लीलाधर वली
घोराही, माघ ११ गते । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य चयनका लागि दुई सय ८६ जनाले मतदान गर्नुभएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रमा भएको मतदानमा प्रदेशसभा सदस्यतर्फ ७८ जना र स्थानीय तहतर्फ दुई सय आठ जनाले मतदान गर्नुभएको हो ।
प्रदेशसभातर्फ पुरुष ४८ र महिला ३० गरी ७८ जना र स्थानीय तहतर्फ पुरुष १२३ र महिला ८५ गरी २ सय ८ जनाले मतदान गरेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुवँरले जानकारी दिनुभएको छ । सूचना अधिकारी कुवँरका अनुसार प्रदेशसभा सदस्यतर्फ जना र स्थानीय तहतर्फ आठ जना गरि १३ जना मतदानमा अनुपस्थित हुनुभएको छ ।
लुम्बिनी प्रदेशमा ८७ प्रदेशसभा सदस्य र एक सय नौ स्थानीय तहका दुई सय १६ गरि दुई सय ९९ मतदाता थिए । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बन्न ४ प्रदेश सभा सदस्य र एक पालिका प्रमुखले राजीनामा दिएको र एक पालिका प्रमुख रिक्त रहेकाले मतदाता संख्या घटेको थियो ।