गाजा, माघ १० गते । मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणका कारण गाजामा नागरिकको निरन्तर हत्याको चेतावनी दिएको छ ।
युद्धविरामपछि जारी हिंसाको बढ्दो ग्राफको सन्दर्भमा, दुई वर्षको विनाशको लामो प्रभावको बिचमा उहाँले उस्तो बताउनु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय निर्देशक अजित सुङ्गाईले रक्तपात रोक्न र पुनस्र्थापना र पुनर्निर्माणका लागि मानव-अधिकारमा आधारित दृष्टिकोणलाई प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय समुदायले समर्थन र दबाबलाई तीव्र बनाउनु पर्ने कुरामा जोड दिनु भएको छ ।
गाजाको सङ्कट अन्त्य हुन नसकेको बताउदै उहाँले इजरायली आक्रमणबाट वा मानवीय सहायता, प्रवेशमा प्रतिबन्धको कारण दैनिक मानिस मर्दै गरेको चतावनी दिनु भएको छ । उहाँले जनवरी-२१ सम्म युद्धविरामपछि कम्तिमा २१६ जना प्यालेस्टिनी मारिएकोमा कम्तिमा ४६ जना बालबालिका र २८ महिला रहेको पुष्टि गर्नु भएको छ । रासस/क्यूएनए