अर्जुन काफ्ले
स्याङ्जा, माघ ११ गते । प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेटमा आइतबार समूह चरणका अन्तिम दुई खेल हुँदै छन् । खुमा अर्याल फाउन्डेसन स्याङ्जाले आयोजना गरेको प्रतियोगितामा आज पहिलो खेल समूह डीको अर्जुन चौपारी बिरुवद्ध हरिनाश र दोस्रो खेल समूह एको चापाकोट बिरुभ बिरुवा भिड्ने छन् ।
शनिबारको खेलमा अर्जुन चौपारीले हरिनालाई र चापाकोटले पुतलीबजारलाई पराजित गरेको थियो । यो दुबै समूहबाट समूह विजेता टुङ्गो लागेसँगै सबै समूहको सेमिफाइनमा प्रवेश गर्नेको छिनोफानो हुने छ । यसअघि समूह वीबाट वालिङ र सीबाट गल्याङ समूह विजेता बन्दै सेमिफाइनमा प्रवेश गरेका छन् ।
स्यास्थ्य, शिक्षा, खेलकुद र रोजगारीमा सहयोग गर्ने लक्ष्य लिएर स्थापना भएको फाउण्डेसलने स्याङ्जालाई क्रिकेट लगायतका खेलको हबका रुपमा विकसीत गराउने र जिल्लाको खेलकुदलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको खुमा फाउण्डेसका अध्यक्ष लेखनाथ शर्माले बताउनुभयो ।
प्रतियोगितामा विजेताले दुई लाखसहित कप मेडल र प्रमाणपत्र हात पार्ने छ भने उपविजेताले एक लाख ५० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यस्तै, तृतीयले एक लाख र सान्त्वनाले ५० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ ।
प्रतियोगितामा प्लेयर अफ दि म्याचले पाँच हजार र प्रतियोगिताका विधागत बेष्ट प्लेयरले १०/१० हजार पुरस्कार पाउने फाउन्डेसनले जनाएको छ ।