• १० माघ २०८२, शनिबार

सुधारिएको कांग्रेसले देश बदल्छ : डा. भण्डारी

blog

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले भेटघाटलाई सम्बोधन गर्नुहुँदै। तस्बिरः रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 
गुल्मी, माघ १० गते।
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले सुधारिएको कांग्रेसले देश बदल्ने बताउनुभएको छ। विशेष महाधिवेशनबाट बनेको एकताबद्ध र रुपान्तरित कांग्रेसले देश बदल्ने समेत दाबी गर्नुभयो।

नेपाली कांग्रेस छत्रकोट गाउँकार्यसमितिको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आजको कांग्रेस जेनजी आन्दोलन ताकाको जस्तो कांग्रेस नभएको बताउनुभयो। उहाँले जोस, होस र अनुभव मात्रैले देश बन्ने भएकाले केवल जोस र होस मात्र भएर देश बदल्न नसकिने समेत बताउनुभयो।

गुल्मी निर्वाचन क्षेत्र नम्बर– १ बाट प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार समेत रहनुभएका नेता भण्डारीले गगन थापा नेतृत्वको कांग्रेसले अब देशको नेतृत्व गर्ने समेत बताउनुभयो। अबको प्रधानमन्त्री गगन थापा हुने भन्दै उहाँले देश रुपान्तरणको बाटोमा अगाडी बढेको समेत बताउनुभयो। उहाँले निर्धक्क भएर कार्यकर्ताको बिचमा जान नेता कार्यकर्तालाई आग्रह समेत गर्नुभयो।