• १० माघ २०८२, शनिबार

पालिका अध्यक्ष चौधरीलाई इन्टरनेशनल एचिभमेन्ट अवार्ड

blog

श्रीलंकाको राजधानी कोलोम्बोमा छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी अवार्ड प्राप्त गर्नुहुँदै । तस्बिर : सुधा देव

सुधा देव
भारदह(सप्तरी), माघ १० गते ।
सप्तरीको छिन्नमस्ता गाउँपालपका अध्यक्ष विद्यानन्द चौधरीलाई इन्टरनेशनल एचिभमेन्ट अवार्ड श्रीलंकामा शुक्रबार प्रदान गरिएको छ ।

जिल्लाको पछाडि परेको पालिकाहरू मध्ये एक छिन्नमस्ता गाउँपालिकामा चौतर्फी विकासका लागि गरेको कामको मूल्याङ्कन गरेर अवार्ड प्रदान गरेको अध्यक्ष चौधरीले बताउनुभयो ।

विकासको दृष्टिकोणले पछाडिको यस पालिकामा अध्यक्ष चौधरी निर्वाचित हुनुभन्दा अघि तीन आर्थिक वर्षदेखि परिषद् नभएको अवस्थामा मुलुकको कान्छो पालिकाका अध्यक्षमा निर्वाचित भएपछि पालिकालाई विकास र सुशासनलाई अगाडि बढाउँदै आमूल परिवर्तन गरेको भन्दै आफुलाई अवार्ड प्रदान गरेक उहाँले बताउनुभयो ।

अवार्ड प्राप्त गरेसँगै अध्यक्ष चौधरीले पालिकाको विकास र सकारात्मक परिवर्तनका लागि सहयोग गर्दै आएको जनप्रतिनिधि र पालिकामा बसोबास गर्नै सबैलाई धन्यवाद दिनुभएको छ । अवार्डपछि जिम्मेवारी थपिएकाले आगामी दिनमा थप सहयोग र सहकार्य गरी अघि बढ्ने उहाँले बताउनुभयो ।