ग्रीनल्याण्ड विवादले अमेरिका-युरोप सम्बन्ध तनावपूर्ण
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयले विश्वभरका देशमा असमन्जसता र चिन्ता बढाएका छन् । ट्रम्पले केही समय अघि स्विट्जरल्याण्डमा कर लगाउने धम्की दिनु भएका थिए, तर पछि यसलाई फिर्ता लिनुभयो ।
“क्यानाडा गाजाको शान्ति प्रयासमा सक्रिय रहने छ”
क्यानाडाका अर्थ मन्त्री फ्रान्स्वा-फिलिप च्याम्पेनले अमेरिकी प्रशासनका केही टिप्पणीलाई खण्डन गर्नु भएको छ । उहाँले अफगानिस्तान युद्धमा नाटो सैनिकको भूमिका सानो देखाउने अमेरिकी दाबी अस्वीकार गर्नु भएको हो ।
नेकपाबाट सात जना निष्कासित
नेपाली कम्युनिष्ट पार्टीले पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध मनोनयन दर्ता गराएका तथा उनीहरुलाई समर्थन गरेका सात जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ ।
रुपन्देहीमा बौद्धिक युवा नेताको उम्मेदवारीले तरङ्ग
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि रुपन्देहीमा नयाँ र बौद्धिक स्तरका धेरै युवाको उम्मेदवारी परेको छ ।
अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरणको प्रक्रियामा पाल्पाका विद्यालय
पाल्पाका विद्यालय अन्तर्राष्ट्रियस्तरको गुणस्तर कायम गर्न लागि परेका छन् । अन्तर्राष्ट्रिय मानकीकरण संगठन (आइएसओ) बाट गुणस्तर प्रमाणिकरण गर्नका लागि सक्रिय भएका हुन् ।
पोखरा जारी टाइगर कपमा पुलिसको विजयी सुरुवात
पोखरामा जारी टाइगर कप भलिबलमा महिलातर्फ नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।
स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान
फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरका दुई निर्वाचन क्षेत्रका १५ जना स्वतन्त्र उम्मेदवारले आफ्नो चुनाव चिह्न पाएका छन् ।
अनुमति लिएर राखिएका हातहतियार बुझाउन स्थानीय प्रशासनको आग्रह
जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार सल्यानमा स्थानीय प्रशासनले अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल गरेको छ ।
बाँकेका तीन पालिका हात्तीपाइलेको उच्च जोखिममा
विगत १५ वर्षदेखि निरन्तर हरेक वर्ष चल्दै आएको हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान प्रभावकारी नहुँदा बाँकेका तीन वटा पालिका अझैपनि सो रोगको उच्च जोखिममा रहेका छन् ।
शहीद सप्ताह आजबाट सुरु
विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिनुहुने शहीदहरुको सम्झनामा आजबाट शहीद सप्ताह सुरु भएको छ ।
क्षतिग्रस्त चन्द्रपुर नगरपालिकाको भवन पुनर्निर्माण हुने
जेनजी आन्दोलनकोक्रममा क्षतिग्रस्त रौतहटको चन्द्रपुर नगरपालिकाको प्रशासनिक भवन पुनर्निर्माण हुने भएको छ ।
प्रथम लिङ्तेप गोल्डकप : आयोजक र मानाभारा भिड्दै
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिड्तेपमा जारी प्रथम लिङ्तेप आमन्त्रित गोल्डकपमा आज आयोजक रातो र मानाभारा युथ स्पोर्टिङ क्लब बिच प्रतिस्पर्धा हुँदै छ ।
तनहुँमा सवारी दुर्घटनामा पैदल यात्रीको मृत्यु
तनहुँको आबुँखैरेनी गाउँपालिका–२ नारीघाँटस्थित पृथ्वीराजमार्गमा भएको सवारी दुर्घटनामा एक पैदल यात्रीको मृत्यु भएको छ ।
कञ्चनपुर–१ मा पुरुषभन्दा महिला मतदाता बढी
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ मा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या तुलनात्मक रुपमा बढी रहेको छ । आगामी २१ फागुनमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मत खसाल्ने मतदातामध्ये ३२ वडा रहेका क्षेत्र नम्बर १ मा एक लाख एक हजार ७२४ मतदाता छन् ।
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।
पूर्व प्रहरी प्रमुख प्रधानको राजनीतिक यात्रा र एजेन्डा
नेपाल प्रहरीको उच्च कमाण्ड सम्हालेर अवकाश पाएका व्यक्तिहरू प्रायः सल्लाहकार वा कुटनीतिक भूमिकामा सीमित हुने गर्छन् । तर पूर्व प्रहरी महानिरीक्षक ध्रुव बहादुर प्रधानको हकमा भने कथा फरक छ ।
म्याग्दीमा हिमपात
हिमाली जिल्ला म्याग्दीको माथिल्लो क्षेत्रमा शुक्रबार रातिदेखि हिमपात भएको छ । माथिल्लो क्षेत्रको बस्तीमै यस वर्षको पहिलो हिमपात भएको हो ।
ढोरपाटन क्षेत्रमा हिमपात
ढोरपाटनमा हिमपात भएको छ । शनिबार राति १ बजेदेखि हिमपात भएको हो । हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।
नेपालगन्ज भन्सारद्वारा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन
पश्चिम नेपालको प्रमुख नाका मध्येको एक नेपालगन्ज नाकाबाट भन्सार कार्यालयले ६ महिनामा नौ अर्ब ३४ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
धनकुटामा दोस्रो पटक निर्वाचन प्रहरीमा दरखास्त आह्वान
जिल्ला प्रहरी कार्यालय धनकुटाले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन प्रहरी पदपूर्तिका लागि पुनः दरखास्त आह्वान गरेको छ ।
हुम्लामा हिमपात
हिमाली जिल्ला हुम्लामा शुक्रबार रातिबाट वर्षासँगै बाक्लो हिमपात भएको छ । यहाँको हिमाली क्षेत्रका नाम्खा, सिमकोट, खार्पुनाथ, चंखेली गाउँपालिका लगायतका उच्च स्थानमा वर्षासँगै बाक्लो हिमपात भएको हो ।
पालिका अध्यक्ष चौधरीलाई इन्टरनेशनल एचिभमेन्ट अवार्ड
सप्तरीको छिन्नमस्ता गाउँपालपका अध्यक्ष विद्यानन्द चौधरीलाई इन्टरनेशनल एचिभमेन्ट अवार्ड श्रीलंकामा शुक्रबार प्रदान गरिएको छ ।
हिमपात र वर्षाले सुदूरपश्चिमका किसानलाई राहत
लामो समयदेखि वर्षा नहुँदा हैरानी खेपिरहेका बैतडीसहित सुदूरपश्चिमका जिल्लामा शुक्रबार भएको वर्षा र हिमपातले किसानलाई ठुलो राहत पुगेको छ ।
सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिस्पर्धा
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सप्तरीबाट तीनजना राष्ट्रिय अध्यक्ष चुनावी मैदानमा उत्रिएका छन् । क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, जनअधिकार पार्टीका अध्यक्ष डा. शरतसिंह यादव र क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा उत्रिनु भएको हो ।