हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), माघ ११ गते । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-४,नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले साढे ५ अर्बभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।
चीनको स्वायत्त प्रदेश तिब्बतको झोङवासेन जिल्लाबाट लिजी-नेचुङ (कोरला)बाट नियमित विद्युतीय सवारीसाधनसहित अन्य सामान बोकेका कन्टेनरबाट माघ महिनाको ९ गतेसम्म ५ अर्ब ५४ करोड राजश्व उठाएको भन्सार कार्यालयले जनाएको छ । अत्याधिक हिमपात तथा कोरला नाकाबाट भित्रिने कन्टेनरको सङ्ख्या काम भएपनि भन्सार कार्यालयबाट राजश्व संकलन नियमित रहेको भन्सार कार्यालय प्रमुख रमेश खड्काले बताउनुभयो ।
भन्सार कार्यालय प्रमुख खड्काले भन्नुभयो, ‘‘भित्रिएका कन्टेनरको जाँचपास भइरहेको छ, हिमपातको समयमा चिनियाँ क्षेत्रबाटै कम सामान भित्रिएको छ ।’’ बिहान र बेलुकीको समयमा माइन तापक्रम रहेकाले चिनियाँ क्षेत्रबाट भित्रिएका कन्टेनर र विद्युतीय सवारीसाधन दिउँसो सिमा क्षेत्रबाट १४ किलोमिटर तल रहेको भन्सार कार्यालयमा ल्याउने गरिएको कार्यालय प्रमुख खड्काको भनाई छ । भन्सार कार्यालय आसपासको क्षेत्रमा हिउँले छपक्कै छोपेको छ । भन्सारबाट कोरलासम्म पुग्न समेत माघ महिनाको पहिलो सातामा निकै जोखिम भएकाले नेपाली मालबाहक कन्टेनरहरू भन्सार कार्यालयमै रहेका छन् ।
वि.स २०८० कात्तिक २७ देखि औपचारिक उद्घाटन भएको नाका चालु आर्थिक बर्ष २०८३-०८४ सालको भदौ ३० गतेदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको भन्सार कार्यालयबाट हालसम्म २ हजार ३ सय २९ विद्युतीय (ईभी) गाडी सहित मालवाहक,कन्टेनरमार्फत सामान पैठारी भएको छ भने निकासीतर्फ नेपालमा उत्पादन हुने हस्तकला साम्रागी, कपडा लगायतका सामान रहेको छ । यो अवधिमा ११ अर्ब बराबरको सामान आयात तथा २० करोड हजार बराबरको निर्यात भएको छ ।
नेपालबाट निकासीतर्फ नेपालमा उत्पादन हुने हस्तकला साम्रागी, कपडा लगायतका सामान रहेको छ । तिब्वत क्षेत्रमा जाडोयाममा प्रयोग हुने नेपालमा र्नििमत कपडा, हस्तकलाका साम्रगी रुचाइरहेकाले निर्यातमा सामान्य सुधार देखिएको छ । विहान र बेलुकीको समयमा माइन तापक्रममा कोरला नाकाबाट १४ किलोमिटरको दुरीमा रहेको भन्सार कार्यालयसम्म सडकमा जमेको बरफ फुटाउँदै मालबाहक सामान र इभी गाडी ल्याउने पर्ने बाध्यता रहेकाले जाडोयाममा समस्या भइरहेको छ ।
समुन्द्री सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाका सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएको भन्सार कार्यालय ब्यवसायिक रुपमा सञ्चालनमा आएपछि जाडोयाममा समेत कोरला नाकामा स्थानीयले व्यापार गरिरहेका छन् ।