शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
राममणि दाहाल
मकवानपुर, माघ ११ गते । हेटौँडा उपमहानगरपालिका वडा नं. ८ स्थित औद्योगिक क्षेत्रमा रहेको महाशक्ति सोप उद्योगको गोदाम घरममा आगलागी भएको छ ।
उद्योगको जस्तापाताबाट बनेको साबुन र कार्टुन राखिएको गोदामघरमा बिजुलीको तार सर्ट भई गएराति ११ः५० बजेको समयमा आगलागी भएको हो ।
उक्त आगलागी इलाका प्रहरी कार्यालय पशुपतिनगर हेटौँडा, सशस्त्र प्रहरी बल नेपाल १४ नं.गण हेर्डक्वाटर, हेटौँडा, हेटौँडा उपमहानगरपालिकाको दुई वटा दमकल र स्थानीयको सहयोगमा निभाउने कार्य भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।
आगलागीबाट मानवीय तथा पशु चौपाया क्षति नभएको र हाल क्षतिको विवरण नखुलेको उहाँले बताउनुभयो ।