• ११ माघ २०८२, आइतबार

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कांग्रेस र एमालेका उम्मेदवार विजयी

blog

सन्तोष दहित 

दाङ, माघ ११ गते।  राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी  प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। महिलातर्फ एमालेकी रामकुमारी झाँक्री  र अन्यतर्फ कांग्रेसका  चन्द्रबहादुर केसी  र अपाङ्ग अल्पसङ्ख्यक कोटामा बासुदेव घिमिरे विजयी हुनुभएको हो। 

महिलातर्फ एमालेकी झाँक्रीले ६ हजार  ३०३ मतभारसहित जित निकाल्दा उहाँको प्रतिद्वन्द्वी नेकपाकी दुर्गाकुमारी भण्डारीले १३६२ मत प्राप्त गर्नुभयो। जनमोर्चाको पदमा पण्डित १५२ मतभार ल्याउनुभयो। 

अन्यतर्फ कांग्रेसका केसीले पाँच हजार ९७७  मतभारसहित विजयी हुनुभयो भने उहाँको  प्रतिद्वन्द्वी नेकपाका बृहस्पति अधिकारीले १८३२ मतभार प्राप्त गर्नुभयो। यस्तै जनमोर्चाका बमबहादुर खत्रीले १३३ मतभार पाउनुभयो।

यस्तै अपाङ्ग अल्पसङ्ख्यक तर्फ कांग्रेसका बासुदेव घिमिरेले ५३२३ मतभार विजयी हुनुभयो भने  नेकपाका सर्जन विक ले १६०१ मतभार पाउनुभयो।