• १० माघ २०८२, शनिबार

साइकल यात्रा दैलेखमा

blog

दैलेखमा आइपुगेको साइकल यात्रा ।

विशाल सुनार 

दैलेख, माघ १० गते । जीवनको लागि सवारी मूल नारासहित पूर्वी पहाडी जिल्ला पाँचथरको चिवा भञ्ज्याङगबाट सुरु भएको साईकल यात्रा दैलेख आइपुगेको छ । 

क्यान्सरबाट बच्न सहयोगका लागि कोष स्थापना गर्ने सचेतना र सन्देश बोकेको साइकल यात्रा २२ औं दिनमा दैलेख आइपुगेको हो ।जनवरी १ अर्थात पुस १७ गतेबाट सुरु भएर माघ २२ गते सम्पन्न गर्नेगरी सुरु गरिएको पुस्पलाल मध्यपहाडी लोकमार्गको यात्राले १८ सय किलोमिटरको यात्रा तय गर्नेछ ।

पाँचथरको चिवाभञ्ज्याङबाट सुरु भएको साईकिल यात्राले बैतडीको झुलाघाटमा पुगेर सम्पन्न हुनेछ । २२ औं दिनमा दैलेख आइपुगेको साइकल यात्रा यो जिल्ला २० औं हो । यस यात्राले २४ जिल्लाका २ सय १५ गाउँहरुको सन्देश प्रवाह गरेको छ । यात्राको दौरानमा १५ स्थानमा प्रजनन स्वास्थ्य, स्तन क्यान्सरसम्वन्धी सचेतना कार्यक्रमहरु सञ्चालन गरिएको छ। 

यात्राको टोलीमा प्राडा. सुमनराज ताम्राकार, स्त्री तथा प्रसुतीरोग बिषेशज्ञ डा. बिकास पराजुली, डाडरोग बिशेषज्ञ, कविता चित्रकार, हर्क लामा सहभागी रहेको छ्न् । साइकलिस्टसहित बृत्तचित्र र मेडिकल टिमगरी कुल १६ जनाको सहभागिता छ।  

यो यात्रा साइकल कल्चर कम्युनिटी र धुलिखेल अस्पतालको सहकार्यमा सञ्चालन गरिएको हो । फेब्रुअरी ४ अर्थात माघ २१ ग्ते विश्व क्यान्सर दिवसको दिनमा अभियानमा संकलन भएको रकमलाई हस्तान्तरण गरी कोष स्थापना गरेर यात्रा सम्पन्न गर्ने बताइएको छ ।