नवराज नेपाली
बागलुङ (गलकोट) माघ ११ गते । आगामी फागुन २१ गने हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका भीम बहादुर श्रीष रानाले पार्टी भित्र धेरै पटक महाधिवेशन प्रतिनिधि महासमिति सदस्य भएको र यस पटक जनताको प्रतिनिधि बनाउन आग्रह गर्नुभएको हो ।
नेपाली कांग्रेस बागलुङ–१ ले आयोजना गरेको ३७ वटै वडाका वडा सभापतिसहितको बैठक तथा भेलामा बोल्दै उहाँले आफु बारम्बार पार्टीको प्रतिनिधि भएर पार्टी रुपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र यस पटक जनताको जनप्रतिनिधि बनाउन आम नेता तथा कार्यकतालाई आग्रह गर्नुभएको थियोे । उहाँले सम्पूर्ण सभापतिहरुलाई वडा तह र टोलटोलमा काँग्रेसको जनलहर पैदा गरी सवैलाई कांग्रेसकै पक्षमा मतदान गर्ने अभियान सञ्चालन गर्न आग्रह गर्नुभएको थियोे ।
“म तपाईहरुले मायाँ गरेर पार्टीको विभिन्न तहमा रहेर काम गरे, विद्यार्थी राजनिति देखीनै देशका हेरेक राजनिति परिवर्तनलाई नजिकबाट नियालेको छु,’’ श्रीसले भन्नुभयो, “म यो भुगोल बुझेको छु बरेङ देखी काठेखोलाको शिर र कालिगण्डकी तिरसम्म हरेक जनताको विचमा पुगेको छु । जनताको मर्मअनुसार काम गर्ने मौका यसपटक दिनुहोस । म तपाईको कारिन्दा भएर काम गर्न चाहन्छु ।”
उहाँले आगामी निर्वाचनमा कांग्रेसलाई जिताएर पठाउन सके देश आएको अन्यौलताको राजनीतिक निकास र विकास दुवै हुने बताउनुभयो । कार्यक्रममा समानुपातिकका उम्मेदवार शकुन्तला शर्माले देशमा राजनितिक निकासका लागि कांग्रेसका उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिनुभयो । उहाँले हिजो पार्टी भित्र जे जस्तो भए पनि प्रतिपक्षसँग भिड्ने समयमा कांग्रेस सधैँ एक भएर लाग्ने हुँदा निर्वाचनको नतिजा कांग्रेसकै पक्षमा पर्ने विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य रत्ना शेरचन, पूर्व पार्टी सभापति एवम् गण्डकी प्रदेशका पूर्व मन्त्री मणिभद्र शर्मा कंडेल, पूर्व सभापति एवं संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल कांग्रेस बागलुङका सभापति जीत शेरचनले सम्पूर्ण सहभागीलाई आफ्नो वडामा आफै नेतृत्व गरेर सबै एक भएर निर्वाचनमा होमिनका निम्ती आग्रह गर्नुभएको थियो । उहाँहरुले अहिलेको बदलिँदो परिस्थिति अनुसार सबै नेता तथा कार्यकर्ता चल्नुपर्नेमा जोड दिनुभएको थियोे ।
कार्यक्रममा जिल्ला सचिव हरिहर शर्मा, महाधविशेन प्रतिनिधि एवम् गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी, महाधिवेशन प्रतिनिधि चिरञ्जीवी गौतम, बागलुङ नगरपालिकाका सभापति उमाकान्त शर्मा बाबु, जैमिनी नगरपालिकाका सभापति प्रेम सापकोटा, बरेङ गाउँपालिकाको तर्फबाट मोतिराम शर्मा, काठेखोलाका संगठन विभाग प्रमुख प्रेम कंडेल, बागलुङ नगरपालिका–९ तित्याङ्का सभापति राजु थापा लगायतले आफ्नो धारणा राख्नुभएको थियोे ।
बैठकले आगामी निर्वाचनका निम्ति क्षेत्रीय सभापति चण्डी प्रसाद शर्मा पौडेलको संयोजकत्वमा ५०१ सदस्यीय चुनाव प्रचारप्रसार समिती गठन गरेको क्षेत्रीय सचिव तेजप्रसाद शर्माले जानकारी दिनुभयो । समितिले आवश्यकता अनुसारका उपसमिती गठन गर्ने छ भने निर्वाचनको सम्पूर्ण परिचालन गर्ने बताइएको छ ।
कार्यक्रममा क्षेत्रीय सभापति पौडेलले निर्वाचनका कार्यक्रमका बारेमा जानकारी गराउदै सबै वडादेखि टोल तहसम्म सबैको जिम्मेवारी उत्तिकै रहेको बताउनुभएको थियोे ।