• १० माघ २०८२, शनिबार

तनहुँमा सवारी दुर्घटनामा पैदल यात्रीको मृत्यु

blog

अमरराज नहर्की
तनहुँ, माघ १० गते ।
तनहुँको आबुँखैरेनी गाउँपालिका–२ नारीघाँटस्थित पृथ्वीराजमार्गमा भएको सवारी दुर्घटनामा एक पैदल यात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार शुक्रबार साँझ करिब ८ः१५ बजे डुम्रेबाट आबुँखैरेनी जाँदै गरेको मिनी ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उहाँलाई उपचारका लागि पुरानो मेडिकल अस्पताल, चितवन पठाइएको थियो । टाउकोमा गम्भीर चोट लागेकाले बोल्न नसक्ने अवस्थामा उहाँ हुनुुुुहुन्थ्यो । घाइते थापा मगरको उपचारका क्रममा राति ९ः४० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

थप अनुसन्धानपछि घाइते व्यक्ति गोरखा जिल्ला, गोरखा नगरपालिका–१४ जुम्लाङ निवासी अन्दाजी ६० वर्षका दलबहादुर थापा मगर रहेको खुलेको प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार रहेको बा.प्र. ०३–००१ क ०२६८ नम्बरको मिनी ट्रक तथा चालकलाई मुग्लिन पुलजिक तनहुँबाट खटिएको चेकिङ टोलीले राति ९ः१५ बजे नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका चालक मकवानपुर जिल्ला, सरीखेत पलासे गाउँपालिका–१ निवासी २९ वर्षका बाबुलाल हुनुहुन्छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।