• ११ माघ २०८२, आइतबार

मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु

blog

सुजल श्रेष्ठ 

प्युठान, माघ ११ गते । मोटरसाइकल दुर्घटनामा परी मल्लरानी गाउँपालिका–४ बुढाचौरका एकको मृत्यु भएको छ । २८ वर्षीया विराट सुनारको दुर्घटनामा मृत्यु भएको हो ।

बागमती प्रदेश ००३ प १६२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । गएराति बजारबाट घर जाँदै गर्दा दुर्घटना भएको हुनसक्ने स्थानीयले बताएका छन् ।

आईतवार बिहान स्थानीयले देख्दा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । घटनाको मुचुल्का उठाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल बिजुवार पठाइएको प्रहरीले जनाएको छ ।