• १० माघ २०८२, शनिबार

बागी उम्मेदवार पूर्व मुख्यमन्त्री केसी नेकपाबाट निष्काशित

blog

कुलप्रसाद केसी। फाइल तस्बिर

दाङ, माघ १० गते। दाङ निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार दिनुभएको  कुलप्रसाद केसी नेपाली कम्युनिस्ट पार्टीले पार्टीबाट निष्काशित गरेको छ। 

लुम्बिनी प्रदेशको पूर्व मुख्यमन्त्री समेत रहनुभएका केसीलाई उम्मेदवारी फिर्ता लिन र पार्टीका आधिकारिक उम्मेदवारलाई समर्थन गर्न भनिएको थियो। तर, उहाँले उम्मेदवारी फिर्ता लिन नमानेपछि पार्टीले निस्कासन गरिदिएको हो।

केसी पार्टीबाट टिकटका आकांक्षी हुनुहुन्थ्यो। पार्टीले टिकट नदिएपछि असन्तुष्ट बनेका केसीले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो। दाङ १ मा नेकपाका आधिकारिक उम्मेदवार मेटमणि चौधरीलाई उठाएको छ।

पार्टीको निर्णय र निर्देशनविपरित उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका कार अनुशासनको कारवाही गर्दै पार्टीबाट निस्कासन गरिएको नेकपाले जनाएको छ।

केसीलाई निर्वाचन कार्यालयले आँप चुनाव चिह्न दिएको छ ।