सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य
युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू) को ऊर्जा बजारमा आफूलाई पूर्ण रूपमा एकीकृत गर्ने लक्ष्य लिएको इन्टरफ्याक्स-युक्रेन समाचार एजेन्सीले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको प्रथम छ महिनासम्मको निष्क्रिय कर्जा ४.५५ प्रतिशत रहेको तथा नाफा एक अर्ब ७५ करोड भएको जनाएको छ । यो अपरिस्कृत विवरण हो ।
उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा अध्ययन–अनुसन्धानको संस्कृति कमजोर रहेकाले लगानीको सही क्षेत्र पहिचान हुन नसकेको बताउनु भएको छ ।
पार्टीको राष्ट्रवादी छवि देखेर एमालेमा आएँ : अग्रवाल
शेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले नेकपा (एमाले) पार्टीको राष्ट्रवादी छवि र समृद्ध नेपाल सुखी नेपालीको अभियान मन परेर एमालेमा प्रवेश गरेको बताउनुभएको छ । आज एमाले मुख्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको हात खादा लगाएर पार्टी प्रवेश गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
विश्व राजनीति : ईयु-अमेरिका सम्बन्धमा नयाँ अध्याय सुरु
युरोपेली सङ्घ (ईयु)ले ग्रिनल्याण्ड विवादका कारण बढ्दो तनावको बिचमा ‘आकस्मिक सम्मेलन’ आयोजना गरेको छ । अमेरिकी राष्ट्रपतिले आठ युरोपेली देशमा धम्की दिइएको शुल्क अस्थायी रूपमा रोक्ने घोषणा गरे पनि युरोपले आफ्नो हितको संरक्षणमा सक्रिय भूमिका देखाएको छ ।
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको चित्राल जिल्लामा हिम पहिरो जादा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै एक जना बच्चालाई जीवितै उद्धार गर्न सफल भएको अधिकारीले बताएका छन् ।
बागी उम्मेदवार पूर्व मुख्यमन्त्री केसी नेकपाबाट निष्काशित
दाङ निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार दिनुभएको कुलप्रसाद केसी नेपाली कम्युनिस्ट पार्टीले पार्टीबाट निष्काशित गरेको छ।
देश जित्ने कि हार्ने गम्भीर मोडमा छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीतिक परिस्थिति देश जित्नेकि देश हार्ने निर्णायक मोडमा पुगेको बताउनुभएको छ। शनिबार काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालयमा जसपा नेपालका पूर्व केन्द्रीय सदस्य तथा शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल सहितलाई एमालेमा स्वागत गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।
दीपेन्द्र अग्रवालसहित शेयर बजारका लगानीकर्ता एमालेमा प्रवेश
शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।
उपल्लो मुस्ताङमा दोस्रोपटक हिमपात (फोटो फिचर)
उपल्लो मुस्ताङमा शनिबार विहानदेखि यस सिजनको दोस्रो पटक हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाको बस्ती तथा आसपास क्षेत्रका आंशिक हिमपात भएको हो ।
सुदूरपहाडमा भारी हिमपात, विद्युत् सेवा अवरुद्ध
भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको राजमार्ग अवरुद्ध भएको छ । बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ, देहिमाडौँ क्षेत्रमा हिमपात हुँदा दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गए रातिदेखि नै अवरुद्ध रहेका हुन् ।
युक्रेनमा रुसी आक्रमणमा एक जनाको मृत्यु, २३ घाइते
