उपल्लो मुस्ताङमा दोस्रोपटक हिमपात (फोटो फिचर)
उपल्लो मुस्ताङमा शनिबार विहानदेखि यस सिजनको दोस्रो पटक हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाको बस्ती तथा आसपास क्षेत्रका आंशिक हिमपात भएको हो ।
सुदूरपहाडमा भारी हिमपात, विद्युत् सेवा अवरुद्ध
भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको राजमार्ग अवरुद्ध भएको छ । बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ, देहिमाडौँ क्षेत्रमा हिमपात हुँदा दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गए रातिदेखि नै अवरुद्ध रहेका हुन् ।
युक्रेनमा रुसी आक्रमणमा एक जनाको मृत्यु, २३ घाइते
युक्रेनको राजधानी किएभ र पूर्वी शहर खार्किभमा रातभरि भएको रूसी आक्रमणमा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । देशभर हवाई हमलाको चेतावनी जारी गरिएको छ ।
स्थानीयस्तरमा उत्पादित घरेलु उत्पादनको प्रदर्शनी
स्थानीय उत्पादनको प्रवर्धन, बजारीकरण तथा रोजगार सिर्जनामा सहयोग पुर्याउने उद्देश्यले घरेलु उत्पादन प्रवर्धन प्रदर्शनी, नृत्य प्रतियोगिता तथा शैक्षिक प्रदर्शनी मेला हुने भएको छ ।
अमेरिकामा हिउँदे आँधीको असरः लाखौं परिवार प्रभावित हुने सम्भावना
अमेरिकाको पूर्वी क्षेत्रका दुई–तिहाइ भूभागमा शक्तिशाली हिउँदे आँधीको पूर्वानुमान गरिएसँगै करोडौं मानिस विद्युत आपूर्ति अवरुद्ध हुने र घर तताउने सुविधा गुम्ने जोखिममा परेका छन् ।
साइकल यात्रा दैलेखमा
जीवनको लागि सवारी मूल नारासहित पूर्वी पहाडी जिल्ला पाँचथरको चिवा भञ्ज्याङगबाट सुरु भएको साईकल यात्रा दैलेख आइपुगेको छ ।
राससलाई सघाउने लहान नगरपालिकाको प्रतिबद्धता
लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले राष्ट्रिय समाचार समिति (रासस) सँग सहकार्य गर्न नगरपालिका तत्पर रहेको बताउँदै देशको एक मात्र आधिकारिक समाचार समितिको उन्नयनका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
सल्यान कपुरकोटमा निःशुल्क स्वास्थ्य शिविर
कपुरकोट गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट सातसय ३६ जना लाभान्वित भएका छन् ।
जिम्बाब्वेविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत जिम्बाब्वे विरुद्धको खेलमा नेपालले टस जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली महिला टोलीले टस जितेर बलिङ रोजेको हो ।
बाँकेमा ८६ जना नयाँ कुष्ठरोगी
चालु आर्थिक वर्ष २०८२–८३ को छ महिनामा ८६ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । चालु आवको साउनदेखि पुससम्म छ महिनाको अवधिमा बाँके लगायतका जिल्लाका ८६ जना नयाँ कुष्ठरोगी फेला परेका हुन् ।
अबुधाबी वार्ताः यूक्रेन-रूस-अमेरिका तीन दलीय शान्ति प्रयास
यूक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अबुधाबीमा यूक्रेन, रूस र अमेरिकाका प्रतिनिधिसँग भएको वार्तामा पूर्वी डोनबास क्षेत्रको भविष्यलाई मुख्य प्राथमिकताका रूपमा राखिएको जानकारी दिनु भएको छ ।
ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम
पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन उत्पादन इकाई स्थापना पूरा गरेको छ । उक्त इकाई सिनेस रिफाइनरीमा निर्माण गरिएको हो, जुन लिस्बनको दक्षिणी तटमा रहेको ठूलो औद्योगिक क्षेत्र हो ।
जिम्बाब्वेमा मुसलधारे वर्षाः नौको मृत्यु, सडक र पुलमा व्यापक क्षति
दक्षिणी जिम्बाब्वेको माताबेलेल्यान्ड साउथ प्रान्तमा आएको भीषण बाढीका कारण एक सवारी साधन बग्दा नौ जनाको ज्यान गएको छ ।
ग्रीनल्याण्ड विवादले अमेरिका-युरोप सम्बन्ध तनावपूर्ण
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयले विश्वभरका देशमा असमन्जसता र चिन्ता बढाएका छन् । ट्रम्पले केही समय अघि स्विट्जरल्याण्डमा कर लगाउने धम्की दिनु भएका थिए, तर पछि यसलाई फिर्ता लिनुभयो ।
“क्यानाडा गाजाको शान्ति प्रयासमा सक्रिय रहने छ”
क्यानाडाका अर्थ मन्त्री फ्रान्स्वा-फिलिप च्याम्पेनले अमेरिकी प्रशासनका केही टिप्पणीलाई खण्डन गर्नु भएको छ । उहाँले अफगानिस्तान युद्धमा नाटो सैनिकको भूमिका सानो देखाउने अमेरिकी दाबी अस्वीकार गर्नु भएको हो ।
नेकपाबाट सात जना निष्कासित
नेपाली कम्युनिष्ट पार्टीले पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध मनोनयन दर्ता गराएका तथा उनीहरुलाई समर्थन गरेका सात जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ ।
रुपन्देहीमा बौद्धिक युवा नेताको उम्मेदवारीले तरङ्ग
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि रुपन्देहीमा नयाँ र बौद्धिक स्तरका धेरै युवाको उम्मेदवारी परेको छ ।
अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरणको प्रक्रियामा पाल्पाका विद्यालय
पाल्पाका विद्यालय अन्तर्राष्ट्रियस्तरको गुणस्तर कायम गर्न लागि परेका छन् । अन्तर्राष्ट्रिय मानकीकरण संगठन (आइएसओ) बाट गुणस्तर प्रमाणिकरण गर्नका लागि सक्रिय भएका हुन् ।
पोखरा जारी टाइगर कपमा पुलिसको विजयी सुरुवात
पोखरामा जारी टाइगर कप भलिबलमा महिलातर्फ नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।
स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान
फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरका दुई निर्वाचन क्षेत्रका १५ जना स्वतन्त्र उम्मेदवारले आफ्नो चुनाव चिह्न पाएका छन् ।
अनुमति लिएर राखिएका हातहतियार बुझाउन स्थानीय प्रशासनको आग्रह
जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार सल्यानमा स्थानीय प्रशासनले अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल गरेको छ ।
बाँकेका तीन पालिका हात्तीपाइलेको उच्च जोखिममा
विगत १५ वर्षदेखि निरन्तर हरेक वर्ष चल्दै आएको हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान प्रभावकारी नहुँदा बाँकेका तीन वटा पालिका अझैपनि सो रोगको उच्च जोखिममा रहेका छन् ।
शहीद सप्ताह आजबाट सुरु
विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिनुहुने शहीदहरुको सम्झनामा आजबाट शहीद सप्ताह सुरु भएको छ ।
क्षतिग्रस्त चन्द्रपुर नगरपालिकाको भवन पुनर्निर्माण हुने
जेनजी आन्दोलनकोक्रममा क्षतिग्रस्त रौतहटको चन्द्रपुर नगरपालिकाको प्रशासनिक भवन पुनर्निर्माण हुने भएको छ ।