• ११ माघ २०८२, आइतबार

चिकित्सक सङ्घको निर्वाचन प्रतिनिधि सभाको निर्वाचन अघि नहुने

blog

काठमाडौँ, माघ ११ गते । नेपाल चिकित्सक सङ्घको निर्वाचन प्रतिनिधि सभाको निर्वाचन अघि नहुने भएको छ ।

निर्वाचन आयोगले प्रदेश महासङ्घकाे प्रदेश सभा एवम् निर्वाचन स्थगित गर्न निर्देशन दिएको छ । प्रतिनिधि सभाको निर्वाचन अघि नेपाल चिकित्सक सङ्घको निर्वाचन नहुने भएको हो । 

आयोगले माघ ४ गते राती १२ बजेदेखि निर्वाचन आचारसंहिता लागेको भन्दै सङ्घको निर्वाचन स्थगित गरेको हो । 

यसअघि नेपाल चिकित्सक सङ्घको निर्वाचन समितिले प्रतिनिधि सभा निर्वाचन अघि चिकित्सक सङ्घको निर्वाचन गर्न मिल्छ कि मिल्दैन भन्दै निर्वाचन आयोगसँग राय मागेको थियो । 

 सङ्घले उपत्यकाबाहिर माघ २ र ३ गते र उपत्यकाभित्र माघ १५, १६ र १७ गते निर्वाचन तालिका तोकेको थियो ।