• ९ माघ २०८२, शुक्रबार

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

blog

सांकेतिक तस्बिर

प्रवीणकुमार शर्मा 

रौतहट, माघ ९ गते।  रौतहटको गौर गंगापिपरा सडक खण्डको राजदेवी नगरपालिका–१  पथरा स्कुल नजिक भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।  

दुर्घटनामा रौतहटको दुर्गाभगवती गाउँपालिका–२ का ३० वर्षीय अशोक महतो र रौतहट राजदेवि नगरपालिका–२ का २९ वर्षीय अरविन्द महतोको मृत्यु भएको हो।  

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शुक्रबार गंगापिपराबाट गौरतर्फ आउँदै गरेको प्र.२–०३–०१८ प ३३४६ नं.को मोटरसाइकल र विपरित दिशातर्फ बाट जाँदै गरेको बि आर ३० ए एफ  २३७०  नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो।  दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको हो।   

दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।