोकेर मतदाता रिझाउन व्यस्त छन् ।
पार्टीको प्रतिनिधि मात्र हैन जनताको प्रतिनिधि बनाउनुहोस् : भीम श्रीस
आगामी फागुन २१ गने हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका भीम बहादुर श्रीष रानाले पार्टी भित्र धेरै पटक महाधिवेशन प्रतिनिधि महासमिति सदस्य भएको र यस पटक जनताको प्रतिनिधि बनाउन आग्रह गर्नुभएको हो ।
महाशक्ति सोप उद्योगको गोदामघरमा आगलागी
हेटौँडा उपमहानगरपालिका वडा नं. ८ स्थित औद्योगिक क्षेत्रमा रहेको महाशक्ति सोप उद्योगको गोदाम घरममा आगलागी भएको छ ।
खुमा अर्याल टी–२० रनिङ कपः आज दुई खेल हुँदै
प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेटमा आइतबार समूह चरणका अन्तिम दुई खेल हुँदै छन् । खुमा अर्याल फाउन्डेसन स्याङ्जाले आयोजना गरेको प्रतियोगितामा आज पहिलो खेल समूह डीको अर्जुन चौपारी बिरुवद्ध हरिनाश र दोस्रो खेल समूह एको चापाकोट बिरुभ बिरुवा भिड्ने छन् ।
दोस्रो खुकुरी कप क्रिकेटको उपाधी जनबोधले जित्यो
गुल्मीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधी जनबोध मावि रुरु क्षेत्र गाउँपालिका–५ ले जितेको छ ।
प्रथम लिङ्तेप गोल्डकपमा दुई खेल हुँदै
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिड्तेपमा जारी आमन्त्रित प्रथम लिङ्तेप गोल्डकपमा आइतबार दुई खेल हुने भएको छ । बसन्त पञ्चमीको अवसरमा प्रगतिशील युवा क्लबको आयोजनामा सञ्चालित गोल्ड कपमा आज क्वाटरफाइनका दुई खेल हुने भएको हो ।
परम्परा जोगाउने अभियानमा वालिङ महोत्सव
स्याङ्जाको वालिङमा हुने महोत्सवलाई गण्डकी प्रदेशमा नै उत्कृष्ट मानिन्छ । वालिङ उद्योग वाणिज्य संघको आयोजनामा गरिँदै आएको महोत्सवको ‘नवौं संस्करण आगामी माघ १४ गतेबाट सुरु हुँदै छ ।
यस्तो छ विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ ८१ पैसा र बिक्रीदर १४७ रुपियाँ ४१ पैसा तोकिएको छ ।
फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइँदै
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानुनी प्रक्रियालाई तीव्र बनाउने प्रतिबद्धतालाई शनिबार दोहोर्याउनुभएको छ ।
‘आफैंलाई फर्केर हेर्दा’ सार्वजनिक
झापाका पुराना राजनीतिज्ञ तथा समाजसेवी कृष्णप्रसाद पाठकको आत्मकथा “आफैंलाई फर्केर हेर्दा” सार्वजनिक भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारबारे उजुरी
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक दलले पेस गरेको बन्द सूचीमा सूचीकृत तीन जना उम्मेदवारका बारेमा उजुरी परेका छन्।
‘जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ’
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी सहिद परिवारका लागि रोजगारीको व्यवस्था गर्ने सन्दर्भमा विद्युत् प्राधिकरणसँग छलफल गरी प्राधिकरणको बोर्डबाट सोका लागि स्वीकृत प्राप्त भइसकेको बताउनुभएको छ।
बाँकेको तीन वटा क्षेत्रमा ५६ जना उम्मेदवार कायम
तीनवटा निर्वाचन क्षेत्र रहेको बाँकेमा तीन प्रतिनिधिसभा सदस्य पदका लागि ५६ जनाको उम्मेदवारी कायम भएको छ।
क्यामेरा भवनमा मिथ्या सूचना संघर्षबारे गोष्ठी
मिथ्या सूचना संघर्ष बारेको दुई दिने गोष्ठी यहाँ सुरु भएको छ । पत्रकारिता र आमसञ्चार केन्द्रीय विभाग र सिएमआर नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रम आइतबारसम्म चल्नेछ ।
आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने
आईसीसीले टी–२० विश्वकप २०२६ बाट बंगलादेशलाई हटाउँदै स्कटल्याण्डलाई खेलाउने निर्णय गरेको छ।
लुम्बिनी प्रदेशसभाको बैठक मङ्गलबार
लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत दोस्रो बैठक माघ १३ गते मङ्गलबार दिउँसो १ बजे बस्नेभएको छ ।
इजरायली आक्रमणका कारण गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसङ्घको चेतावनी
मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणका कारण गाजामा नागरिकको निरन्तर हत्याको चेतावनी दिएको छ ।
पाकिस्तानी राष्ट्रपतिद्वारा युवा सशक्तिकरणका लागि शिक्षालाई प्राथमिकता दिन आह्वान
पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले शनिबार सवृद्ध पाकिस्तान निर्माणमा साझेदारका रूपमा युवालाई सशक्त बनाउन शिक्षालाई राष्ट्रिय प्राथमिकताका रूपमा लिन आह्वान गर्नु भएको छ ।
सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य
युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू) को ऊर्जा बजारमा आफूलाई पूर्ण रूपमा एकीकृत गर्ने लक्ष्य लिएको इन्टरफ्याक्स-युक्रेन समाचार एजेन्सीले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको प्रथम छ महिनासम्मको निष्क्रिय कर्जा ४.५५ प्रतिशत रहेको तथा नाफा एक अर्ब ७५ करोड भएको जनाएको छ । यो अपरिस्कृत विवरण हो ।