युक्रेनको राजधानी किएभ र पूर्वी शहर खार्किभमा रातभरि भएको रूसी आक्रमणमा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । देशभर हवाई हमलाको चेतावनी जारी गरिएको छ ।
स्थानीयस्तरमा उत्पादित घरेलु उत्पादनको प्रदर्शनी
स्थानीय उत्पादनको प्रवर्धन, बजारीकरण तथा रोजगार सिर्जनामा सहयोग पुर्याउने उद्देश्यले घरेलु उत्पादन प्रवर्धन प्रदर्शनी, नृत्य प्रतियोगिता तथा शैक्षिक प्रदर्शनी मेला हुने भएको छ ।
अमेरिकामा हिउँदे आँधीको असरः लाखौं परिवार प्रभावित हुने सम्भावना
अमेरिकाको पूर्वी क्षेत्रका दुई–तिहाइ भूभागमा शक्तिशाली हिउँदे आँधीको पूर्वानुमान गरिएसँगै करोडौं मानिस विद्युत आपूर्ति अवरुद्ध हुने र घर तताउने सुविधा गुम्ने जोखिममा परेका छन् ।
साइकल यात्रा दैलेखमा
जीवनको लागि सवारी मूल नारासहित पूर्वी पहाडी जिल्ला पाँचथरको चिवा भञ्ज्याङगबाट सुरु भएको साईकल यात्रा दैलेख आइपुगेको छ ।
राससलाई सघाउने लहान नगरपालिकाको प्रतिबद्धता
लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले राष्ट्रिय समाचार समिति (रासस) सँग सहकार्य गर्न नगरपालिका तत्पर रहेको बताउँदै देशको एक मात्र आधिकारिक समाचार समितिको उन्नयनका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
सल्यान कपुरकोटमा निःशुल्क स्वास्थ्य शिविर
कपुरकोट गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट सातसय ३६ जना लाभान्वित भएका छन् ।
जिम्बाब्वेविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत जिम्बाब्वे विरुद्धको खेलमा नेपालले टस जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली महिला टोलीले टस जितेर बलिङ रोजेको हो ।
बाँकेमा ८६ जना नयाँ कुष्ठरोगी
चालु आर्थिक वर्ष २०८२–८३ को छ महिनामा ८६ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । चालु आवको साउनदेखि पुससम्म छ महिनाको अवधिमा बाँके लगायतका जिल्लाका ८६ जना नयाँ कुष्ठरोगी फेला परेका हुन् ।
अबुधाबी वार्ताः यूक्रेन-रूस-अमेरिका तीन दलीय शान्ति प्रयास
यूक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अबुधाबीमा यूक्रेन, रूस र अमेरिकाका प्रतिनिधिसँग भएको वार्तामा पूर्वी डोनबास क्षेत्रको भविष्यलाई मुख्य प्राथमिकताका रूपमा राखिएको जानकारी दिनु भएको छ ।
ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम
पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन उत्पादन इकाई स्थापना पूरा गरेको छ । उक्त इकाई सिनेस रिफाइनरीमा निर्माण गरिएको हो, जुन लिस्बनको दक्षिणी तटमा रहेको ठूलो औद्योगिक क्षेत्र हो ।
जिम्बाब्वेमा मुसलधारे वर्षाः नौको मृत्यु, सडक र पुलमा व्यापक क्षति
दक्षिणी जिम्बाब्वेको माताबेलेल्यान्ड साउथ प्रान्तमा आएको भीषण बाढीका कारण एक सवारी साधन बग्दा नौ जनाको ज्यान गएको छ ।
ग्रीनल्याण्ड विवादले अमेरिका-युरोप सम्बन्ध तनावपूर्ण
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयले विश्वभरका देशमा असमन्जसता र चिन्ता बढाएका छन् । ट्रम्पले केही समय अघि स्विट्जरल्याण्डमा कर लगाउने धम्की दिनु भएका थिए, तर पछि यसलाई फिर्ता लिनुभयो ।
“क्यानाडा गाजाको शान्ति प्रयासमा सक्रिय रहने छ”
क्यानाडाका अर्थ मन्त्री फ्रान्स्वा-फिलिप च्याम्पेनले अमेरिकी प्रशासनका केही टिप्पणीलाई खण्डन गर्नु भएको छ । उहाँले अफगानिस्तान युद्धमा नाटो सैनिकको भूमिका सानो देखाउने अमेरिकी दाबी अस्वीकार गर्नु भएको हो ।