• १४ माघ २०८२, बुधबार

नयाँ प्रतिभाको खोजी

blog

काठमाडौँ, माघ १४ गते । लग्जरी इभेन्ट एन्ड इन्टरटेनमेन्टको आयोजनामा ‘एक्टिङ आइडल’ सिजन–१ प्रतियोगिता आयोजना हुने भएको छ । अभिनय क्षेत्रमा नयाँ प्रतिभा खोज्ने उद्देश्यसहित एक्टिङ आइडल सिजन–१ ल्याउन लागिएको लग्जरी इभेन्ट एन्ड इन्टरटेनमेन्टकी संस्थापक पूजा रेग्मी महन्तले जानकारी दिनुभयो । 

महन्तका अनुसार संस्थाको मुख्य उद्देश्य व्यक्तिभित्र लुकेका प्रतिभालाई उजागर गर्नु र सही मार्गदर्शनमार्फत समाज तथा देशका लागि सिर्जनशील व्यक्तित्व उत्पादन गर्नु हो । “यस्ता खालका कार्यक्रमले देशको कला, संस्कृति र भाषाको संरक्षणमा समेत टेवा पु¥याउने विश्वास लिएका छौँ,” उहाँको भनाइ थियो । अडिसन काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा आज (बुधबार) आयोजना हुँदै छ ।