ढोरपाटन क्षेत्रमा हिमपात
ढोरपाटनमा हिमपात भएको छ । शनिबार राति १ बजेदेखि हिमपात भएको हो । हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।
नेपालगन्ज भन्सारद्वारा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन
पश्चिम नेपालको प्रमुख नाका मध्येको एक नेपालगन्ज नाकाबाट भन्सार कार्यालयले ६ महिनामा नौ अर्ब ३४ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
धनकुटामा दोस्रो पटक निर्वाचन प्रहरीमा दरखास्त आह्वान
जिल्ला प्रहरी कार्यालय धनकुटाले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन प्रहरी पदपूर्तिका लागि पुनः दरखास्त आह्वान गरेको छ ।
हुम्लामा हिमपात
हिमाली जिल्ला हुम्लामा शुक्रबार रातिबाट वर्षासँगै बाक्लो हिमपात भएको छ । यहाँको हिमाली क्षेत्रका नाम्खा, सिमकोट, खार्पुनाथ, चंखेली गाउँपालिका लगायतका उच्च स्थानमा वर्षासँगै बाक्लो हिमपात भएको हो ।
पालिका अध्यक्ष चौधरीलाई इन्टरनेशनल एचिभमेन्ट अवार्ड
सप्तरीको छिन्नमस्ता गाउँपालपका अध्यक्ष विद्यानन्द चौधरीलाई इन्टरनेशनल एचिभमेन्ट अवार्ड श्रीलंकामा शुक्रबार प्रदान गरिएको छ ।
हिमपात र वर्षाले सुदूरपश्चिमका किसानलाई राहत
लामो समयदेखि वर्षा नहुँदा हैरानी खेपिरहेका बैतडीसहित सुदूरपश्चिमका जिल्लामा शुक्रबार भएको वर्षा र हिमपातले किसानलाई ठुलो राहत पुगेको छ ।
सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिस्पर्धा
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सप्तरीबाट तीनजना राष्ट्रिय अध्यक्ष चुनावी मैदानमा उत्रिएका छन् । क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, जनअधिकार पार्टीका अध्यक्ष डा. शरतसिंह यादव र क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा उत्रिनु भएको हो ।
चट्याङ लागेर दुई बालक घाइते
डोटीको बडिकेदार गाउँपालिका – २ सडेखानमास्थित घरमा चट्याङ परेर दुई बालका घाइते भएको छन् ।
स्याङ्जामा अपुग निर्वाचन प्रहरीको माग
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा लागि जिल्ला प्रहरी कार्यालयले अपुग निर्वाचन प्रहरीको माग गरेको छ । यहाँ निर्वाचन सुरक्षाका लागि दुई हजार १२६ जना निर्वाचन प्रहरी आवश्यक रहेकोमा एक हजार ३१८ जनाले मात्रै आवेदन दिएका थिए ।
मध्यरात देखि जुम्लामा हिमपात
जुम्लामा मध्य रातिदेखि हिमपात भएको छ । हिउँदे सिजन पुस महिनामै पानी परेर हिउँ पर्ने गर्दथ्यो । तर यस पटकको हिमपात मध्य रातिदेखि भएको हो ।
रामेछापमा निर्वाचन प्रहरीका लागि पुनः आवेदन माग
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक प्रहरी भर्ना, छनोट तथा नियुक्तिको पुनः समय बढाइएको छ । भर्ना समिति रामेछापले निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिन माघ १० र ११ गतेसम्मका लागि दुई दिन म्याद थपेको हो ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
हरेक अदालतमा भिडियो बहसको व्यवस्था : प्रधानन्यायाधीश राउत
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले अब हरेक अदालतमा भिडियोमार्फत बहस पैरवी गराउने व्यवस्था गरिने बताउनुभएको छ ।
सुधारिएको कांग्रेसले देश बदल्छ : डा. भण्डारी
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले सुधारिएको कांग्रेसले देश बदल्ने बताउनुभएको छ। विशेष महाधिवेशनबाट बनेको एकताबद्ध र रुपान्तरित कांग्रेसले देश बदल्ने समेत दाबी गर्नुभयो।
आठराई त्रिवेणी गाउँपालिकाको नवनिर्मित भवनबाट सेवा सुचारु
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले नवनिर्मित भवनबाट सेवा सुचारु गरेको छ । पालिकाको केन्द्र हाङपाङमा निर्माण सम्पन्न भएको नव निर्मित भवनबाट नै सेवाग्राहीलाई सेवा दिन सुरु गरिएको हो ।
बाजुरामा वर्षासँगै हिमपात
बाजुरामा शुक्रबार रातिबाट वर्षासँगै बाक्लो हिमपात भएको छ । यहाँको हिमाली क्षेत्र स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, बडीमालिका र गौमुल लगायतका उच्च स्थानमा वर्षासँगै बाक्लो हिमपात भएको छ ।
नेपाली कांग्रेस स्याङ्जाद्वारा आठ समिति गठन
आगामी फागुन २१ गते हुन गैरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस स्याङ्जाले निर्वाचनसम्बन्धी आठ समिति गठन गरेको छ ।
बालमन्दिरमा बालबालिकाको आकर्षण बढ्दै
बालमन्दिर तम्घास बजारको मुटुमा छ । बाल मन्दिर निकै पुरानो शैक्षिक संरचना हो । स्वच्छ, सुन्दर पारिवारीक वातावरणसँगै संस्कारको कारणनै बालमन्दिरमा बालकालिका भर्ना गर्नेहरुको आकर्षण बढ्दै गएको छ । प्लेग्रुप, नर्सरी र एलकेजीसम्म बालबालिका बालमन्दिरमा भर्ना गरिन्छ ।
भिरबाट लडेर युवकको मृत्यु
स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको अर्जुनचौपारी गाउँपालिका–६ तमाखुबारीका २८ वर्षीय शोभाकान्त ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।
समानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख थान मतपत्र छपाइ भइसकेको जनाएको छ ।
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
सुदूरपश्चिम नेपालमा पर्न थाल्यो पानी
पश्चिम नेपालबाट आज अपराह्नदेखि वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
रौतहटको गौर गंगापिपरा सडक खण्डको राजदेवी नगरपालिका–१ पथरा स्कुल नजिक भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ७६ मतदानस्थल, २३३ मतदान केन्द्र
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुरका दुईवटा निर्वाचन क्षेत्रमा ७६ मतदानस्थल र दुई सय ३३ मतदान केन्द्र निर्धारण गरिएको छ ।