• १० माघ २०८२, शनिबार

हुम्लामा हिमपात

blog

हिमपात पछि सेताम्मे सदरमुकाम सिमकोटको दृश्य । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, माघ १० गते ।
हिमाली जिल्ला हुम्लामा शुक्रबार रातिबाट वर्षासँगै बाक्लो हिमपात भएको छ । यहाँको हिमाली क्षेत्रका नाम्खा, सिमकोट, खार्पुनाथ, चंखेली गाउँपालिका लगायतका उच्च स्थानमा वर्षासँगै बाक्लो हिमपात भएको हो ।

सुरुमा वर्षासँगै बाक्लो हिमपात भएपछि अहिले यी स्थानमा चिसो निक्कै बढेको छ । चिसोका कारण वृद्धवृद्धा, बालबालिका र बिरामीहरुलाई समस्या हुने देखिएको छ । शुक्रबार रातिदेखि बाक्लो हिमपात हुँदा स्थनीयको जनजीवन प्रभाावित भएको छ ।

उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ जमेका कारण गाई, गोरु, भेडाबाख्रालाई चरिचराउन गर्न किसानलाई समस्या हुने स्थानीय जानकी रोकायाले बताउनुभयो । तापक्रम माइनसमा झरेको कारण चिसो बढेको छ । निर्वाचन प्रहरी छनोट कार्य समेत प्रभावित भएको छ । नाम्खा गाउँपाकिलाका उच्च स्थानमा धेरै हिमपात भएको छ । हवाई सेवा समेत प्रभावित भएको छ । सदरमुकाम सिमकोट भन्दा होचा स्थानको यो पहिलो हिमपात हो । पुस महिना हिमपत विनै वितेको थियो ।

हिउँदेबाली जौँ, गहुँँ र उवा बालीलाई राहत
लामो समयको खडेरीले यहाँका अधिकांश ठाउँमा किसानले लगाएको हिउँदे बाली गहुँ, जौँ सुक्न थालेको थियो । अहिले वर्षासँगै हिउँ पर्न थालेपछि हिउँदे बालीमा राहत भएको छ । लामो समयको खडेरीले हिउँदे बाली गहुँ, जौँ, तरकारी सुक्न थालेपछि चिन्तित बन्दै गएका किसान यती बेला भने वर्षातसँगै परेको हिमपातमा निकै खुसी हुनु भएको सिमकोट गाउँँँपालिका–२ किसान हर्क बोहराले बताउनुभयो । कात्तिकदेखि मङ्सिरमा छरेको गहुँ र जौँ बाली अहिलेसम्म पनि उम्रिन सकेको थिएन । यहाँ सिँचाइ भएको र केही ओसिलो ठाउँमा उम्रेको जौँ, गुहुँ पनि सुक्खा खडेरीले सुक्न थालेको थियो । ढिलै भए पनि वर्षासँगै हिउँ पर्न थालेपछि हिउँदेबालीलाई केही राहत भएको उहाँले बताउनुभयो ।